Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublications२१५. उनैको सम्झनामा

२१५. उनैको सम्झनामा

काव्यकार सावित्री जङ्गम थापाले आफ्ना पति समाजसेवी तथा राजनीतिकर्मी भोलामानसिंह थापाको देहावसान भएपछि प्रस्तुत स्मृतिकाव्य ‘उनैको सम्झनामा’ लेख्नुभएको हो । यस काव्यमा मङ्गलाचरणबाहेक ७ चरण छन् । यस काव्यमा मङ्गलाचरणमा १०, पहिलो चरणमा ३१, दोस्रो चरणमा ३४, तेस्रो चरणमा ४७, चौथो चरणमा ४४, पाँचौँ चरणमा ३७, छैटौँ चरणमा ३९ र सातौँ चरणमा ३७ गरी जम्मा २७९ श्लोक छन् । दिवङ्गत पतिको स्मृतिमा पत्नीबाट लेखिएको स्मृतिकाव्यका रूपमा नेपाली साहित्यमा यो काव्य पनि अब अभिलेखबद्ध हुने भएको छ ।