Home Blog Page 75

१७३. कथा र कविता

कृतिकार माधवप्रसाद चापागाईंले प्रस्तुत पुस्तक ‘कथा र कविता’ (कथा र कविताको सङ्ग्रह) लाई दुई खण्डमा बाँडेर पहिलो खण्डमा तीनवटा लामा आकारका कथा र दोस्रो खण्डमा छब्बीसवटा केही मध्यम र केही छोटा आकारका कविता राख्नुभएको छ । सामाजिक विकृति र विसङ्गति, पुरातन सोचमा बाँधिएको लोकजीवन, ग्रामीण परिवेश, नयाँ र पुरानो पुस्ताबीचको फरक मनोविज्ञान र त्यसले निम्त्याएको द्वन्द्व, आध्यात्मिकताका कारण प्राप्त हुने शान्ति, राजनीतिले उब्जाएको सङ्कट, नारी र पुरुषबीचको प्रेम, कमजोर वर्गले सबल वर्गबाट भोग्नुपरेको शोषण आदिको चित्रण यसभित्रका कथा र कविताहरूले गरेका छन् ।

१७२. श्रीकृष्ण रहस्य

हिन्दू धर्मावलम्बीहरूलाई श्रीकृष्णप्रणामी सम्प्रदायका विषयमा केही न केही जानकारी छ । थोरै जानकारी पाउनु र विस्तृत रूपमा जानकारी पाउनुमा धेरै फरक हुन्छ । श्रीकृष्णका विषयमा र श्रीकृष्णप्रणामी सम्प्रदायका विषयमा जान्न चासो राख्नेहरूको सङ्ख्या बढिरहेको छ । आधिकारिक जानकारी पाउन धेरै पाठकहरू लालायित छन् । यस्तो अवस्थामा ‘श्रीकृष्ण रहस्य’ जस्तो पुस्तक पाठकले प्राप्त गर्न सक्नु ठूलो कुरो हो । यस पुस्तकमा यसका लेखक प्रेमदास उपाध्याय घिमिरेले श्रीकृष्णको महिमा र श्रीकृष्णप्रणामी सम्प्रदायको चिनारी गराउने पाठ्यसामग्री विस्तृत रूपमा उल्लेख गर्नुभएको छ । यसको सम्पादन पनि त्यसैअनुसार गरिएको छ । लेखकले लेखेको विषयवस्तु अनुसार नै यसको सम्पादन पनि गरिएको हुनाले यो पुस्तक पठनीय र सङ्ग्रहणीय बनेको छ । यस पुस्तकको प्रकाशन गर्ने सौभाग्य प्राप्त गरेर शब्दयात्रा प्रकाशन पनि गौरवान्वित बनेको छ ।

१७१. आनन्द

१७१. आनन्द

‘आनन्द’ (दृश्य र अनुभूति) नियात्राकार पोष चापागाईंको उत्तम नियात्राशैली र विशिष्ट सज्जासंयोजनको अर्को नमुना हो । शीर्षक, उपशीर्षक, भाषिक प्रयोग, शैली, वाक्यगठन आदिमा विशिष्ट मौलिकता रहेको यस कृतिले नियात्राकारको सुन्दर साहित्यिक शिल्पसँग पाठकको परिचय गराएको छ । विभिन्न पुराण, संहिता र उपनिषद्का आधारमा शिवमहिमाको, देवीदेवताका क्रियाकलापको, रुद्राक्ष र ॐको, पर्वतपुत्री पार्वतीको रूपको र प्राकृतिक सौन्दर्यको वर्णन गरिएको यस कृतिले विभिन्न कथाहरू भन्दै पाठकलाई बाह्यलोक र अन्तर्लोक दुवैमा घुमाउँछ । यस आधारमा भन्नुपर्दा आध्यात्मिक चिन्तनलाई सरस रूपबाट प्रस्तुत गरी नेपाली नियात्रासाहित्यमा नवीन विषय प्रस्तुत गरेको यस कृतिले आफूलाई नियात्रासाहित्यको कैलाश पर्वत र मानसरोवर देखाउने प्रयत्न गरेको छ भन्न सकिन्छ ।

आयो १५ हजार रुपियाँ

0

शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष प्रदान गर्न लागिएको ‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ को अक्षयकोषका लागि लघुवित्तविज्ञ श्री जलनकुमार शर्माले १५ हजार रुपियाँ पठाउनुभएको छ । शब्दयात्रा प्रकाशन परिवार उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।

