Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
Homepublications२१४. अग्रजले कोरेको गोरेटोमा हिँड्दा

२१४. अग्रजले कोरेको गोरेटोमा हिँड्दा

निबन्धकार गायत्रीकुमार चापागाईको संस्मरणात्मक र समीक्षात्मक निबन्धसङ्ग्रह ‘अग्रजले कोरेको गोरेटोमा हिँड्दा’ २८ वटा निबन्ध भएको उहाँको एघाह्रौँ कृति हो । यस कृतिमा उहाँको गद्यलेखनमा पाइने सिर्जनात्मक सामर्थ्य राम्ररी प्रकट भएको छ । यसभित्रका उहाँका निबन्धहरू मौलिक र गम्भीर छन् तथा बौद्धिकता र तार्किकताले भरिएका छन् । यस कृतिमा विभिन्न साहित्यकारका मौलिकता र मुख्य विशेषताको परिचय गराइएको छ । पाठकले यस कृतिमा समीक्षा, समालोचना, संस्मरण र नियात्राको एकैसाथ रसास्वादन गर्न पाउँछन् । कृतिकारका अनुभव र अनुभूति, श्रम र साधना, रुचि र समर्पण, विद्वत्ता र मौलिकता, ज्ञान र गरिमा यस कृतिमा प्रकट भएका छन् । अनुसन्धान र विश्लेषण गर्दाको उहाँको मिठासपूर्ण प्रस्तुतिले कृतिलाई रोचक बनाएको छ । कृतिकारको साहित्यिक लगनशीलताको यो बलियो उदाहरण हो ।