Home Blog

द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति समर्पण

0

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ भक्तपुर जिल्लामा अवस्थित ख्वप कलेजमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विपन्न तर जेहेन्दार छात्रा योगिना श्रेष्ठमा समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले योगिना श्रेष्ठलाई छात्रवृत्तिको रकम र प्रमाणपत्र समर्पण गर्नुभयो । उहाँले छात्रवृत्ति पाउनुपर्ने विद्यार्थी छनोट गरिदिएकोमा एबीसीडी खबर अनलाइन पत्रिकाका सम्पादक–प्रकाशक कृष्ण किसीमा आभारपत्र समर्पण पनि गर्नुभयो । यस छात्रवृत्तिको आर्थिक व्यवस्थापन आफ्नी धर्मपत्नी मनका श्रेष्ठको स्मृति र सम्मानमा लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले गर्नुभएको हो ।

भोजपुरको देउरालीमा जन्मनुभएका उहाँ हाल काठमाडौँको पेप्सिकोलामा बस्नुहुन्छ । शारीरिक अस्वस्थताका कारणले उहाँ कार्यक्रममा उपस्थित हुन नसक्नुभएकाले उहाँका तर्फबाट हरि मञ्जुश्रीले छात्रवृत्ति र आभारपत्र समर्पण गर्नुभएको थियो । ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति, २०८३’ प्राप्त गर्नुभएकोमा योगिना श्रेष्ठलाई बधाई छ । छात्रवृत्ति समर्पण समारोह यही २०८३ जेठ ९ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भएको थियो ।

भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति समर्पण

0

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति’ काभ्रेपलाञ्चोक जिल्लाको पातलेखेतमा अवस्थित हनुमान माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विपन्न तर जेहेन्दार विकलाङ्ग छात्रा रेश्मा तामाङमा समर्पण गरेको छ । छात्रवृत्तिका कोष व्यवस्थापक डा. रूपनारायण श्रेष्ठले विद्यार्थीलाई छात्रवृत्तिको रकम र प्रमाणपत्र तथा छात्रवृत्ति पाउनुपर्ने विद्यार्थी छनोट गरी पठाइदिएकोमा विद्यालयलाई आभारपत्र समर्पण गर्नुभएको थियो । उहाँले यस छात्रवृत्तिको आर्थिक व्यवस्थापन आफ्ना मातापिता भूपलक्ष्मी श्रेष्ठ र मुक्तिबहादुर श्रेष्ठको स्मृति र सम्मानमा गर्नुभएको हो । भोजपुरको दिङ्लामा जन्मनुभएका उहाँ हाल काठमाडौँको शङ्खमूलमा बस्नुहुन्छ । उहाँ प्राध्यापन गर्नुहुन्छ र उहाँको कवितासङ्ग्रह पनि प्रकाशित छ । ‘शब्दयात्रा भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति, २०८३’ प्राप्त गर्नुभएकोमा विकलाङ्ग छात्रा रेश्मा तामाङलाई बधाई छ । छात्रवृत्ति समर्पण समारोह यही २०८३ जेठ ९ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भएको थियो ।

दिव्यवती–कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति समर्पण

0

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा दिव्यवती–कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति’ काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूमध्ये आर्थिक रूपमा विपन्न तर पढाइमा अब्बल रहेका कक्षा १ देखि १० सम्मका १० जना विद्यार्थीहरूलाई सम्बन्धित विद्यालयको सिफारिसका आधारमा समर्पण गरेको छ । छात्रवृत्तिका कोष व्यवस्थापक शेखरप्रसाद ढुङ्गानाको समुपस्थितिमा उहाँका छोरा अभय ढुङ्गानाले विद्यार्थीलाई छात्रवृत्तिको रकम र प्रमाणपत्र तथा छात्रवृत्ति पाउनुपर्ने विद्यार्थीहरू छनोट गरी पठाइदिएकोमा विद्यालयलाई आभारपत्र समर्पण गर्नुभएको थियो । छात्रवृत्तिको प्रमाणपत्र वाचन पुण्यवती घलेले गर्नुभएको थियो ।

