Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublications२१६. मुक्तक शारदीय

२१६. मुक्तक शारदीय

कवयित्री शारदा घिमिरे भैलको मुक्तकसङ्ग्रह ‘मुक्तक शारदीय’ १७५ वटा मुक्तकको सङ्कलन हो । यो सङ्ग्रह उहाँको लामो साधनाको परिणाम हो । काव्यात्मकता भरिएका सुन्दर मुक्तकहरूको यस सङ्ग्रहमा मानव–जीवनका प्रेम–प्रणय, दुःखसुख र आरोह–अवरोहका साथै सामाजिक विकृति–विसङ्गति जस्ता विषयहरू पनि प्रकट भएका छन् । अधिकार, कर्तव्य, स्वतन्त्रता, शान्ति, आध्यात्मिकता, मानवता, कर्तव्यनिष्ठा, नैतिक चरित्र, राष्ट्रप्रेम, प्रकृति, श्रद्धा, आशा र विश्वासलाई मुक्तकका विषयवस्तु बनाइएका छन् । यसरी विषयवस्तुको विविधतापूर्ण सौन्दर्य पाइने यस सङ्ग्रहका मुक्तकहरूमा मुक्तककारले मनमा उठेका विचार, भाव र अनुभूतिलाई कुशलताका साथ प्रस्तुत गर्न सक्नुभएको छ । उहाँका मुक्तकहरू गहन र अर्थपूर्ण छन् । मुक्तकहरूमा प्रयुक्त शब्दको संयोजन, भावको गाम्भीर्य र विचारको प्रस्तुतीकरणले उहाँका मुक्तकहरू मिठासपूर्ण बनेका छन् । अधिकांश मुक्तकहरू मुक्तक–सिर्जनाको विधि अनुरूपकै छन् र भावप्रेषणका दृष्टिले शक्तिशाली र मनोरम पनि छन् । भावविस्तार, शब्दप्रयोग र प्रस्तुतिशिल्पको सुन्दर सङ्गम रहेको यस सङ्ग्रहभित्रका मुक्तकहरूमा जीवनका विविधताहरू प्रतिबिम्बित भएकाले विभिन्न मनोपरिकार मन पराउने पाठकका लागि यो मुक्तकसङ्ग्रह रसयुुक्त बनेको छ ।