२१५. उनैको सम्झनामा
काव्यकार सावित्री जङ्गम थापाले आफ्ना पति समाजसेवी तथा राजनीतिकर्मी भोलामानसिंह थापाको देहावसान भएपछि प्रस्तुत स्मृतिकाव्य ‘उनैको सम्झनामा’ लेख्नुभएको हो । यस काव्यमा मङ्गलाचरणबाहेक ७ चरण छन् । यस काव्यमा मङ्गलाचरणमा १०, पहिलो चरणमा ३१, दोस्रो चरणमा ३४, तेस्रो चरणमा ४७, चौथो चरणमा ४४, पाँचौँ चरणमा...
२१४. अग्रजले कोरेको गोरेटोमा हिँड्दा
निबन्धकार गायत्रीकुमार चापागाईको संस्मरणात्मक र समीक्षात्मक निबन्धसङ्ग्रह ‘अग्रजले कोरेको गोरेटोमा हिँड्दा’ २८ वटा निबन्ध भएको उहाँको एघाह्रौँ कृति हो । यस कृतिमा उहाँको गद्यलेखनमा पाइने सिर्जनात्मक सामर्थ्य राम्ररी प्रकट भएको छ । यसभित्रका उहाँका निबन्धहरू मौलिक र गम्भीर छन् तथा बौद्धिकता र तार्किकताले भरिएका छन्...
२१३. कथाकुथुङ्ग्री
रामकुमार पाँडेको ‘कथाकुथुङ्ग्री’ नामक कथासङ्ग्रहमा ६३ वटा छोटा कथाहरू सङ्कलित छन् । यसभित्रका अधिकांश कथाहरू विशेषतः किशोर वयका विद्यार्थीका लागि उपयुक्त छन् र त्यसभन्दा बढी उमेरका पाठकलाई पनि उपयोगी छन् । हरेक कथा सन्देशमूलक छन् । जीवन–जगत् र मानवीय चरित्रलाई बुझाउन सहयोगी छन् । मानवमा...
२१२. कुसुमाक्षर
गायत्रीकुमार चापागाईंद्वारा लिखित ‘कुसुमाक्षर’ नामक छन्दोबद्ध कवितासङ्ग्रहमा जम्मा ६२ वटा कविता सङ्कलन गरिएको छ । विविध शास्त्रीय छन्द र लयमा लेखिएका यसभित्रका कविताहरूमा जन्मस्थल र राष्ट्रप्रतिको श्रद्धा, नेपालको प्रकृति, संस्कृति, समाज, जाति, सभ्यता र लोकजीवन व्यक्त गर्नुका साथै समानता र स्वतन्त्रताका स्वरहरूलाई पनि कलात्मक बान्की...
२११. ठुले
डायस्पोराको पहिलो कवितासङ्ग्रह प्रकाशन गर्नुभएका र बेलायतबाट छन्दोबद्ध कृति प्रकाशन गर्ने पहिलो कवि डा. गोपाल पौड्याल ‘मन्डने’ का २७ वटा कृतिहरूध्ये शब्दयात्रा प्रकाशनबाट प्रकाशन भएको यो दोस्रो कृति हो । यसअघि उहाँको खण्डकाव्य ‘अमरज्योति’ २०७९ सालमा यस संस्थाबाट प्रकाशनमा आएको थियो । डा. गोपाल पौड्याल...
२१०. चौध भुवन
कथाकार सपूत कार्कीको दोस्रो कथासङ्ग्रह ‘चौध भुवन’ उहाँको पहिलो पुस्तक ‘पागल’ कथासङ्ग्रह प्रकाशन भएको ३५ औँ वर्षमा प्रस्तुत भएको दोस्रो पुस्तक हो । यस सङ्ग्रहमा १४ वटा कथा राखिएकाले पुस्तकको नाउँ नै ‘चौध भुवन’ राखिएको छ । पूर्वप्रकाशित कथाहरूको यस सङ्ग्रहले सपूत कार्कीको कथालेखन शिल्पका...