यस छात्रवृत्तिको आर्थिक व्यवस्थापन काठमाडौँको चाबहिल शान्तिगोरेटो निवासी शिक्षासेवी शेखरप्रसाद ढुङ्गानाले आफ्ना मातापिता दिव्यवती ढुङ्गाना र कान्तुप्रसाद ढुङ्गानाको स्मृति तथा सम्मानमा गर्नुभएको हो । छात्रवृत्ति प्राप्त गर्नेहरूमा करथरी माध्यमिक विद्यालय काभ्रेभन्ज्याङमा अध्ययनरत कक्षा १ का नरेन्द्र परियार, कक्षा २ का कृष्ण मिजार, कक्षा ३ की सुजिता सुनुवार, गणेश माध्यमिक विद्यालय भमरकोटमा अध्ययनरत कक्षा ४ की सभ्यता तिमल्सिना, कक्षा ५ की सुनिसा तिवारी, कक्षा ६ की डोल्मो तामाङ, पुण्य माध्यमिक विद्यालय पनौतीमा अध्ययनरत कक्षा ७ का रोहन विक, कक्षा ८ की प्रनुसा दाहाल, भालचन्द्र माध्यमिक विद्यालय मानेदोभानमा अध्ययनरत कक्षा ९ का रोशन तामाङ र कक्षा १० की लक्ष्मी तामाङ रहेका छन् । छात्रवृत्ति समर्पण समारोह यही २०८३ जेठ ९ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भएको थियो ।

ढुण्डिराज पोखरेलको ‘मञ्जुश्रीयात्रा’ सार्वजनिक

0

कवि एवं आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको लघुकाव्य ‘मञ्जुश्रीयात्रा’ सार्वजनिक गरिएको छ । लेखक तथा पूर्वप्रशासक डा. इन्दुल केसी र शिक्षासेवी देवीप्रसाद ढुङ्गानाले संयुक्त रूपमा यस लघुकाव्यको सार्वजनिकीकरण गर्नुभएको हो । कार्यक्रममा यो लघुकाव्य लेख्नुको उद्देश्य र लघुकाव्यको विशेषताका बारेमा लघुकाव्यकार ढुण्डिराज पोखरेलले जानकारी गराउनुभएको थियो । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा २०८३ जेठ ९ गते शनिबार आयोजना गरिएको थियो । लघुकाव्यमा लेखिए अनुसार शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई यो लघुकाव्य लेखिएको छ ।

‘हरि मञ्जुश्री’ बाट ‘मञ्जुश्री’ र ‘शब्दयात्रा’ बाट ‘यात्रा’ शब्द लिएर लघुकाव्यको नाम ‘मञ्जुश्रीयात्रा’ राखिएको छ । यस लघुकाव्यमा शब्दयात्रा प्रकाशनको स्थापना र विकासमा हरि मञ्जुश्रीको योगदानका बारेमा वर्णन गरिएको छ, उहाँको व्यक्तित्वका अन्य विभिन्न आयामहरूमा चाहिँ सङ्केत मात्र गरिएको छ । कृतिकार शब्दयात्रा प्रकाशनका आजीवन सदस्य हुनुभएकाले र यस संस्थाका गतिविधिलाई नजिकैबाट अवलोकन गर्नुभएकाले यस काव्यको महत्त्व बढेको छ र यो काव्य आधिकारिक पनि बनेको छ । हरि मञ्जुश्रीका विषयमा लेखिएको यो ११ औँ कृति हो भने शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २७५ औँ कृति हो ।

रश्मि हुमागाईंको नयाँ गान सार्वजनिक

0

रश्मि हुमागाईंले गाउनुभएको नयाँ गान अक्षरधाम यु–ट्युब च्यानलबाट आज सार्वजनिक भएको छ । गानको बोल ‘सुन्दरताको बीज छर’ रहेको छ । यो गान पुरुषको स्वरमा हरि मञ्जुश्रीले गाउनुभएको थियो । त्यही गानलाई रश्मि हुमागाईंले पनि गाउनुभएको हो । दुवै गान यु–ट्युब खोली हरि मञ्जुश्री या रश्मि हुमागाईं टाइप गरेर सुन्न र हेर्न सकिन्छ ।

पुरुषको स्वरमा भन्दा महिलाको स्वरमा यो गान बढी प्रभावपूर्ण बनेको छ । हरि मञ्जुश्रीको रचना र सङ्गीतमा उक्त गान तयार भएको हो । मच्छेश्वर सापकोटाको सुपरिवेक्षणमा इ. रोशन मञ्जुश्री अधिकारीको सम्पादन र बालकृष्ण सेवाचार्यको बाद्यसयोजन रहेको उक्त गानलाई साहित्यिक स्रष्टा प्रजापति तिमिल्सिनाले सार्वजनिक गर्नुभएको हो । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा २०८३ जेठ ९ गते शनिबार आयोजना गरिएको थियो ।

