publications

१९१. शिरोवर्ती भरत जङ्गम 

भरतमणि जङ्गमका विषयमा ‘कालजयी व्यक्तित्व भरत जङ्गम’ नाउँको पहिलो अभिनन्दनग्रन्थ २०६३ साल मङ्सिर १० गते हरि मञ्जुश्रीको सम्पादनमा प्रकाशन भएको थियो । त्यस बेला भरत जङ्गमको नाउँबाट मोती महोत्सव समारोह समिति गठन गरिएको थियो र मोती महोत्सव नेपालमै पहिलोपल्ट भरतमणि जङ्गमको ६० औँ वर्षमा मनाइएको...
publications

१९०. आदर्श शिक्षक 

काभ्रेपलान्चोक जिल्लाका शिक्षासेवी, समाजसेवी, सामूहिक चेतनाका उद्घोषक र उद्बोधक, सामाजिक विकासका पथप्रदर्शक, शैक्षिक व्यवस्थापन कौशलका उदाहरण, शिक्षाको विकास र समाज परिचालकका रूपमा सुपरिचित आदर्श शिक्षक र अनुकरणीय व्यक्तित्व रामप्रसाद अधिकारीको सम्मानस्वरूप हरि मञ्जुश्रीको सम्पादनमा ‘आदर्श शिक्षक’ नामक रामप्रसाद अधिकारी अभिनन्दनग्रन्थ प्रकाशन गरिएको हो । यस...
publications

१८९. महाकवि देवकोटाका काव्यको अध्ययन 

टीकादत्त बरालद्वारा लिखित ‘महाकवि देवकोटाका काव्यको अध्ययन’ का बारेमा डा. सुरेशराज शर्माले लेख्नुभएको छ — “टीकादत्त बराल आफ्नो विषयमा बलियो पकड राख्ने र विज्ञता हासिल गर्ने विद्वान् हुनुभएकाले उहाँका हरेक पुस्तक गहन अन्वेषणबाट निस्केका निचोडजस्ता लाग्छन् । ‘महाकवि देवकोटाका काव्यको अध्ययन’ पनि त्यस्तै खालको कृति...
publications

१८८. माच 

‘माच’ लोेकेन्द्र ढकालद्वारा लिखित आध्यात्मिक लेखहरूको सङ्ग्रह हो । यसमा १६ वटा लेखहरू सङ्कलित छन् । कुनै लेख पूूर्वप्रकाशित छन् भने कुनै लेख पहिलोपटक यसै पुस्तकमा छापिएका छन् । सबै लेखहरू विचारप्रधान छन्, विचारोत्तेजक छन्, उत्प्रेरक छन्, जानकारीमूलक छन् र तथ्यपरक छन् । मानवीय नैतिक...
publications

१८७. भगवतीचरणामृत 

‘भगवतीचरणामृत’ महाकाव्यकार यज्ञप्रसाद उपाध्याय त्रिपाठीको तेस्रो महाकाव्य हो । यसमा सुरुमा प्रारम्भ, त्यसपछि प्रथमदेखि पञ्चदशसम्मका १५ सर्ग र अन्त्यमा उपसंहार छन् । ‘प्रारम्भ’ मा १५ श्लोक, प्रथम सर्गमा ८० श्लोक, द्वितीय, तृतीय, चतुर्थ, पञ्चम, षष्ठ र सप्तम सर्गमा १–१ सय श्लोक, अष्टम सर्गमा ८० श्लोक,...
publications

१८६. आत्मानुभूति 

‘आत्मानुभूति’ (कवितासङ्ग्रह) आध्यात्मिक साहित्यकारका रूपमा सुपरिचित व्यक्तित्व ढुण्डिराज पोखरेलको चिन्तन र त्यसलाई कवितामा प्रस्तुत गर्ने शिल्पको परिणति हो । साहित्यसाधनामा रहेको उहाँको सह्राहनीय र प्रशंसनीय प्रयासस्वरूप प्रस्तुत यस सङ्ग्रहका कविताहरू देश, समाज, प्रकृति र अध्यात्मसँग सम्बन्धित छन् । अधिकांश कविताहरू सूक्तिमय छन् । छन्द र...
publications

