Home Blog Page 65

कवयित्री शारदा घिमिरे भैलको जन्मदिवस साहित्यिक समारोहमा

0

शब्दयात्रा प्रकाशनले कवयित्री शारदा घिमिरे भैलको जन्मदिवस आज २०७९ साल मङ्सिर २५ गते आइतबार आफ्नै सभाकक्षमा आयोजित साहित्यिक समारोहमा भव्यतापूर्वक मनायो । कार्यक्रममा उहाँलाई शब्दयात्रा प्रकाशनका तर्फबाट कवितात्मक शुभकामनापत्र समर्पण गरियो । कविताको लेखन हरि मञ्जुश्रीले, वाचन शारदाप्रसाद शर्माले र हस्तान्तरण केदारनाथ तिमल्सिनाले गर्नुभयो । कार्यक्रममा उपस्थित सहभागीका तर्फबाट पूर्णबहादुर कर्माचार्य र प्रदीप केसीले शुभकामनापत्र हस्तान्तरण गर्नुभयो भने उर्मिला श्रेष्ठ भोजपुरे र डा. साहेब खन्दारेले दोसल्ला ओढाइदिनुभयो । त्यसपछि कवयित्री शारदा घिमिरे भैलले तीनवटा मुक्तक र एउटा कविता वाचन गरेर आफ्नो पूर्वप्रकाशित कृति शब्दयात्रा प्रकाशन पुस्तकालयलाई उपहारस्वरूप प्रदान गर्नुभयो । पुस्तकालयका तर्फबाट त्यो उपहार साधुराम गिरीले ग्रहण गर्नुभयो ।

पुरुषोत्तम भट्टराई र पशुपतिमान प्रधान पुरस्कृत

0

शब्दयात्रा प्रकाशनले आज २०७९ साल मङ्सिर २५ गते भोजपुर जिल्लाका प्रतिभा पुरुषोत्तम भट्टराई र भक्तपुर जिल्लाका प्रतिभा पशुपतिमान प्रधानलाई पुरस्कृत गरेको छ । प्राच्यविधाका विज्ञ तथा न्याय, ज्योतिष र वेदान्त दर्शनका प्रकाण्ड विद्वानका रूपमा सुपरिचित व्यक्तित्व तथा पिण्डेश्वर धरानमा ४० वर्षअघिदेखि निरन्तर गुरुकुल सञ्चालन गरी ९५ वर्षको उमेरमा पनि अध्यापन गरिरहनुभएका र अहिले पनि ७० जना विद्यार्थीलाई निःशुल्क आवास, भोजन र शिक्षा दिइरहनुभएका पुरुषोत्तम भट्टराईलाई ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार, २०७९’ समर्पण गरिएको छ । उहाँ धरानमा हुनुभएकाले उहाँका तर्फबाट उहाँका नाति पुष्कर अधिकारीले पुरस्कार ग्रहण गर्नुभयो । पुरस्कार समर्पण गर्दा पुरस्कारको रकम गीता अधिकारीले समर्पण गर्नुभएको थियो । यसै गरी ठ्यासफूमा रहेको मौलिक स्वस्थानी व्रतकथालाई पहिलोपटक नेवारी भाषामा उतारेर प्रकाशित गराउनुभएको हुँदा पशुपतिमान पःमाँ (प्रधान) लाई ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार, २०७९’ समर्पण गरिएको छ । पुरस्कार समर्पण गर्दा पुरस्कारको रकम शारदाप्रसाद शर्माले समर्पण गर्नुभएको थियो । पुरस्कृत व्यक्तित्व दुवैजनाका लागि उपहार पदम दाहालले, शब्दयात्रा पट्ट हरि मञ्जुश्रीले, रुद्राक्षको माला हिरण्य भोजपुरेले र अभिवन्दनापत्र उर्मिला श्रेष्ठले समर्पण गर्नुभएको थियो भने दुवै अभिवन्दनापत्रको वाचन प्रजापति तिमिल्सिनाले गर्नुभएको थियो ।

