Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

पाँचजनालाई शब्दयात्रा विद्वतवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालका पाँच विद्वतवृत्ति समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा यही २०८३ कार्तिक २४ गते शनिबार आयोजना गरिएको कार्यक्रममा पाँचजना अनुसन्धातालाई...
HomeActivitiesरास्कोटको शैक्षिक वृत्तान्त तथा व्यक्तित्व सार्वजनिक

रास्कोटको शैक्षिक वृत्तान्त तथा व्यक्तित्व सार्वजनिक

विष्णुप्रसाद आचार्यद्वारा लिखित तथा नगेन्द्रप्रसाद आचार्यद्वारा सम्पादित ‘रास्कोटको शैक्षिक वृत्तान्त तथा व्यक्तित्व’ पुस्तक सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनद्वारा आफ्नै सभाकक्षमा यही २०८३ कार्तिक १४ गते शनिबार आयोजना गरिएको कार्यक्रममा पुस्तकका सम्पादक नगेन्द्रप्रसाद आचार्य र समाजसेवी तथा लेखक सकुल थापाले संयुक्त रूपमा यस पुस्तकको सार्वजनिकीकरण गर्नुभएको हो ।

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित यो २८८ औँ कृति हो । यसमा कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त छ । दुई भागमा विभक्त यस पुस्तकको पहिलो भागमा रास्कोटका ७५ जना शिक्षासेवीहरूको परिचयात्मक विवरण उल्लेख गरिएको छ भने दोस्रो भागमा रास्कोटमा सञ्चालित विद्यालयहरूमा कार्यरत शिक्षकहरू तथा स्थापनाकालदेखि पुस्तक लेखिँदाको समयसम्मका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरूका बारेमा जानकारी गराइएको छ । यसरी यो पुस्तक रास्कोटको शिक्षाक्षेत्रको विगत र वर्तमानको जानकारी दिलाउन त्यहाँको शैक्षिक गतिविधिका विषयमा अध्ययन गर्न चाहने अध्येताहरूलाई राम्रो सन्दर्भ–सामग्री हुने गरी तयार पारिएको छ ।