१८५. आत्मबोध 

‘आत्मबोध’ (कथासङ्ग्रह) आध्यात्मिक साहित्यकारका रूपमा सुपरिचित व्यक्तित्व ढुण्डिराज पोखरेलको चिन्तन र त्यसलाई कथामा प्रस्तुत गर्ने शिल्पको परिणति हो । उहाँको यो चौथो कृतिले नेपाली पाठकलाई नैतिक आदर्श र मानवीय चेतना दिएर आत्मिक जागरण गराउनेछ । कथाहरूको अन्त्यमा त्यस कथाले दिन खोजेको सन्देश पनि प्रस्तुत गरिएको...
publications

१८४. Impressions and Expressions 

प्रा. सुवास केसीद्वारा लिखित Impressions and Expressions नामक पुस्तक लेखकको पहिलो प्रकाशन हो । अत्यन्त उत्कृष्ट लेखन, साजसज्जा र छपाइ रहेको यस पुस्तकले व्यवस्थापनका साथै दार्शनिक पक्षलाई बढी जोड दिएको छ । मानिसले झिनामसिना मानेका कुराले पनि कति अहम् भूमिका खेलेका हुन्छन् भन्ने कुरा पनि...
publications

१८३. अमरज्योति 

डा. गोपाल पौड्याल ‘मन्डने’ काभ्रेपलान्चोक जिल्लामा जन्मनुभएका साहित्यिक प्रतिभा हुनुहुन्छ । उहाँद्वारा लिखित ‘अमरज्योति’ खण्डकाव्य आर्थिक र मानसिक दुवै रूपमा विपन्न नेपाली परिवारको वियोगान्त कथा हो । जातिभेदले ग्रस्त पारेको समाजको कुप्रथालाई चुनौती दिएपछि त्यसबाट व्यक्तिगत र सामाजिक जीवन नै तहसनहस हुन पुगेको, बेरोजगारीको समस्याका...
publications

१८२. समयको अन्तराल 

नरनारायण ‘वत्स’ को दोस्रो कवितासङ्ग्रह ‘समयको अन्तराल’ नामक प्रस्तुत कृति हो । यस कृतिमा त्रिचालीसवटा गद्यकविताहरू सङ्कलित छन् । देशको राजनीतिक अस्थिरताप्रति चिन्ता, आपसी अविश्वास, निराशा र सङ्कटबाट उब्जेको दुःख, राष्ट्रप्रतिको प्रेम, राष्ट्रियता र मानवीय स्वतन्त्रताप्रतिको निष्ठा, विद्रोह र व्यङ्ग्य, प्राकृतिक सौन्दर्यप्रतिको मोह यस सङ्ग्रहका...
publications

१८१. राधाचरणामृत 

यज्ञप्रसाद उपाध्याय त्रिपाठीको ‘राधाचरणामृत’ नामक प्रस्तुत महाकाव्यमा १२ सर्ग र १ हजार ७ सय ४३ श्लोक छन् । सबैभन्दा छोटो सर्ग पहिलो र सबैभन्दा लामो सर्ग तेस्रो देखिन्छ । यो उहाँको दोस्रो कृति हो । यो महाकाव्य लयात्मक ढाँचामा लेखिएको छ । छन्द नमिले पनि...
publications

१८०. मनमा नअटेका कुरा 

‘मनमा नअटेका कुरा’ अक्षरयात्री लोकमान मास्केका गद्यकविताहरूको सङ्कलन हो । यसभिका कविताहरू पढ्दा पृष्ठभूमिका रूपमा पाठकले साढे चार दशकअघिको समयवृत्तमा पुग्नुपर्छ । यस सङ्ग्रहमा स्रष्टाको उमेरसँग मिलाएर कवितासङ्ख्या राखिएको छ । लामा–छोटा दुवैथरिका कविताहरूको यस सङ्ग्रहमा राष्ट्रिय स्वाभिमानी भावनाा, प्रगतिशील चिन्तन, सामयिक चित्रण, विपरीतलिङ्गीप्रतिको अनुराग,...
publications

१७९. धृतराष्ट्रको शुभकामना 

हरि कोर्कालीको तेस्रो कृति ‘धृतराष्ट्रको शुभकामना’ ३३ वटा व्यङ्ग्यकविताहरूको सङ्ग्रह हो । यस सङ्ग्रहभित्रका हरेक कविता पढ्दा पाठकको मनले अनायासै ‘आहा’ भन्न सक्छ । बहुसङ्ख्यक नेपाली पाठकले भन्न खोजेका तर आँट नआएर भन्न नसकेका अनि लेख्न चाहेका तर भाँती पुग्न सक्तैन कि भनेर पन्छिएका विषयहरू...
publications