२०९. साथीको माया
वेदकुमारी न्यौपानेको ‘साथीको माया’ नामक प्रस्तुत बालएकाङ्कीसङ्ग्रहभित्र तीनवटा बालएकाङ्की रहेका छन् । तीनैवटा बालएकाङ्की सन्देशमूलक तथा मञ्चन गर्न उपयुक्त छन् । यी बालएकाङ्कीहरू अध्ययन तथा मञ्चन गराउँदा बालबालिका चरित्रवान् हुनेछन्, सामाजिक व्यवहारमा दक्ष हुनेछन्, उनीहरूको आचरण राम्रो हुनेछ र मानवीय भावना भएका सहयोगी बन्नेछन् ।
२०८. एक दिन
वेदकुमारी न्यौपानेको ‘एक दिन’ नामक बालगीतिनाटक एक दिनको घटनामा आधारित छ । यो गीतिनाटक सन्देशमूलक छ । बालबालिकाको चरित्र सुधार्न र जिज्ञासा समाधान गराउन यो पुस्तक सहयोगी हुन्छ । यो बालगीतिनाटकको अध्ययनबाट बालबालिका चरित्रवान् हुनेछन्, सामाजिक व्यवहारमा दक्ष हुनेछन्, उनीहरूको आचरण राम्रो हुनेछ र मानवीय...
२०७. प्रायोजित
वेदकुमारी न्यौपानेको ‘प्रायोजित’ नामक रेडियो–नाटकसङ्ग्रहमा १२ वटा रेडियो–नाटक सङ्कलित छन्् । यी रेडियो–नाटकहरूले सामाजिक, पारिवारिक, राजनीतिक र प्रशासनिक अवस्था छर्लङ्ग देखाएका छन् । हरेक रेडियो–नाटक सन्देशमूलक छन् । राष्ट्रप्रेम, व्यक्तिप्रेम, सामाजिक मनोविज्ञान, विश्वासघात, विसङ्गति, आशावादिता जस्ता विषयहरूमा लेखिएका यस सङ्ग्रहका रेडियो–नाटकहरू पाठकको मनलाई चस्स घोच्ने...
२०६. कहिले घाम कहिले छाया
वेदकुमारी न्यौपानेको ‘कहिले घाम कहिले छाया’ नामक मुक्तकसङ्ग्रहमा २ सय ६ वटा मुक्तकहरू सङ्कलित छन्् । संयोगवश शब्दयात्रा प्रकाशनको २ सय ६ औँ प्रकाशनपुष्प पनि यही मुक्तकसङ्ग्रह बनेको छ । राष्ट्रप्रेम, व्यक्तिप्रेम, सामाजिक मनोविज्ञान, विश्वासघात, विसङ्गति, आशावादिता जस्ता विषयहरूमा लेखिएका यस सङ्ग्रहका मुक्तकहरू पाठकको मनलाई...
२०५. कुल्चिएका फूलहरू
वेदकुमारी न्यौपानेको ‘कुल्चिएका फूलहरू’ नामक प्रस्तुत एकाङ्कीसङ्ग्रहमा १२ वटा एकाङ्की सङ्कलित छन्् । विभिन्न साहित्यिक पत्रिकाहरूमा प्रकाशन भइसकेका एकाङ्कीहरू सङ्कलन गरी यो सङ्ग्रह तयार पारिएको हो । यस सङ्ग्रहका एकाङ्कीहरू विभिन्न पारिवारिक घटना, जातीय विभेद, कोरोना, सामाजिक विकृति, आर्थिक दुरवस्था, आधुनिक प्रविधिको विकासले ल्याएको विसङ्गति...
२०४. शब्द
वेदकुमारी न्यौपानेको प्रस्तुत कवितासङ्ग्रह ‘शब्द’ मा १०० वटा गद्यकविता सङ्ग्रह गरिएका छन् । यी कविताहरू मार्मिक छन्, पाठकको हृदयमा तुरुन्तै प्रवेश गर्ने खालका छन् । समाजमा घटिरहेका कैयौँ घटनालाई हामीले साना–मसिना ठानेर बेवास्ता गरिरहेका हुन्छौँ, तर तिनले समाजलाई कता लगिरहेका छन् भन्ने कुरा सशक्त ढङ्गमा...
२०३. अङ्कुरित सृजना
कवयित्री सिर्जना खनालले २०७५ सालदेखि लेखेका ७६ वटा छन्दोबद्ध कविता यस सङ्ग्रहमा परेका छन् । शार्दूलविक्रीडित, पञ्चचामर, अनुष्टुप, मालिनी, स्रग्धरा, वसन्ततिलका, शिखरिणी, चम्पकमाला, भुजङ्गप्रयात, अनवसिता, स्रग्विणी, इन्दिरा, अनुकुला, चण्डी, शालिनी, मन्दाक्रान्ता, उपजाति, उल्लाक, इन्द्रवज्रा, तोटक र तूणक गरी २१ छन्दको प्रयोग गरिएको यो सङ्ग्रह काव्यदेवी...
