शब्दयात्रा प्रकाशनले आगामी असोज महिनामा १५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला रहेको ‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ समर्पण गर्नेछ । ग्रन्थसम्पादक जीवनचन्द्र कोइरालाको जन्ममिति २०१७ साल असार १६ गतेभन्दा पछि सिन्धुली जिल्लामा जन्मेर नेपाली वाङ्मयको कुनै पनि विधाबाट राष्ट्रिय स्तरको योगदान गर्ने व्यक्तिलाई यो पुरस्कार प्रदान गरिनेछ । सबै वाङ्मयसेवीको विवरण शब्दयात्रा प्रकाशनमा नहुन सक्छ । तसर्थ सत्पात्रलाई पुरस्कृत गर्न सकियोस् भन्ने उद्देश्यले उपयुक्त वाङ्मयसेवीको नाउँ र योगदानको विवरण [email protected] मा यही साउन १५ गतेभित्र उपलब्ध गराइदिन सबैमा हार्दिक अनुरोध छ ।