Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesबाँकी तीन सम्मानको निर्णय

बाँकी तीन सम्मानको निर्णय

शब्दयात्रा प्रकाशनबाट २०७९ सालको पहिलो चरणमा समर्पण गरिने १० विधाका सम्मानमध्ये बाँकी रहेका ३ वटा सम्मानका लागि पनि सम्मान्य व्यक्तित्व चयन समितिले नाम उपलब्ध गराएको छ । त्यसअनुसार सामाजिक जागरण सम्मान समाजसेवी श्रीमती दुर्गा घिमिरे (रामेछाप) लाई, आयुर्वेद सम्मान विश्वनाथ कर्माचार्य (काभ्रेपलान्चोक) लाई र दानशीलता सम्मान श्रीमती देवीमाया खड्का (खोटाङ) लाई समर्पण गरिने भएको छ । यी सम्मानहरूको आर्थिक व्यवस्थापन आनन्दराज श्रेष्ठ, कालु वैद्य परिवार र बेलप्रसाद श्रेष्ठले गर्नुभएको छ । यसअघि ७ जनाको नाउँ घोषणा भइसकेको छ ।