२०२. प्लास्टिक सर्जरी
वेदकुमारी न्यौपानेको प्रस्तुत लघुएकाङ्कीसङ्ग्रह ‘प्लास्टिक सर्जरी’ मा १६ वटा लघुएकाङ्की सङ्ग्रह गरिएका छन् । यी लघुएकाङ्की मार्मिक छन्, पाठकको हृदयमा तुरुन्तै प्रवेश गर्ने खालका छन् । समाजमा घटिरहेका कैयौँ घटनालाई हामीले साना–मसिना ठानेर बेवास्ता गरिरहेका हुन्छौँ, तर तिनले समाजलाई कता लगिरहेका छन् भन्ने कुरा सशक्त...
२०१. हराएको किनारा
वेदकुमारी न्यौपानेको प्रस्तुत गीतसङ्ग्रह ‘हराएको किनारा’ मा २०४० सालदेखि २०७७ सालसम्म लेखिएका गीतहरूमध्ये १ सय २७ वटा गीत सङ्कलन गरिएका छन् । ती गीतहरूलाई ६ भागमा बाँडिएको छ — ‘मधुरिमा’ अल्बममा सङ्कलित गीत, गाइएका फुटकर गीत, पत्रिकामा प्रकाशित गीत, राष्ट्रिय गीत, अन्य विषयका गीत र...
२००. विगतमाथि आलेख
पूर्वन्यायाधीश मोहनमणि दाहालले ‘जनआस्था साप्ताहिक’ मा प्रकाशन गराएका आफ्ना पुराना लेख, संस्मरण र राजनीतिक टिप्पणीहरू सङ्कलन गरी तयार पार्नुभएको प्रस्तुत पुस्तक ‘विगतमाथि आलेख’ कृतिकारले जीवनमा भोग्नुपरेका अविस्मरणीय घटना र ती घटनाले राष्ट्रिय जीवनमा पारेको प्रभावको अभिलेखीकरण हो । नेपालको राजनीतिक, न्यायिक र प्रशासनिक क्षेत्रको ऐतिहासिक...
१९९. गोत्रदर्पण
‘गोत्रदर्पण (प्रवरसहितको गोत्रावली)’ अक्षरकर्मी केदारनाथ तिमल्सिनाको छैटौँ कृति हो । यस कृतिमा उहाँले गोत्रहरूको जम्मा सङ्ख्या, ठकुरीको नौ गोत्र र एकतीस जाति, विभिन्न गोत्रका सगोत्री तथा प्रवरहरू, पाँच प्रवर पर्ने गोत्र र सगोत्रीहरू, तीन प्रवर पर्ने गोत्र र सगोत्रीहरू एवं सगोत्री थर–जाति नामावली प्रस्तुत गर्नुभएको...
१९८. माण्डवी
कवि खेमराज शर्माको ‘माण्डवी’ महाकाव्यभित्र माओवादी जनयुद्धको विषयले प्रवेश पाएको छ । यसअघि प्रकाशित महाकाव्यहरूमा माओवादी जनयुद्धलाई प्रत्यक्ष रूपमा विषयवस्तु बनाइएको नपाइएकाले यस महाकाव्यको विशेष महत्त्व रहेको छ । यसभित्रका अधिकांश श्लोकहरू अनुष्टुप छन्दमा छन् । यसभित्र गद्यकविता र लोकछन्दको पनि प्रयोग गरिएको छ ।...
१९७. अल्झिएका सपना (गजलसङ्ग्रह)
युवा लेखक छवीन्द्र चेम्जोङको दोस्रो कृतिका रूपमा प्रस्तुत ‘अल्झिएका सपना’ गजलसङ्ग्रह विशेषतः प्रेमसँग सम्बन्धित छ । मिलन–बिछोड र सुख–दुःख तथा त्यसले मनमा पारेको प्रभाव यस गजलसङ्ग्रहका विषयवस्तु हुन् । यसले गजलकारको विचारको प्रतिनिधित्व गरेको छ ।
१९६. कृपालुचरणामृत
यज्ञप्रसाद उपाध्याय त्रिपाठीद्वारा लिखित ‘कृपालुचरणामृत’ महाकाव्यमा १ हजार ९ सय ७१ श्लोक छन् । यी श्लोकलाई छन्दोबद्ध गर्न नसके पनि यथासम्भव लयबद्ध पार्ने प्रयास महाकाव्यकारले गर्नुभएको छ । भाषा–व्याकरण पनि उहाँकै इच्छाबमोजिम जस्ताको तस्तै राखिएको छ । जीवनको उत्तरार्धमा पुगेका व्यक्तिमा गुम्सिएर बसेको प्रतिभाबाट जस्तोसुकै…