Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublications२१०. चौध भुवन

२१०. चौध भुवन

कथाकार सपूत कार्कीको दोस्रो कथासङ्ग्रह ‘चौध भुवन’ उहाँको पहिलो पुस्तक ‘पागल’ कथासङ्ग्रह प्रकाशन भएको ३५ औँ वर्षमा प्रस्तुत भएको दोस्रो पुस्तक हो । यस सङ्ग्रहमा १४ वटा कथा राखिएकाले पुस्तकको नाउँ नै ‘चौध भुवन’ राखिएको छ । पूर्वप्रकाशित कथाहरूको यस सङ्ग्रहले सपूत कार्कीको कथालेखन शिल्पका बारेमा स्पष्ट जानकारी दिनेछ । पारिवारिक, सामाजिक र राजनीतिक विषयवस्तुलाई लिएर लेखिएका यस सङ्ग्रहका कथाहरूले नेपालको विषम परिस्थिति, अमिल्दो परिवेश र विकृत मनोविज्ञानको चित्रण प्रभावकारी रूपबाट गरेका छन् । समाजले मसिना मानेका घटनाहरूले राष्ट्रिय जीवनमा दूरगामी रूपमा पार्ने नकारात्मक प्रभावको चित्रणले यस सङ्ग्रहलाई ओजपूर्ण बनाएको छ ।