वेदकुमारी न्यौपानेको ‘प्रायोजित’ नामक रेडियो–नाटकसङ्ग्रहमा १२ वटा रेडियो–नाटक सङ्कलित छन्् । यी रेडियो–नाटकहरूले सामाजिक, पारिवारिक, राजनीतिक र प्रशासनिक अवस्था छर्लङ्ग देखाएका छन् । हरेक रेडियो–नाटक सन्देशमूलक छन् । राष्ट्रप्रेम, व्यक्तिप्रेम, सामाजिक मनोविज्ञान, विश्वासघात, विसङ्गति, आशावादिता जस्ता विषयहरूमा लेखिएका यस सङ्ग्रहका रेडियो–नाटकहरू पाठकको मनलाई चस्स घोच्ने र लामो समयसम्म प्रभावमा पारिरहने खालका छन् ।