वेदकुमारी न्यौपानेको प्रस्तुत कवितासङ्ग्रह ‘शब्द’ मा १०० वटा गद्यकविता सङ्ग्रह गरिएका छन् । यी कविताहरू मार्मिक छन्, पाठकको हृदयमा तुरुन्तै प्रवेश गर्ने खालका छन् । समाजमा घटिरहेका कैयौँ घटनालाई हामीले साना–मसिना ठानेर बेवास्ता गरिरहेका हुन्छौँ, तर तिनले समाजलाई कता लगिरहेका छन् भन्ने कुरा सशक्त ढङ्गमा यी कविताहरूमा प्रस्तुत भएका छन् । यसबाहेक नारी मनोविज्ञान, देशको दुर्दशा, सामाजिक विसङ्गति पनि कवितामा आएका छन् । त्यसैले यस सङ्ग्रहले नेपाली समाजको मनोवैज्ञानिक चित्र समग्रतामा देखाउन सकेको छ ।