Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublications२१२. कुसुमाक्षर

२१२. कुसुमाक्षर

गायत्रीकुमार चापागाईंद्वारा लिखित ‘कुसुमाक्षर’ नामक छन्दोबद्ध कवितासङ्ग्रहमा जम्मा ६२ वटा कविता सङ्कलन गरिएको छ । विविध शास्त्रीय छन्द र लयमा लेखिएका यसभित्रका कविताहरूमा जन्मस्थल र राष्ट्रप्रतिको श्रद्धा, नेपालको प्रकृति, संस्कृति, समाज, जाति, सभ्यता र लोकजीवन व्यक्त गर्नुका साथै समानता र स्वतन्त्रताका स्वरहरूलाई पनि कलात्मक बान्की दिएर प्रस्तुत गरिएको छ । कुनै–कुनै कवितामा समाजमा रहेका विकृति र विसङ्गतिप्रति व्यङ्ग्य प्रहार पनि गरिएको छ । यस सङ्ग्रहभित्र १९ वटा नयाँ र ३१ वटा प्रचलित छन्दहरू गरी जम्मा ५० वटा शास्त्रीय छन्दको प्रयोग गरिएको छ । छोटो संरचनाका कविताको बाहुल्य रहेको यो सङ्ग्रह विभिन्न अलङ्कारहरूद्वारा सुसज्जित छ । नेपाली साहित्यको कविता विधाले प्राप्त गरेको यो बहुमूल्य उपहार हो ।