Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

गीता अधिकारीले झोला पनि दिनुभो

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य गीता अधिकारीले शब्दयात्रा प्रकाशनका लागि संस्थाको नाम, विशेषता र प्रतीकचिह्न अङ्कित ठूलो आकारका एक सय तीस थान झोलाहरू उपलब्ध गराउनुभएको...
HomeActivitiesगीता अधिकारीले झोला पनि दिनुभो

गीता अधिकारीले झोला पनि दिनुभो

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य गीता अधिकारीले शब्दयात्रा प्रकाशनका लागि संस्थाको नाम, विशेषता र प्रतीकचिह्न अङ्कित ठूलो आकारका एक सय तीस थान झोलाहरू उपलब्ध गराउनुभएको छ । उहाँले शब्दयात्रा प्रकाशनको स्थापना भएपछि आफ्नो घरको भुइँतला दुई वर्षसम्म निःशुल्क भोग गर्न दिनुभएको थियो, शब्दयात्रा प्रकाशन पुस्तकालय खोल्नका लागि पहिलोपल्ट आफ्ना तर्फबाट पाँच हजार थान पुस्तक–पत्रिका उपलब्ध गराउनुभएको थियो भने अक्षरसेवी सहयोग कोषको प्रारम्भ पनि उहाँबाटै भएको थियो ।

‘शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान’ र ‘शब्दयात्रा दुर्गाप्रसाद–युगला अधिकारी आध्यात्मिक लेखक सम्मान’ को कोष व्यवस्थापन पनि उहाँले नै गरिरहनुभएको छ । उहाँले ‘शब्दयात्रा प्रकाशनका चौध वर्ष’ पुस्तकको सम्पादन गरेर शब्दयात्रा प्रकाशनको आधिकारिक अभिलेख राखिदिनुभएको छ । सम्मान, पुरस्कार, विद्वतवृत्ति, छात्रवृत्ति र कदरपत्र समर्पण गरिएका महानुभावहरूलाई सम्मान सामग्री राख्नका लागि संस्थाकै नाउँको झोला उपयुक्त लागेर अहिले उहाँले नै त्यस्ता झोलाहरू उपलब्ध गराउनुभएको हो । यस सहयोगका लागि शब्दयात्रा प्रकाशनका तर्फबाट उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु ।