यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन् । पहिलो — सनातन वैदिक धर्मसँग सम्बन्धित पुरातात्त्विक तथा ऐतिहासिक वस्तुहरू विश्वका कुन–कुन देशका कुन–कुन ठाउँमा भेटिए भन्ने कुराको जानकारी त्यस वस्तुको तस्बिरसहित दिइएको छ । दोस्रो — यो विषय यसले पत्ता लगाएको भनेर हालसम्म लेखिँदै र पढाइँदै आएका कतिपय विषयहरू तिनको सट्टा अर्कैले पत्ता लगाएको रहेछ भन्ने कुराको तथ्य प्रमाणसहित प्रस्तुत गरिएको छ। तेस्रो — अचेल अन्य धर्मावलम्बी बनेका कतिपय देशहरू पहिले सनातन वैदिक धर्मावलम्बी थिए भन्ने कुराको प्रमाण प्रस्तुत गरिएको छ । यस पुस्तकमा हरि मञ्जुश्रीको फेसबुकमा २०२१ जून १७ देखि २०२६ सेप्टेम्बर २ भित्र राखिएका रोचक र तथ्यपरक २४० वटा विषय रहेका छन् । यस पुस्तकले बौद्धिक वर्गलाई यस पुस्तकभित्रका हरेक पक्षमा सोच्न, प्रश्न गर्न र अन्वेषण गर्न बाध्य बनाएको छ ।


