Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublications२१३. कथाकुथुङ्ग्री

२१३. कथाकुथुङ्ग्री

रामकुमार पाँडेको ‘कथाकुथुङ्ग्री’ नामक कथासङ्ग्रहमा ६३ वटा छोटा कथाहरू सङ्कलित छन् । यसभित्रका अधिकांश कथाहरू विशेषतः किशोर वयका विद्यार्थीका लागि उपयुक्त छन् र त्यसभन्दा बढी उमेरका पाठकलाई पनि उपयोगी छन् । हरेक कथा सन्देशमूलक छन् । जीवन–जगत् र मानवीय चरित्रलाई बुझाउन सहयोगी छन् । मानवमा सच्चरित्रता, नैतिकता, कर्तव्यपरायणता, उदारता, आत्मिकता र आध्यात्मिकताका भावहरू जगाउन र बढाउन यी कथाहरूले मनोवैज्ञानिक भूमिका खेल्छन् । त्यसैले यी कथाहरू नेपालीभाषी हरेक पाठकका लागि उपयोगी छन् ।