Activities, Featured

सम्मान समर्पण गरिने माघ २७ गते 

शब्दयात्रा प्रकाशनबाट यही माघ २७ गते शुक्रबार शान्ता मानवी (अर्घाखाँची), चूडामणि रेग्मी (सङ्खुवासभा), शैलेन्द्र साकार (भोजपुर), डा. कुलप्रसाद कोइराला (ओखलढुङ्गा), विजय चालिसे (काठमाडौँ), डा. रामदयाल राकेश (सर्लाही), मनिराज जोशी (डोटी), शेषराज सिवाकोटी (दोलखा), उद्धवप्रसाद भट्टराई (काभ्रेपलान्चोक) र मीनरत्न बज्राचार्य (काठमाडौँ) लाई सम्मान समर्पण गरिनेछ ।…

Activities, Featured

‘महाकवि देवकोटाका काव्यको अध्ययन’ पुस्तक सार्वजनिक 

आज २०७९ साल माघ १९ गते बिहीबार ‘महाकवि देवकोटाका काव्यको अध्ययन’ नामक समालोचनासङ्ग्रहलाई शब्दयात्रा प्रकाशनले सार्वजनिक गरायो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित पुस्तक सार्वजनिकीकरण समारोहमा नेपालका शैक्षिक शिरोभूषण तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा, काठमाडौँ विश्वविद्यालयका संस्थापक रजिस्ट्रार तथा शिक्षासेवी डा. सीताराम अधिकारी,…

Activities

डा. कान्ता भट्टराईको कृति छापिने 

शब्दयात्रा प्रकाशनले ‘भरत जङ्गमका उपन्यासमा पौरस्त्य नीतिचेतना’ नामक कृति प्रकाशन गर्न लागेको छ । यो अनुसन्धानात्मक कृति हो । डा. कान्ता भट्टराईद्वारा लिखित यो कृति करिब ३ सय पृष्ठको हुनेछ । 

Activities

सिक्किमे साहित्यकारबाट शब्दसाधक तीर्थको अवलोकन 

सिक्किमको गान्तोकबाट काठमाडौँ आउनुुभएका नेपाली भाषा–साहित्यसेवी लेखक, अन्वेषक तथा सांस्कृतिक–आध्यात्मिक अभियन्ता राजेन शिवाकोटीले बनेपामा आएर शब्दसाधक तीर्थको अवलोकन गर्नुभयो । शब्दयात्रा प्रकाशनले नेपाली वाङ्मयका लागि गरेको सुकार्यको चर्चा सुनेकाले शब्दसाधक तीर्थ हेर्न लालायित भएर बनेपा आइपुगेको कुरा उहाँले बताउनुभयो । उहाँलाई संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले…

Activities

सरस्वतीको पूजा सम्पन्न 

शब्दयात्रा प्रकाशनको आयोजनामा शब्दयात्रा शारदा मन्दिरमा आज सरस्वतीपूजाका दिन माता सरस्वतीको विधिवत पूजा सम्पन्न भएको छ । संस्थाका तर्फबाट आजीवन सदस्य कृष्णमणि कुइकेलले यजमान बनेर पूजा सम्पन्न गर्नुभएको हो । 

Activities

रोल्पाली कविको पहिलो महाकाव्य शब्दयात्राबाट 

रोल्पा जिल्लामा जन्मनुभएका कवि खेमराज शर्माको महाकाव्य ‘माण्डवी’ शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा मुद्रण हुन लागेको छ । यस महाकाव्यभित्र माओवादी जनयुद्धको विषयले प्रवेश पाएको छ । अधिकांश श्लोकहरू अनुष्टुप छन्दमा छन् । यस महाकाव्यलाई यही माघ महिनाको अन्तिम साता सार्वजनिक गर्ने योजना छ । यो उहाँको…

Activities, Featured

१०८ शिवलिङ्ग स्थापना गरिने 

शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिको सहकार्यमा १०८ शिवलिङ्ग स्थापना गर्ने कार्य अघि बढाइएको छ । शिवलिङ्गको स्थापना बनेपा नगरपालिका वडा नं. ६ मा पर्ने नीलकण्ठेश्वर महादेवको परिसरभित्र गरिने भएको छ । केही शिवलिङ्गहरू ल्याइसकिएको छ । आगामी साउन महिनासम्ममा १०८ शिवलिङ्ग स्थापना गरिसक्ने…

Activities, Featured

अध्ययन–अनुसन्धान कक्ष सञ्चालन उपसमिति गठन 

शब्दयात्रा प्रकाशनले आजीवन सदस्य भावना थापाको संयोजकत्वमा आजीवन सदस्य प्रदीप केसी र आजीवन सदस्य निर्मला श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय ‘शब्दयात्रा सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान कक्ष सञ्चालन उपसमिति’ गठन गरेको छ । ‘सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान कक्ष’ लाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न, सावित्री जङ्गम थापाका विषयमा अनुसन्धान गराउन, विद्वतवृत्तिको व्यवस्था…

Activities, Featured

एकैपटक पाँच महाकाव्य सार्वजनिक 

आज शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक कोसीदेखाका ८० वर्षीय यज्ञप्रसाद उपाध्याय त्रिपाठीद्वारा लिखित ‘कन्याकुमारी’, ‘राधाचरणामृत, ‘भगवतीचरणामृत’, ‘श्रीकृष्णचरणामृत’ र ‘कृपालुचरणामृत’ नामका पाँचवटा महाकाव्य एकसाथ सार्वजनिक गरायो । कार्यक्रमका प्रमुख अतिथि षट्कृतिकाका रूपमा समाजसेवी तथा लेखिका सावित्री जङ्गम थापा, काभ्रेपलान्चोक जिल्ला समन्वय समितिका सदस्य तथा प्रवक्ता अप्सरा ढुङ्गाना, धुलिखेल…

Activities

योगी नरहरिनाथको योगदान विषयमा प्रवचन 

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले ‘नेपालको इतिहाससम्बन्धी अनुसन्धानमा योगी नरहरिनाथको योगदान’ विषयमा आयोजित प्रवचन कार्यक्रममा गत पुस २६ गते प्रमुख वक्ताका रूपमा प्रवचन गर्नुभयो। उहाँले त्यस विषयमा एक घन्टा बोल्नुभएको थियो । उहाँको प्रवचनपछि विभिन्न विद्वानहरूले टिप्पणी गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन सुवर्ण कर्माचार्यले र…

Shabdayatra Prakashan @ 2022