हार्दिक बधाई
सिन्धुली प्रतिभा पुरस्कारका लागि नाउँ पठाइदिन अनुरोध
‘कन्याकुमारी’ महाकाव्य छापिने
पुस्तक उपहार
जीवनचन्द्र कोइरालाको नाउँमा पुरस्कार
शब्दयात्रा प्रकाशनद्वारा सम्मानित ग्रन्थसम्पादक जीवनचन्द्र कोइरालाको स्मृतिमा उहाँको जन्मजिल्ला सिन्धुलीका प्रतिभाशाली व्यक्तिलाई उहाँको नाउँबाट हरेक वर्ष पुरस्कृत गर्नका लागि शब्दयात्रा प्रकाशनमा अक्षयकोष राखिने भएको छ । यस विषयमा हरि मञ्जुश्रीले उहाँकी अर्धाङ्गिनी मनिका शर्माका साथै समालोचक डा. कुलप्रसाद कोइरालासँग कुरा गर्नुभयो । उहाँहरूले पुरस्कार यसै वर्षदेखि समर्पण गर्न र अक्षयकोषको व्यवस्था गर्न स्वीकृति दिनुभयो । हरि मञ्जुश्रीले यस वर्षका लागि पुरस्कार, अभिवन्दनापत्र र शब्दयात्रा पट्टका लागि आवश्यक रकम आफ्ना तर्फबाट उपलब्ध गराउने र पुरस्कारको अक्षयकोषका लागि प्रारम्भमा पन्ध्र हजार रुपियाँ पनि राखिदिने हुनुभयो । त्यसपछि निबन्धकार माधव काफ्लेले अक्षयकोषमा राख्न आफ्ना तर्फबाट दस हजार रुपियाँ दिनुभयो । अब जीवनचन्द्र कोइरालाको नाउँमा अक्षयकोष खडा भएर उहाँको नाउँबाट हरेक वर्ष सिन्धुलीका प्रतिभाशाली व्यक्तिलाई पुरस्कृत गरिने भएको छ ।
तीन महिनामा बाह्र पुस्तक
२०७९ सालको पहिलो तीन महिना वैशाख, जेठ र असारभित्र शब्दयात्रा प्रकाशनबाट बाह्रवटा पुस्तक छापिएछन् — (१) श्रीकृष्ण रहस्य, (२) कथा र कविता, (३) सङ्घर्ष र जीवन, (४) गाईजात्रा, (५) अठोट, (६) जिन्दगीका डोबहरू, (७) जून मामा, (८) धृतराष्ट्रको शुभकामना, (९) मनमा नअटेका कुरा, (१०) राधाचरणामृत, (११) समयको अन्तराल, (१२) अमरज्योति ।
शब्दयात्रा प्रकाशनबाट ‘अमरज्योति’ खण्डकाव्य
बाँकी तीन सम्मानको निर्णय
शब्दयात्रा प्रकाशनबाट २०७९ सालको पहिलो चरणमा समर्पण गरिने १० विधाका सम्मानमध्ये बाँकी रहेका ३ वटा सम्मानका लागि पनि सम्मान्य व्यक्तित्व चयन समितिले नाम उपलब्ध गराएको छ । त्यसअनुसार सामाजिक जागरण सम्मान समाजसेवी श्रीमती दुर्गा घिमिरे (रामेछाप) लाई, आयुर्वेद सम्मान विश्वनाथ कर्माचार्य (काभ्रेपलान्चोक) लाई र दानशीलता सम्मान श्रीमती देवीमाया खड्का (खोटाङ) लाई समर्पण गरिने भएको छ । यी सम्मानहरूको आर्थिक व्यवस्थापन आनन्दराज श्रेष्ठ, कालु वैद्य परिवार र बेलप्रसाद श्रेष्ठले गर्नुभएको छ । यसअघि ७ जनाको नाउँ घोषणा भइसकेको छ ।

