Home Blog Page 56

२१३. कथाकुथुङ्ग्री

रामकुमार पाँडेको ‘कथाकुथुङ्ग्री’ नामक कथासङ्ग्रहमा ६३ वटा छोटा कथाहरू सङ्कलित छन् । यसभित्रका अधिकांश कथाहरू विशेषतः किशोर वयका विद्यार्थीका लागि उपयुक्त छन् र त्यसभन्दा बढी उमेरका पाठकलाई पनि उपयोगी छन् । हरेक कथा सन्देशमूलक छन् । जीवन–जगत् र मानवीय चरित्रलाई बुझाउन सहयोगी छन् । मानवमा सच्चरित्रता, नैतिकता, कर्तव्यपरायणता, उदारता, आत्मिकता र आध्यात्मिकताका भावहरू जगाउन र बढाउन यी कथाहरूले मनोवैज्ञानिक भूमिका खेल्छन् । त्यसैले यी कथाहरू नेपालीभाषी हरेक पाठकका लागि उपयोगी छन् ।

षडानन्द संस्कृत गुरुकुलमलाई सम्मान गरिने

0

शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा होमतोत्र शिक्षा सम्मान नेपालकै पहिलो सामुदायिक शिक्षालयका संस्थापक आबाल ब्रह्मचारी षडानन्द अधिकारीको स्मृति र सम्मानस्वरूप उहाँको नाउँबाट उहाँकै जन्मभूमि तथा कर्मभूमिमा संस्थापित र सञ्चालित षडानन्द संस्कृत गुरुकुलम् (दिङला, भोजपुर) मा समर्पण गर्ने भएको छ । वटुकहरूमा आध्यात्मिक चेतना, आत्मानुशासन, नैतिक चरित्र, कर्तव्यपरायणता र मानवीय भावनाको शिक्षा दिन सफल भएकोमा उक्त गुरुकुललाई सम्मान गर्ने निर्णय गरिएको हो । शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष समर्पण गरिने यस सम्मानको आर्थिक व्यवस्थापन रमेश पौड्यालले गर्नुभएको हो । शारदा घिमिरे भैल संयोजक तथा गीता अधिकारी र कालिका त्रिपाठी पन्त सदस्य रहने गरी शब्दयात्रा प्रकाशनले गठन गरेको सम्मान्य व्यक्तित्व चयन समितिले षडानन्द संस्कृत गुरुकुलमलाई सम्मान गर्ने निर्णय गरेको हो । यो सम्मान ग्रहण गर्न स्वीकृति दिएकोमा षडानन्द संस्कृत गुरुकुलमप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।

वैशाखमा पाँच पुस्तक छापिए

0

शब्दयात्रा प्रकाशनबाट २०८० सालको वैशाख महिनामा ५ वटा पुस्तक छापिएका छन् — (१) चौध भुवन (कथासङ्ग्रह) — सपूत कार्की, (२) एक दिन (बालगीतिनाटक) — वेदकुमारी न्यौपाने, (३) साथीको माया (बालएकाङ्कीसङ्ग्रह) — वेदकुमारी न्यौपाने, (४) ठुले (लघुकाव्य) — डा. गोपाल पौड्याल ‘मन्डने’, (५) कुसुमाक्षर (कवितासङ्ग्रह) — गायत्रीकुमार चापागाईं ।

२१२. कुसुमाक्षर

गायत्रीकुमार चापागाईंद्वारा लिखित ‘कुसुमाक्षर’ नामक छन्दोबद्ध कवितासङ्ग्रहमा जम्मा ६२ वटा कविता सङ्कलन गरिएको छ । विविध शास्त्रीय छन्द र लयमा लेखिएका यसभित्रका कविताहरूमा जन्मस्थल र राष्ट्रप्रतिको श्रद्धा, नेपालको प्रकृति, संस्कृति, समाज, जाति, सभ्यता र लोकजीवन व्यक्त गर्नुका साथै समानता र स्वतन्त्रताका स्वरहरूलाई पनि कलात्मक बान्की दिएर प्रस्तुत गरिएको छ । कुनै–कुनै कवितामा समाजमा रहेका विकृति र विसङ्गतिप्रति व्यङ्ग्य प्रहार पनि गरिएको छ । यस सङ्ग्रहभित्र १९ वटा नयाँ र ३१ वटा प्रचलित छन्दहरू गरी जम्मा ५० वटा शास्त्रीय छन्दको प्रयोग गरिएको छ । छोटो संरचनाका कविताको बाहुल्य रहेको यो सङ्ग्रह विभिन्न अलङ्कारहरूद्वारा सुसज्जित छ । नेपाली साहित्यको कविता विधाले प्राप्त गरेको यो बहुमूल्य उपहार हो ।

बमकुमारी बुढामगरलाई सम्मान गरिने

0

शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान बमकुमारी बुढामगर (रोल्पा) मा समर्पण गर्ने भएको छ । सामाजिक अभियन्ताका रूपमा आजीवन सक्रिय रही आदिवासी समुदायमा चेतना विस्तार, समग्र नेपाली जनताको उत्थान र प्रगति, मानव–अधिकार, महिला सशक्तीकरण, लोकसंस्कृतिको संरक्षण, लेखन–प्रकाशन, नृवंशविज्ञानसँग सम्बन्धित सङ्ग्रहालय जस्ता कार्यबाट सामाजिक जागरणका क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा उहाँमा उक्त सम्मान समर्पण गर्ने निर्णय गरिएको हो । यो सम्मान शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष समर्पण गरिन्छ । शारदा घिमिरे भैल संयोजक तथा गीता अधिकारी र कालिका त्रिपाठी पन्त सदस्य रहने गरी शब्दयात्रा प्रकाशनले गठन गरेको सम्मान्य व्यक्तित्व चयन समितिले यसको निर्णय गरेको हो । यस सम्मानको आर्थिक व्यवस्थापन आनन्दराज श्रेष्ठले गर्नुभएको छ । यो सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा बमकुमारी बुढामगरप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।

