शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान प्रा. डा. पन्ना थापा (डोल्पा) मा समर्पण गर्ने भएको छ । लामो समयसम्म फार्मेसी विषयमा अध्यापन र औषधि सम्बन्धी अनुसन्धान गर्नुका साथै औषधि उत्पादन र वितरण, प्रविधि विकास र हस्तान्तरण, गुणस्तरको प्रत्याभूति र गुणस्तर नियन्त्रण जस्ता विषयहरू समेटिएका अनुसन्धानात्मक लेखहरू विभिन्न जर्नलहरूमा प्रकाशन गराउनुभएकोमा उहाँमा उक्त सम्मान समर्पण गर्ने निर्णय गरिएको हो । यो सम्मान शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष समर्पण गरिन्छ । शारदा घिमिरे भैल संयोजक तथा गीता अधिकारी र कालिका त्रिपाठी पन्त सदस्य रहने गरी शब्दयात्रा प्रकाशनले गठन गरेको सम्मान्य व्यक्तित्व चयन समितिले यसको निर्णय गरेको हो । यस सम्मानको आर्थिक व्यवस्थापन रामकृष्ण श्रेष्ठ प्रतिष्ठानले गरेको हो । यो सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा प्रा. डा. पन्ना थापाप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।