पदमप्रसाद पौडेल र ओतबहादुर खड्का पुरस्कृत

0
शब्दयात्रा प्रकाशनले आज २०७९ साल मङ्सिर २५ गते सङ्खुवासभा जिल्लाका पत्रकार, शिक्षासेवी तथा कलाकार पदमप्रसाद पौडेललाई २०७९ सालको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार’ समर्पण गरेको छ । उहाँ ९० वर्षका हुनुहुन्छ । स्वास्थ्यका कारणले उहाँ उपस्थित हुन नसक्नुभएकाले उहाँका तर्फबाट उहाँका छोरा जयप्रसाद पौडेलले पुरस्कार ग्रहण गर्नुभएको थियो । पुरस्कार समर्पण गर्दा पुरस्कारको रकम आर्थिक व्यवस्थापक श्रीमती लीला श्रेष्ठले समर्पण गर्नुभएको थियो । आजै शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाका आध्यात्मिक लेखक ओतबहादुर खड्कालाई २०७९ सालको ‘शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलान्चोक प्रतिभा पुरस्कार’ समर्पण गरेको छ । उहाँ ८५ वर्षका हुनुहुन्छ । स्वास्थ्यका कारणले उहाँ उपस्थित हुन नसक्नुभएकाले उहाँका तर्फबाट लेखक पूर्णबहादुर कर्माचार्यले पुरस्कार ग्रहण गर्नुभएको थियो । पुरस्कार समर्पण गर्दा पुरस्कारको रकम आर्थिक व्यवस्थापकका तर्फबाट प्रदीप केसीले समर्पण गर्नुभएको थियो । पुरस्कृत व्यक्तित्व दुवैजनाका लागि उपहार पदम दाहालले, शब्दयात्रा पट्ट हरि मञ्जुश्रीले, रुद्राक्षको माला हिरण्य भोजपुरेले र अभिवन्दनापत्र उर्मिला श्रेष्ठले समर्पण गर्नुभएको थियो । दुवै अभिवन्दनापत्रको वाचन प्रजापति तिमिल्सिनाले गर्नुभएको थियो ।

१९४. जीवनधारा

२०५५ सालमा प्रकाशित ‘जीवनधारा’ सावित्री जङ्गम थापाको दोस्रो पुस्तकाकार कृति हो । कृतिकारको पचासवर्षे उमेरसम्मको सङ्घर्षशील जीवनयात्रालाई आत्मकथात्मक रूपमा काव्यमा ढाली झ्याउरे छन्दमा लिखित यस काव्यको पहिलो संस्करण समाप्त भएको हुँदा यसलाई पुनः प्रकाशन गर्ने इच्छा कृतिकारले व्यक्त गर्नुभएकाले यो पुस्तक शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा प्रकाशन गरिएको हो । यस संस्थामा ‘सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान कक्ष’ खुलेको हुनाले यस पुस्तकको बिक्रीबाट प्राप्त भएको सम्पूर्ण रकम त्यही अनुसन्धान कक्षको सञ्चालनका लागि खर्च गर्ने व्यवस्था मिलाइएको छ । यसबाट उहाँका विषयमा अध्ययन–अनुसन्धान गर्ने शोधार्थीहरू पनि लाभान्वित हुनेछन् ।

१९३. हिरण्य भोजपुरे साहित्य र सङ्गीतका महारथी

द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ को पछिल्लो कृति ‘हिरण्य भोजपुरे : साहित्य र सङ्गीतका महारथी’ उहाँको सुबोधगम्य, सुसभ्य, सुशृङ्खलित, सुविचारयुुक्त, सुललित र सुन्दर लेखनको उदाहरण हो । यस पुस्तिकाको नाउँले नै हिरण्य भोजपुरेको विशेषता बुझाउँछ । नेपालका विशिष्ट विद्वान्हरूले हिरण्य भोजपुरेका विषयमा अभिव्यक्त गर्नुभएका विचारहरू यसमा पढ्न पाइन्छ । सँगसँगै द्रोणप्रसाद श्रेष्ठले गर्नुभएको मूल्याङ्कन पनि यसमा छ । आकारमा यो पुस्तिका सानो भएर पनि लेखकको कौशलका कारण हिरण्य भोजपुरेको समग्र जीवन र योगदान यसमा अटाएको छ ।

