Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८९. नेपालका चूडामणि भरत जङ्गम

भरत जङ्गमको व्यक्तित्व, कृतित्व र योगदानलाई केन्द्र बनाई उहाँको हीरक महोत्सवमा हरि मञ्जुश्रीको सम्पादनमा भरत जङ्गमको दोस्रो अभिनन्दनग्रन्थका रूपमा ‘नवीन दर्शनका दार्शनिक’ प्रकाशन गरिएको...
Homepublications२८९. नेपालका चूडामणि भरत जङ्गम

२८९. नेपालका चूडामणि भरत जङ्गम

भरत जङ्गमको व्यक्तित्व, कृतित्व र योगदानलाई केन्द्र बनाई उहाँको हीरक महोत्सवमा हरि मञ्जुश्रीको सम्पादनमा भरत जङ्गमको दोस्रो अभिनन्दनग्रन्थका रूपमा ‘नवीन दर्शनका दार्शनिक’ प्रकाशन गरिएको थियो । त्यस ग्रन्थभित्र प्रकाशित ६५ वटा लेख–संस्मरणका आधारमा चूडाप्रसाद चौलागाईंले तिनै लेखहरूमा भएका विषयभित्र रहेर लेख्नुभएको प्रस्तुत पुस्तक ‘नेपालका चूडामणि भरत जङ्गम’ नेपाली वाङ्मयले प्राप्त गरेको अर्को प्राप्ति हो । यसअघि यस्तै प्रकृतिका दुई पुस्तक पदम दाहाल र प्रजापति तिमिल्सिनाबाट आइसकेका छन् । यस पुस्तकले उहाँहरूकै समीक्षात्मक र अनुभूतिजन्य पदपथ पछ्याएको छ, तर पौराणिक पात्र र घटनासँग वर्तमानलाई समायोजन गराइएको हुँदा यसले केही मौलिक आकार पनि ग्रहण गरेको छ । त्यसैले यस पुस्तकको छुट्टै महत्त्व छ ।