वेदकुमारी न्यौपानेको ‘एक दिन’ नामक बालगीतिनाटक एक दिनको घटनामा आधारित छ । यो गीतिनाटक सन्देशमूलक छ । बालबालिकाको चरित्र सुधार्न र जिज्ञासा समाधान गराउन यो पुस्तक सहयोगी हुन्छ । यो बालगीतिनाटकको अध्ययनबाट बालबालिका चरित्रवान् हुनेछन्, सामाजिक व्यवहारमा दक्ष हुनेछन्, उनीहरूको आचरण राम्रो हुनेछ र मानवीय भावना भएका सहयोगी बन्नेछन् ।