लेखक तथा पूर्वन्यायाधीश मोहनमणि दाहालले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । सङ्खुवासभाको मादीमा जन्म भएर हाल भक्तपुरको बालकोटमा बसोवास गर्नुभएका मोहनमणि दाहालले जनआस्था साप्ताहिकमा विभिन्न लेखहरू लेख्नुभएको थियो । तीमध्ये केही लेखहरूको सङ्ग्रहका रूपमा शब्दयात्रा प्रकाशनबाट उहाँको पुस्तक ‘विगतमाथि आलेख’ (संस्मरणात्मक लेखसङ्ग्रह) प्रकाशन गरिएको थियो । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएकोमा उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु ।