Home Blog Page 49

महोत्तरी प्रतिभा पुरस्कार पनि समर्पण गरिने

0

कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीको आर्थिक व्यवस्थापनमा शब्दयात्रा प्रकाशनले यही २०८० सालदेखि महोत्तरी जिल्लाका राष्ट्रिय प्रतिभालाई पुरस्कार समर्पण गर्ने भएको छ । पुरस्कारको नाउँ ‘शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार’ रहनेछ । हरेक वर्ष समर्पण गर्ने गरी व्यवस्था गरिएको यस पुरस्कारमा २५ हजार रुपियाँ, शब्दयात्रा पट्ट, अभिवन्दनापत्र, उपहार र रुद्राक्षमाला रहनेछ । शब्दयात्रा प्रकाशनको आग्रह स्वीकार गरेर कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीले यस पुरस्कारको कोष व्यवस्थापन गरिदिने भएको हो । शब्दयात्रा प्रकाशन यस सहयोगका लागि कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठी र त्यस सेवागुठीका कोषाध्यक्ष किरण थापाप्रति हार्दिक आभार व्यक्त गर्दछ । स्मरणीय छ शब्दयात्रा प्रकाशनले भोजपुर, सङ्खुवासभा, सिन्धुली, रौतहट, काभ्रेपलान्चोक, भक्तपुर आदि जिल्लाका राष्ट्रिय प्रतिभालाई हरेक वर्ष पुरस्कृत गर्ने गरेको छ ।

बगैंचा बनाउन सुरु

0
शब्दयात्रा प्रकाशनले पुस्तकालय भवनकै छेउमा शब्दवाटिका नामको बगैंचा बनाउने काम सुरु गरेको छ । शब्दवाटिकालाई मनमोहक बनाउन समाजसेवी तथा लेखिका सावित्री जङ्गम थापाले केही बिरुवाहरू रोप्नुभएको छ । शब्दवाटिका बनाउने जग्गा नीलकण्ठेश्वर धाम संरक्षण समितिबाट शब्दयात्रा प्रकाशनलाई प्राप्त भएको हो ।

दरी किन्न ३५ हजार

0

शब्दयात्रा प्रकाशनको कार्यालयमा ओछ्याउनका लागि दरी किन्न काठमाडौँ हाँडिगाउँ निवासी गीतकार, फोटोपत्रकार तथा समाजसेवी हरिगोपाल प्रधानले ३५ हजार रुपियाँ उपलब्ध गराउनुभएको छ । उक्त रकम शब्दयात्रा प्रकाशनका तर्फबाट जग्गादाता तथा निर्माण समितिका संयोजक कृष्णमणि कुइकेलले ग्रहण गर्नुभएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधानप्रति हार्दिक आभार प्रकट गर्दछ ।

शब्दवाटिका बनाउने

0
शब्दयात्रा प्रकाशनले पुस्तकालय भवनकै छेउमा स्रष्टा–सर्जकहरूका लागि सानो बगैँचा बनाउन लागेको छ । बगैँचाको नाउँ शब्दवाटिका राखिने भएको छ । बगैँचा बनाउने जग्गा नीलकण्ठेश्वर धाम संरक्षण समितिबाट शब्दयात्रा प्रकाशनलाई प्राप्त भएको हो । बगैँचा सुन्दर बनाउन जग्गाको वरिपरि पर्खाल लगाउनुपर्नेछ, प्रवेशद्वार र बस्ने ठाउँहरू बनाउनुपर्नेछ, फलफूलका बिरुवाहरू रोपेर हुर्काउनुपर्नेछ । ती कार्यहरू गर्न शब्दयात्रा प्रकाशनका सदस्य र शुभचिन्तकहरूले आआफ्ना तर्फबाट योगदान गर्नुहुनेछ, त्यसरी बन्ने शब्दवाटिका स्रष्टा–सर्जकहरूलाई मनोरम लाग्नेछ र त्यहाँ पसेपछि सिर्जना भुलभुलाउनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।

