शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा सिर्जना सम्मान   Impressions and Expressions कृतिका लागि प्रा. सुवास केसी (काठमाडौं) मा समर्पण गर्ने भएको छ । शारदा घिमिरे भैल संयोजक तथा गीता अधिकारी र कालिका त्रिपाठी पन्त सदस्य रहने गरी शब्दयात्रा प्रकाशनले गठन गरेको सम्मान्य व्यक्तित्व चयन समितिले उहाँमा उक्त सम्मान समर्पण गर्ने निर्णय गरेको हो । यो सम्मान शब्दयात्रा प्रकाशनबाट अघिल्लो वर्ष प्रकाशित पुस्तकहरूमध्ये पाठकमतका आधारमा सर्वोत्तम ठानिएको कृतिका कृतिकारलाई हरेक वर्ष समर्पण गरिन्छ । गत वर्ष यस संस्थाबाट ३६ वटा पुस्तक प्रकाशन गरिएका थिए । यस सम्मानको आर्थिक व्यवस्थापन कवि कल्याण लम्सालले गर्नुभएको हो । यो सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा प्रा. सुवास केसीप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।