Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublications१९४. जीवनधारा

१९४. जीवनधारा

२०५५ सालमा प्रकाशित ‘जीवनधारा’ सावित्री जङ्गम थापाको दोस्रो पुस्तकाकार कृति हो । कृतिकारको पचासवर्षे उमेरसम्मको सङ्घर्षशील जीवनयात्रालाई आत्मकथात्मक रूपमा काव्यमा ढाली झ्याउरे छन्दमा लिखित यस काव्यको पहिलो संस्करण समाप्त भएको हुँदा यसलाई पुनः प्रकाशन गर्ने इच्छा कृतिकारले व्यक्त गर्नुभएकाले यो पुस्तक शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा प्रकाशन गरिएको हो । यस संस्थामा ‘सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान कक्ष’ खुलेको हुनाले यस पुस्तकको बिक्रीबाट प्राप्त भएको सम्पूर्ण रकम त्यही अनुसन्धान कक्षको सञ्चालनका लागि खर्च गर्ने व्यवस्था मिलाइएको छ । यसबाट उहाँका विषयमा अध्ययन–अनुसन्धान गर्ने शोधार्थीहरू पनि लाभान्वित हुनेछन् ।