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ । ‘हरि मञ्जुश्री’ बाट ‘मञ्जुश्री’ र ‘शब्दयात्रा’ बाट ‘यात्रा’ शब्द लिई दुवैलाई मिलाएर लघुकाव्यको नाम ‘मञ्जुश्रीयात्रा’ राखिएको छ । यस लघुकाव्यमा शब्दयात्रा प्रकाशनको स्थापना र विकासमा हरि मञ्जुश्रीको योगदानका बारेमा वर्णन गरिएको छ, उहाँको व्यक्तित्वका अन्य विभिन्न आयामहरूमा चाहिँ प्रवेश नगरी सङ्केत मात्र गरिएको छ । कृतिकार स्वयं नै शब्दयात्रा प्रकाशनका आजीवन सदस्य हुनुभएकाले र यस संस्थाका गतिविधिलाई नजिकैबाट अवलोकन गर्नुभएकाले यस काव्यको महत्त्व बढेको छ ।

योगिना श्रेष्ठलाई पत्रकारिता छात्रवृत्ति समर्पण गरिने

0

शब्दयात्रा प्रकाशनले भक्तपुरको ख्वप कलेजमा पत्रकारिता विषय लिई स्नातक तह चौथो वर्षमा अध्ययन गरिरहेकी विपन्न तथा जेहेन्दार छात्रा योगिना श्रेष्ठलाई २०८३ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ समर्पण गर्ने भएको छ । लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठ (भोजपुर हाल काठमाडौँ) ले आफ्नी धर्मपत्नी मनका श्रेष्ठको स्मृति र सम्मानमा यस छात्रवृत्तिको कोष व्यवस्थापन गर्नुभएको छ । यो छात्रवृत्ति हरेक वर्ष समर्पण गर्ने गरिन्छ । यो छात्रवृत्ति यही जेठ ९ गते शनिबार दिउँसो १२ः३० बजे शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिने समारोहमा समर्पण गरिनेछ । शब्दयात्रा प्रकाशन छात्रवृत्तिका लागि रकमको व्यवस्था गरिदिनुभएकोमा द्रोणप्रसाद श्रेष्ठप्रति आभार व्यक्त गर्दै छात्रवृत्ति प्राप्त गर्नुभएकोमा योगिना श्रेष्ठप्रति बधाई ज्ञापन गर्दछ ।

प्रा. डा. प्रेमनारायण अर्यालमा होम–तोत्र शिक्षा सम्मान समर्पण गरिने

0

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान’ प्रा. डा. प्रेमनारायण अर्याल (चितवन) मा समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन शिक्षासेवी रमेश पौड्याल (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान समर्पण समारोह आगामी जेठ महिनाको २३ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा प्रा. डा. प्रेमनारायण अर्यालप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।

मतिपुराणमाथि अन्तर्क्रिया

0

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा अग्रज पत्रकार बलदेव थापाद्वारा लिखित हास्यव्यङ्ग्यसङ्ग्रह ‘मतिपुराण’ माथि अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । यही वैशाख २७ गते आइतबार काठमाडौँमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि सुप्रसिद्ध हास्यव्यङ्ग्यकार प्रा. रामकुमार पाँडे हुनुहुन्थ्यो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीद्वारा सञ्चालित उक्त कार्यक्रमको सभापतित्व आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले गर्नुभएको थियो । उक्त कार्यक्रममा ‘मतिपुराण’ का बारेमा डा. इन्दुल केसी, मुरहरि रायमाझी ‘हरि’ र ज्ञानमणि नेपाल ‘कालोटोपी’ ले टिप्पणी गर्नुभएको थियो भने कृतिकार बलदेव थापाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

डा. सरस्वती आचार्यमा अङ्गुरबाबा जोशी शिक्षक सम्मान समर्पण गरिने

0

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान’ रसुवा जिल्लाबाट पहिलोपटक विद्यावारिधि गरेकी गणितज्ञ डा. सरस्वती आचार्य (रसुवा) मा समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन शिक्षासेवी तथा कवयित्री निर्मलाकुमारी यगोल श्रेष्ठ (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान समर्पण समारोह आगामी जेठ महिनाको २३ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा डा. सरस्वती आचार्यप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।