‘अमरज्योति’ र ‘प्रिय चरी’ सार्वजनिक

0

शब्दयात्रा प्रकाशनले आज २०७९ साल साउन ६ गते शुक्रबार ‘अमरज्योति’ र ‘प्रिय चरी’ नामक दुई खण्डकाव्य सार्वजनिक गराएको छ । ‘अमरज्योति’ लाई मच्छेश्वर सापकोटा, चूडाप्रसाद चौलागाईं र यज्ञप्रसाद त्रिपाठीले तथा ‘प्रिय चरी’ लाई रामप्रसाद अधिकारी, माधवप्रसाद आचार्य र नवराज तिमल्सिनाले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो । दुवै खण्डकाव्य डा. गोपाल पौड्याल ‘मन्डने’ ले लेख्नुभएको हो । ‘अमरज्योति’ शब्दयात्रा प्रकाशनबाट र ‘प्रिय चरी’ नेपाली साहित्य विकास परिषद् यूकेबाट प्रकाशन गरिएका हुन् । कार्यक्रममा ‘अमरज्योति’ माथि शिव बन्जाराले र ‘प्रिय चरी’ माथि शारदाप्रसाद शर्माले टिप्पणी गर्नुभएको थियो भने सङ्गीता केसीले कृतिकारको चिनारी गराउनुभएको थियो । शकुन्तला बन्जाराले समुद्घाटन, केदारनाथ तिमल्सिनाले स्वस्तिवाचन, सहदीप पलान्चोकेले स्वागत भाषण र साधुराम गिरीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पदम दाहाल, भवानी पाण्डे, शारदा घिमिरे भैल र कालिका त्रिपाठी पन्तले आआफ्ना कविता वाचन गर्नुभएको थियो । प्रकृति प्याकुरेलले फेसबुकबाट सो कार्यक्रम लाइभ प्रसारण गराउनुभएको थियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र बेली परियारको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको विसर्जन सीताराम बडालले गर्नुभएको थियो । 

नीतेश कोइरालाप्रति आभार !

0
‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ को अक्षयकोषका लागि इन्जिनियर नीतेश कोइरालाले पाँच हजार रुपियाँ पठाउनुभएको छ । उहाँको यस सहयोगका लागि शब्दयात्रा प्रकाशन परिवारका तर्फबाट म उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

पुस्तकसङ्ख्या १ सय ८४

0

व्यवस्थापनविद् प्रा. सुवास केसीले अङ्ग्रेजी भाषामा लेख्नुभएको पुस्तक Impressions and Expressions शब्दयात्रा प्रकाशनबाट प्रकाशन हुन लागेको छ । योसमेत शब्दयात्रा प्रकाशनको प्रकाशकत्व रहेका पुस्तकको सङ्ख्या १ सय ८४ पुगेको छ ।

दस हजार रुपियाँ प्राप्त

0

‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ को अक्षयकोषका लागि समालोचक प्रा. डा. कुलप्रसाद कोइरालाले १० हजार रुपियाँ पठाउनुभएको छ । शब्दयात्रा प्रकाशन उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।

सम्मान समर्पण गरिने व्यक्तित्वको सूची

0
शब्दयात्रा प्रकाशनबाट २०७९ सालको प्रथम चरणमा सम्मान समर्पण गरिने व्यक्तित्वको सूची यस्तो छ — १. राष्ट्रझङ्कार सम्मान — डा. शास्त्रदत्त पन्त (बागलुङ), २. शिक्षा सम्मान — डा. उत्तमकृष्ण कर्माचार्य (भक्तपुर), ३. सामाजिक जागरण सम्मान — दुर्गा घिमिरे (रामेछाप), ४. विज्ञान–प्रविधि सम्मान — प्रदीप उपाध्याय (बारा), ५. शिक्षक सम्मान — प्रा. केदारनाथ श्रेष्ठ (भोजपुर), ६. आयुर्वेद सम्मान — विश्वनाथ कर्माचार्य (काभ्रेपलान्चोक), ७. प्रशासनिक महिला प्रतिभा सम्मान — लक्ष्मी खतिवडा हुमागाईं (इलाम), ८. स्तम्भकार सम्मान — चन्द्रमणि गौतम (सुनसरी), ९. नन्दिकेश्वर अधिकारी शोध सम्मान — शारदाप्रसाद शर्मा (काभ्रेपलान्चोक), १०. दानशीलता सम्मान — देवीमाया खड्का (खोटाङ) ।

‘मध्यदीप’ को ‘शब्दयात्रा प्रकाशन विशेषाङ्क’

0
शब्दयात्रा प्रकाशनका आजीवन सदस्य प्रदीप केसीले उहाँको सम्पादन–प्रकाशनमा प्रकाशित ‘मध्यदीप मासिक’ लाई ‘हरि मञ्जुश्री तथा शब्दयात्रा प्रकाशन विशेषाङ्क’ का रूपमा प्रकाशित गर्नुभएको छ । यस सौजन्यका लागि आजीवन सदस्य प्रदीप केसीप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।