Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesकवयित्री शारदा घिमिरे भैलको जन्मदिवस साहित्यिक समारोहमा

कवयित्री शारदा घिमिरे भैलको जन्मदिवस साहित्यिक समारोहमा

शब्दयात्रा प्रकाशनले कवयित्री शारदा घिमिरे भैलको जन्मदिवस आज २०७९ साल मङ्सिर २५ गते आइतबार आफ्नै सभाकक्षमा आयोजित साहित्यिक समारोहमा भव्यतापूर्वक मनायो । कार्यक्रममा उहाँलाई शब्दयात्रा प्रकाशनका तर्फबाट कवितात्मक शुभकामनापत्र समर्पण गरियो । कविताको लेखन हरि मञ्जुश्रीले, वाचन शारदाप्रसाद शर्माले र हस्तान्तरण केदारनाथ तिमल्सिनाले गर्नुभयो । कार्यक्रममा उपस्थित सहभागीका तर्फबाट पूर्णबहादुर कर्माचार्य र प्रदीप केसीले शुभकामनापत्र हस्तान्तरण गर्नुभयो भने उर्मिला श्रेष्ठ भोजपुरे र डा. साहेब खन्दारेले दोसल्ला ओढाइदिनुभयो । त्यसपछि कवयित्री शारदा घिमिरे भैलले तीनवटा मुक्तक र एउटा कविता वाचन गरेर आफ्नो पूर्वप्रकाशित कृति शब्दयात्रा प्रकाशन पुस्तकालयलाई उपहारस्वरूप प्रदान गर्नुभयो । पुस्तकालयका तर्फबाट त्यो उपहार साधुराम गिरीले ग्रहण गर्नुभयो ।