शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा गोपाल पराजुली बालसाहित्य पुरस्कार’ बालसाहित्यकार डा. गणेश भट्टराई (इलाम) मा समर्पण गर्ने भएको छ । यस पुरस्कारको कोष व्यवस्थापन आफ्ना पति बालसाहित्यकार गोपाल पराजुलीको स्मृति र सम्मानमा उहाँकी अर्धाङ्गिनी माधवी पराजुली (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । पुरस्कार यही मङ्सिर महिनामा समर्पण गरिनेछ ।