डा. पन्ना थापालाई सम्मान गरिने

0

शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान प्रा. डा. पन्ना थापा (डोल्पा) मा समर्पण गर्ने भएको छ । लामो समयसम्म फार्मेसी विषयमा अध्यापन र औषधि सम्बन्धी अनुसन्धान गर्नुका साथै औषधि उत्पादन र वितरण, प्रविधि विकास र हस्तान्तरण, गुणस्तरको प्रत्याभूति र गुणस्तर नियन्त्रण जस्ता विषयहरू समेटिएका अनुसन्धानात्मक लेखहरू विभिन्न जर्नलहरूमा प्रकाशन गराउनुभएकोमा उहाँमा उक्त सम्मान समर्पण गर्ने निर्णय गरिएको हो । यो सम्मान शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष समर्पण गरिन्छ । शारदा घिमिरे भैल संयोजक तथा गीता अधिकारी र कालिका त्रिपाठी पन्त सदस्य रहने गरी शब्दयात्रा प्रकाशनले गठन गरेको सम्मान्य व्यक्तित्व चयन समितिले यसको निर्णय गरेको हो । यस सम्मानको आर्थिक व्यवस्थापन रामकृष्ण श्रेष्ठ प्रतिष्ठानले गरेको हो । यो सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा प्रा. डा. पन्ना थापाप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।

वेदकुमारी न्यौपानेलाई सम्मान गरिने

0

शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान वेदकुमारी न्यौपाने (गोरखा) मा समर्पण गर्ने भएको छ । लामो समयसम्म नेपाल सरकारको प्रशासनिक सेवामा संलग्न रही विभिन्न जिल्लाहरूमा कार्यरत रहेर पनि विविध विधामा सिर्जित आफ्ना डेढ दर्जन साहित्यिक कृति नेपाली वाङ्मयलाई उपहार दिनुभएकोमा उहाँमा उक्त सम्मान समर्पण गर्ने निर्णय गरिएको हो । यो सम्मान शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष समर्पण गरिन्छ । शारदा घिमिरे भैल संयोजक तथा गीता अधिकारी र कालिका त्रिपाठी पन्त सदस्य रहने गरी शब्दयात्रा प्रकाशनले गठन गरेको सम्मान्य व्यक्तित्व चयन समितिले यसको निर्णय गरेको हो । यस सम्मानको आर्थिक व्यवस्थापन गायिका तथा पूर्वसचिव उर्मिला श्रेष्ठ भोजपुरेले गर्नुभएको हो । यो सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा वेदकुमारी न्यौपानेप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।

मोहनमणि दाहाल आजीवन सदस्य

0

लेखक तथा पूर्वन्यायाधीश मोहनमणि दाहालले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । सङ्खुवासभाको मादीमा जन्म भएर हाल भक्तपुरको बालकोटमा बसोवास गर्नुभएका मोहनमणि दाहालले जनआस्था साप्ताहिकमा विभिन्न लेखहरू लेख्नुभएको थियो । तीमध्ये केही लेखहरूको सङ्ग्रहका रूपमा शब्दयात्रा प्रकाशनबाट उहाँको पुस्तक ‘विगतमाथि आलेख’ (संस्मरणात्मक लेखसङ्ग्रह) प्रकाशन गरिएको थियो । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएकोमा उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

डा. श्याम भट्टराईलाई सम्मान गरिने

0
शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान डा. श्याम भट्टराई (सर्लाही) मा समर्पण गर्ने भएको छ । यो सम्मान शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष समर्पण गरिन्छ । शारदा घिमिरे भैल संयोजक तथा गीता अधिकारी र कालिका त्रिपाठी पन्त सदस्य रहने गरी शब्दयात्रा प्रकाशनले गठन गरेको सम्मान्य व्यक्तित्व चयन समितिले यसको निर्णय गरेको हो । यस सम्मानको आर्थिक व्यवस्थापन लेखिका गीता अधिकारीले गर्नुभएको हो । यो सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा डा. श्याम भट्टराईप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।

प्रा. सुवास केसीलाई सम्मान गरिने

0

शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा सिर्जना सम्मान   Impressions and Expressions कृतिका लागि प्रा. सुवास केसी (काठमाडौं) मा समर्पण गर्ने भएको छ । शारदा घिमिरे भैल संयोजक तथा गीता अधिकारी र कालिका त्रिपाठी पन्त सदस्य रहने गरी शब्दयात्रा प्रकाशनले गठन गरेको सम्मान्य व्यक्तित्व चयन समितिले उहाँमा उक्त सम्मान समर्पण गर्ने निर्णय गरेको हो । यो सम्मान शब्दयात्रा प्रकाशनबाट अघिल्लो वर्ष प्रकाशित पुस्तकहरूमध्ये पाठकमतका आधारमा सर्वोत्तम ठानिएको कृतिका कृतिकारलाई हरेक वर्ष समर्पण गरिन्छ । गत वर्ष यस संस्थाबाट ३६ वटा पुस्तक प्रकाशन गरिएका थिए । यस सम्मानको आर्थिक व्यवस्थापन कवि कल्याण लम्सालले गर्नुभएको हो । यो सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा प्रा. सुवास केसीप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।