राधाकृष्ण मन्दिरको अनावरण

0

शब्दयात्रा प्रकाशनले बनेपाको शब्दसाधक तीर्थमा निर्माण गरेको राधाकृृष्ण मन्दिरलाई हिजो २०७९ साल मङ्सिर १८ गते आइतबार अनावरण गरिएको छ । मन्दिरको नामकरण गरी ‘अक्षराधीश मन्दिर (राधाकृष्ण देवालय)’ लेखिएको छ । मन्दिरसँग सम्बन्धित केही संरचनाहरूको निर्माणकार्य बाँकी छ, मन्दिर निर्माणमा सहयोग गर्ने भक्तजनको अभिलेख दुई पत्र बनाएर राखिएको छ र सहयोग गर्न वचनबद्ध भक्तजनबाट सहयोग प्राप्त भएपछि उहाँहरूको विवरण तेस्रो अभिलेखपत्रमा राख्न पनि बाँकी छ । तर राधाकृष्ण मन्दिरको अनावरण गर्न अत्यन्त उपयुक्त दिन गीताजयन्ती नै हो भन्ने सुझाव प्राप्त भएकाले निर्माणको सबै कार्य नसकिए पनि गीताजयन्ती र मोक्षदा एकादशीको पावन अवसर पारी हिजो मन्दिरको अनावरण गरिएको हो । संस्थापक अध्यक्ष तथा मन्दिर निर्माणका योजनाकार एवं निर्देशक हरि मञ्जुश्रीले मन्दिरको अनावरण गर्नुभएको हो ।

‘समयको अन्तराल’ सार्वजनिक

0
इलामका साहित्यिक प्रतिभा नरनारायण वत्सद्वारा लिखित दोस्रो कवितासङ्ग्रह ‘समयको अन्तराल’ आज २०७९ साल मङ्सिर १८ गते आइतबार गीताजयन्तीका दिन शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरियो । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित उक्त पुस्तकलाई आख्यानकार प्रजापति तिमिल्सिना, कवि पदम दाहाल र आध्यात्मिक लेखक ढुण्डिराज पोखरेलले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र गीतिभास्कर मच्छेश्वर सापकोटाको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रजापति तिमिल्सिनाले कवि नरनारायण वत्सको परिचय गराउँदै कृतिमाथि टिप्पणी गर्नुभएको थियो भने कवि पदम दाहालले ‘समयको अन्तराल’ भित्रको कविता वाचन गर्नुभएको थियो । समाजसेवी कृष्णमणि कुइकेलले मन्तव्य व्यक्त गर्नुभएको र व्यङ्ग्यकवि शारदाप्रसाद शर्माले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा ढुण्डिराज पोखरेलले गीताका केही श्लोक तथा प्रकाश उज्ज्वल बनेपा, केदारनाथ तिमल्सिना, साधुराम गिरी, रोशन सत्याल आदिले आआफ्ना कविता वाचन गर्नुभएको थियो । कवि नरनारायण वत्स अमेरिकामा हुनुभएकाले कार्यक्रममा उपस्थित हुन सक्नुभएन । कार्यक्रममा राजनीतिक विश्लेषक अनारसिंह कार्की, हरिगोपाल प्रधान, शिव बन्जारा, इ. रोशन मञ्जुश्री अधिकारी, प्रकृति प्याकुरेल, निर्मला श्रेष्ठ, सङ्गीता केसी, चूडाप्रसाद चौलागाई, दीपकराम भण्डारी, नवराज पराजुली, पुरुषोत्तम हुमागाई, श्री शर्मा मूर्ख, भुवन पाण्डे, लालप्रसाद पौडेललगायतका विद्वतवर्गको समुपस्थिति थियो ।

