शब्दयात्रा प्रकाशनको आयोजनामा ‘शब्दसाधना प्रस्तुतीकरण कार्यक्रम’ अन्तर्गत आज २०८३ असार २० गते शनिबार साहित्यिक तथा आध्यात्मिक भ्रमण गरियो । त्यस क्रममा काठमाडौँको तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा अवस्थित शान्तिधाममा पुगियो । त्यहाँ आध्यात्मिक गान र कविताहरू प्रस्तुत गरियो । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित केही पुस्तकहरू स्वामी चतुर्भुजाचार्यमा समर्पण गरियो । भ्रमणमा हरि मञ्जुश्री, कृष्णमणि कुइकेल, गीता अधिकारी, डा. इन्दुल केसी, अच्युत अधिकारी,...