Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

पाँचजनालाई शब्दयात्रा विद्वतवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालका पाँच विद्वतवृत्ति समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा यही २०८३ कार्तिक २४ गते शनिबार आयोजना गरिएको कार्यक्रममा पाँचजना अनुसन्धातालाई...
HomeActivitiesपाँचजनालाई शब्दयात्रा विद्वतवृत्ति समर्पण

पाँचजनालाई शब्दयात्रा विद्वतवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालका पाँच विद्वतवृत्ति समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा यही २०८३ कार्तिक २४ गते शनिबार आयोजना गरिएको कार्यक्रममा पाँचजना अनुसन्धातालाई टीका, रुद्राक्षमाला, पुष्पमाला, उपहार र रकमसहित विद्वतवृत्तिको प्रमाणपत्र समर्पण गरिएको हो ।

काभ्रेपलाञ्चोक जिल्लासँग सम्बन्धित रहेर शब्दयात्रा प्रकाशनले तोकेको विषयमा प्रकाशनयोग्य सामग्री तयार पार्ने अनुसन्धातालाई हरेक वर्ष प्रदान गर्ने गरी बनेपा घर भई हाल अमेरिका बस्ने विदुर विष्टले आफ्ना दिदी–भिनाजुको स्मृतिमा आर्थिक व्यवस्थापन गरेर शब्दयात्रा प्रकाशनमा स्थापना गरिएको ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ २०८३ सालका लागि शब्दयात्रा प्रकाशनको लघु–अनुसन्धान परियोजना अन्तर्गत शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानसँग सम्बन्धित परिचयात्मक पुस्तक तयार पार्नुभएकोमा डा. इन्दुल केसीमा समर्पण गरिएको हो ।

नेवाः सभ्यता, संस्कृति र परम्पराका विषयमा अध्ययन–अनुसन्धान गरी प्रकाशनयोग्य सामग्री तयार पार्ने अनुसन्धातालाई शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष प्रदान गर्ने गरी साहित्यकार तथा लेखाविज्ञ लोकमान मास्केको आर्थिक व्यवस्थापनमा शब्दयात्रा प्रकाशनमा स्थापना गरिएको ‘शब्दयात्रा प्रतापमान–झरना मास्के नेवाः सभ्यता अनुसन्धान विद्वतवृत्ति’ २०८३ सालका लागि शब्दयात्रा प्रकाशनको लघु–अनुसन्धान परियोजना अन्तर्गत मल्लकालीन नेवाः सभ्यताका विषयमा अनुसन्धान गरी प्रकाशनयोग्य पाठ्यसामग्री तयार पार्नका लागि स्वयम्भू शाक्यमा समर्पण गरिएको हो ।

भोजपुर जिल्लाको शैक्षिक इतिहासका विषयमा अनुसन्धान गर्ने अनुसन्धातालाई शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष प्रदान गर्ने गरी भोजपुर जिल्लाका शैक्षिक तपस्वी प्रा. केदारनाथ श्रेष्ठको आर्थिक व्यवस्थापनमा शब्दयात्रा प्रकाशनमा स्थापना गरिएको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति’ २०८३ सालका लागि शब्दयात्रा प्रकाशनको लघु–अनुसन्धान परियोजना अन्तर्गत भोजपुर दिङ्लामा अवस्थित अरुण माध्यमिक विद्यालयको इतिहास र त्यससँग सम्बन्धित विवरणसहित प्रकाशनयोग्य अनुसन्धानात्मक सामग्री तयार पार्नका लागि सुदीप अधिकारीमा समर्पण गरिएको हो ।

साहित्य, साझा–सहकारी, रेडक्रस, महिला सशक्तीकरण, ज्येष्ठ नागरिक सेवा, मानव–अधिकार आदि क्षेत्रमा नेपाली महिलाहरूले गरेका योगदानका विषयमा अनुसन्धान गर्ने अनुसन्धातालाई शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष प्रदान गर्ने गरी सावित्री जङ्गम थापाको आर्थिक व्यवस्थापनमा शब्दयात्रा प्रकाशनमा स्थापना गरिएको ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ २०८३ सालका लागि शब्दयात्रा प्रकाशनको लघु–अनुसन्धान परियोजना अन्तर्गत नेपालको प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका विषयमा पाठ्यसामग्री तयार पार्न निर्मला श्रेष्ठमा समर्पण गरिएको हो ।

काभ्रेपलाञ्चोक जिल्लाका प्रतिभा सुभाष खड्का र उहाँको स्मृतिमा स्थापित संस्था सुभाष स्मृति प्रतिष्ठानसँग सम्बन्धित विषयमा प्रकाशनयोग्य सामग्री तयार पार्ने अनुसन्धातालाई शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष प्रदान गर्ने गरी सुभाष स्मृति प्रतिष्ठानको आर्थिक व्यवस्थापनमा शब्दयात्रा प्रकाशनमा स्थापना गरिएको ‘शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति’ २०८३ सालका लागि शब्दयात्रा प्रकाशनको लघु–अनुसन्धान परियोजना अन्तर्गत सुभाष स्मृति प्रतिष्ठानको पच्चीस वर्षका गतिविधिहरू समेटिएको पुस्तक तयार पार्नका लागि नवराज दाहाल ‘उत्साही’ मा समर्पण गरिएको हो ।

डा. इन्दुल केसी, स्वयम्भू शाक्य र सुदीप अधिकारीलाई लोकमान मास्केले र निर्मला श्रेष्ठ र नवराज दाहाल ‘उत्साही’ लाई चन्द्रबहादुर खड्काले विद्वतवृत्ति समर्पण गर्नुभएको हो ।