पुरुषोत्तम भट्टराईलाई भोजपुर प्रतिभा पुरस्कार

0

शब्दयात्रा प्रकाशनले आध्यात्मिक व्यक्तित्व श्री पुरुषोत्तम भट्टराईलाई ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार, २०७९’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्कृत व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । चयन समितिमा आध्यात्मिक लेखक ढुण्डिराज पोखरेल संयोजक तथा कवि पदम दाहाल र आख्यानकार प्रजापति तिमिल्सिना सदस्य हुनुहुन्छ । यसअघि भोजपुर प्रतिभा पुरस्कारका लागि उपयुक्त व्यक्तिको नाउँ सिफारिस गर्न सार्वजनिक आह्वान गरिएको थियो । सिफारिसमा प्राप्त भएका नाउँहरूमध्येबाट चयन समितिले भोजपुरको भुल्के घर भई हाल धरान निवासी पुरुषोत्तम भट्टराईलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । प्राच्यविधाका विज्ञ तथा न्याय, ज्योतिष र वेदान्त दर्शनका प्रकाण्ड विद्वानका रूपमा सुपरिचित उहाँले पिण्डेश्वर धरानमा ४० वर्षअघिदेखि निरन्तर गुरुकुल सञ्चालन गरी साढे नौ दशकको उमेरमा पनि अध्यापन गरिरहनुभएको छ । अहिले पनि त्यस गुरुकुलमा ७० जना विद्यार्थी निःशुल्क आवास, भोजन र शिक्षा प्राप्त गरिरहेका छन् । त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन स्वयं गौरवान्वित बनेको छ । पुरस्कार यही मङ्सिर महिनामा समर्पण गरिनेछ । भोजपुर जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी कवि कृष्ण जोशीले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको हो । 

पशुपतिमान पःमाँलाई भक्तपुर प्रतिभा पुरस्कार

0

शब्दयात्रा प्रकाशनले शिक्षासेवी तथा लेखक पशुपतिमान पःमाँ (प्रधान) लाई ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार, २०७९’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्कृत व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । चयन समितिमा आध्यात्मिक लेखक ढुण्डिराज पोखरेल संयोजक तथा कवि पदम दाहाल र आख्यानकार प्रजापति तिमिल्सिना सदस्य हुनुहुन्छ । यसअघि भक्तपुर प्रतिभा पुरस्कारका लागि उपयुक्त व्यक्तिको नाउँ सिफारिस गर्न सार्वजनिक आह्वान गरिएको थियो । सिफारिसमा प्राप्त भएका नाउँहरूमध्येबाट चयन समितिले जगाती निवासी पशुपतिमान पःमाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । ठ्यासफूमा रहेको मौलिक स्वस्थानी व्रतकथालाई पहिलोपटक नेवारी भाषामा उतारेर प्रकाशित गराउनुभएको हुँदा उहाँलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो । पुरस्कार यही मङ्सिर महिनामा समर्पण गरिनेछ । भक्तपुर जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी साहित्यकार भरत जङ्गमले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको हो । गत वर्ष यो पुरस्कार श्रीमती कोमलवदन मल्ललाई समर्पण गरिएको थियो ।

पदमप्रसाद पौडेललाई सङ्खुवासभा प्रतिभा पुरस्कार

0

शब्दयात्रा प्रकाशनले कलाकार पदमप्रसाद पौडेललाई ‘शब्दयात्रा प्रा. केदारनाथ — लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०७९’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्कृत व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । चयन समितिमा आध्यात्मिक लेखक ढुण्डिराज पोखरेल संयोजक तथा कवि पदम दाहाल र आख्यानकार प्रजापति तिमिल्सिना सदस्य हुनुहुन्छ । यसअघि सङ्खुवासभा प्रतिभा पुरस्कारका लागि उपयुक्त व्यक्तिको नाउँ सिफारिस गर्न सार्वजनिक आह्वान गरिएको थियो । सिफारिसमा प्राप्त भएका नाउँहरूमध्येबाट चयन समितिले चैनपुर निवासी पदमप्रसाद पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पत्रकारिता क्षेत्रमा २२ वर्ष र शिक्षणसेवामा ३० वर्ष सेवा गरेर पनि साना र ठूला गरी १ सयभन्दा बढी चलचित्रमा अभिनय गरेर विशिष्ट योगदान गर्नुभएकोमा उहाँलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो । पुरस्कार यही मङ्सिर महिनामा समर्पण गरिनेछ । सङ्खुवासभा जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी साहित्यकार लीला श्रेष्ठले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको हो । गत वर्ष यो पुरस्कार श्री ज्ञान उदासलाई समर्पण गरिएको थियो ।