१७८. जून मामा 

‘जून मामा’ कवि हरि कोर्कालीद्वारा लिखित ७५ वटा बालकविताहरूको सङ्ग्रह हो । यसमा किशोरकविताहरू पनि सङ्कलित छन् । बालबालिका र किशोरकिशोरीलाई सदाचारी, नैतिकवान्, समाजप्रेमी, प्रकृतिप्रेमी र राष्ट्रप्रेमी हुन सिकाउने यी कविताहरूले राष्ट्रप्रति गौरव गर्न, स्वाभिमानी बन्न, सत्यपथमा अडिग रहन, श्रमको सम्मान गर्न र प्रकृतिप्रति कृतज्ञ...
publications

१७७. जिन्दगीका डोबहरू 

कवयित्री लीलादेवी श्रेष्ठको ‘जिन्दगीका डोबहरू’ नामक प्रस्तुत भजन–कवितासङ्ग्रहमा भजन र कविता गरी दुई खण्ड छन् । पहिलो खण्डमा ३६ वटा भजन र दोस्रो खण्डमा ५६ वटा कविता रहेका छन् । यसरी यो पुस्तक जम्मा ९२ वटा रचनाको सङ्ग्रह बनेको छ ।
publications

१७६. अठोट 

नाटककार लीलादेवी श्रेष्ठको ‘अठोट’ नामक प्रस्तुत नाट्यकृति आफ्नो जन्मभूमिप्रति हरेक व्यक्तिको विशेष कर्तव्य हुन्छ भन्ने सन्देश दिन सक्षम छ । विभिन्न पात्र र घटनाहरूलाई कथावस्तुमा उन्दै कथानकलाई विकसित गराएर कतै पनि द्वन्द्व नदेखाईकन नाटकलाई सन्देशमूलक ढङ्गबाट अन्त्य गराइएको छ । यस नाटकको कथातन्तुले ‘अठोट’ नाउँलाई...
publications

१७५. गाईजात्रा 

लघुकथाकार गायत्रीकुमार चापागार्र्ईंको विशिष्ट शिल्पबाट सुसज्जित ‘गाईजात्रा’ गम्भीर विषयलाई सरल प्रस्तुतिका साथ लेखिएको लघुकथासङ्ग्रह हो । यसले दिन खोजेको विचार र अवलम्बन गरेको शैली तथा यसमा प्रयोग भएको भाषा–व्याकरणका आधारबाट पाठकवर्गले यस सङ्ग्रहको मूल्याङ्कन गर्न सक्छन् । राजनीतिमा ल्याइएको विकृति, विकृतिले उब्जाएको सामाजिक बेथिति, बेथितिका...
publications

१७४. सङ्घर्ष र जीवन 

‘सङ्घर्ष र जीवन’ (अनुभव र अनुभूति) लेखक माधवप्रसाद चापागाईंले भोग्नुभएका दुःखदायी र आनन्ददायी गाथाहरूलाई लेखसङ्ग्रहको ढाँचामा लेखिएको प्रेरणादायी र सन्देशमूलक अभिव्यक्ति हो । जम्मा २५ शीर्षक राखेर तयार पारिएको यस पुस्तकलाई उहाँको पहिलो पुस्तक ‘जीवन एक भोगाइ अनेक’ को दोस्रो भाग पनि भन्न सकिन्छ ।...
publications

१७३. कथा र कविता 

कृतिकार माधवप्रसाद चापागाईंले प्रस्तुत पुस्तक ‘कथा र कविता’ (कथा र कविताको सङ्ग्रह) लाई दुई खण्डमा बाँडेर पहिलो खण्डमा तीनवटा लामा आकारका कथा र दोस्रो खण्डमा छब्बीसवटा केही मध्यम र केही छोटा आकारका कविता राख्नुभएको छ । सामाजिक विकृति र विसङ्गति, पुरातन सोचमा बाँधिएको लोकजीवन, ग्रामीण...
publications

१७२. श्रीकृष्ण रहस्य 

हिन्दू धर्मावलम्बीहरूलाई श्रीकृष्णप्रणामी सम्प्रदायका विषयमा केही न केही जानकारी छ । थोरै जानकारी पाउनु र विस्तृत रूपमा जानकारी पाउनुमा धेरै फरक हुन्छ । श्रीकृष्णका विषयमा र श्रीकृष्णप्रणामी सम्प्रदायका विषयमा जान्न चासो राख्नेहरूको सङ्ख्या बढिरहेको छ । आधिकारिक जानकारी पाउन धेरै पाठकहरू लालायित छन् । यस्तो...
Shabdayatra Prakashan @ 2022