केशव खुलालबाट दुई लाख रुपियाँको अक्षयकोष

0

एक दिन बिहान १० बजेतिर केशव खुलाल (केशवबहादुर खुलाल छेत्री) ले मलाई फोन गर्नुभयो र भेट्न सकिने समय सोध्नुभयो । मैले ‘आज २ बजेपछि घरैमा हुन्छु’ भनेँ । नभन्दै २ बजेपछि उहाँ आउनुभयो । करिब २५ वर्षपछि उहाँ मेरो घरमा आउनुभएको थियो । खस जाति, खुलाल थर, मस्टो देवता आदिका विषयमा कुरा भए । त्यसै क्रममा उहाँले शब्दयात्रा प्रकाशनमा अक्षयकोष राख्न चाहेको कुरा व्यक्त गर्नुभयो र ‘कुन कामका लागि राखौँ ?’ भनेर सोध्नुभयो । ‘सङ्कटमा परेका लेखक, पत्रकार र कलाकारलाई आर्थिक सहयोग गर्न सके राम्रो होला’ भन्ने उत्तर मैले दिएँ । त्यसपछि उहाँले शब्दयात्रा प्रकाशनको नाउँमा २ लाख ७ हजार ७ सय ७७ रुपियाँको चेक लेख्नुभयो र मलाई दिनुभयो । यसरी धुलिखेल नगरपालिका वडा नं. ४ बाँसघारी निवासी समाजसेवी केशव खुलालले लेखक, पत्रकार र कलाकारहरूलाई विपत्ति पर्दा शब्दयात्रा प्रकाशनमार्फत आर्थिक सहयोग गर्न सकियोस् भन्ने पवित्र उद्देश्य राखेर अक्षयकोष खडा गरिदिनुभयो । पिता टीकाबहादुर खुलाल छेत्री र माता रमाकुमारी खुलाल छेत्रीको स्मृति र सम्मानमा उहाँले यो अक्षयकोष खडा गर्नुभएको हो । विपत्तिमा परेका साधकहरूलाई आर्थिक सहयोग गर्नका लागि अक्षयकोष खडा गर्ने उहाँ पहिलो व्यक्ति हुनुभएको छ । यस अर्थमा उहाँ स्मरणीय व्यक्ति बन्नुभएको छ । शब्दयात्रा प्रकाशनले अक्षरसेवी सहयोग कोष खडा गरेर त्यसमा बेलाबखत जम्मा भएको रकमबाट विपत्तिपीडित अक्षरसेवीहरूलाई आर्थिक सहयोग गर्दै आएकोमा अब अक्षयकोष पनि थपिएपछि अझ बढी सहयोग गर्न सकिने भएको छ । प्राकृतिक प्रकोप लगायत कुनै पनि प्रकारले आपतविपतमा परेका लेखक, पत्रकार र कलाकारहरूलाई कोषका व्यवस्थापकको नाउँबाट उहाँका पितामाताको स्मृतिमा राहतस्वरूप थोरै भए पनि आर्थिक सहायता समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस्तो उदारताका लागि केशव खुलालप्रति शब्दयात्रा प्रकाशन परिवारका तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

बिरुवा हस्तान्तरण

0

अग्रज समाजसेवी तथा लेखिका सावित्री जङ्गम थापाले शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाम परिसरका लागि विभिन्न जातका बिरुवाहरू हस्तान्तरण गर्नुभएको छ । ती बिरुवाहरू शब्दयात्रा प्रकाशनका जग्गादाता तथा आजीवन सदस्य कृष्णमणि कुइकेलले ग्रहण गर्नुभएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन सावित्री जङ्गम थापाप्रति हार्दिक आभार प्रकट गर्दछ ।

ज्ञान उदासबाट पुस्तक–पत्रिका प्रदान

0

अग्रज साहित्यकार ज्ञान उदासले आफ्ना पुस्तक ३ वटा, आफूले किनेका र उपहार पाएका पुस्तक ८५ वटा र साहित्यिक पत्रिका १४ वटा गरी जम्मा १ सय २ वटा पुस्तक–पत्रिका शब्दयात्रा प्रकाशन पुस्तकालयलाई उपहारस्वरूप प्रदान गर्नुभएको छ । ती पुस्तक–पत्रिकाहरू शब्दयात्रा प्रकाशन पुस्तकालयका तर्फबाट हरिगोपाल प्रधानले ग्रहण गर्नुभएको छ । शब्दयात्रा प्रकाशन पुस्तकालयप्रतिको यस स्नेहका लागि अग्रज साहित्यकार ज्ञान उदासप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।

खगप्रसाद नेपालबाट पुस्तक उपहार

0

पूर्वप्रशासक तथा लेखक खगप्रसाद नेपालले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि ‘इतिहासको गर्भमा नरेन्द्रनाथ बाँस्तोला’ नामक पुस्तक उपलब्ध गराउनुभएको छ । शब्दयात्रा प्रकाशन पुस्तकालयका तर्फबाट उक्त पुस्तक हरिगोपाल प्रधानले ग्रहण गर्नुभएको छ । उक्त पुस्तक ५ सय १२ पृष्ठको छ । पुस्तकमा नरेन्द्रनाथ बाँस्तोलाका विषयमा मातृकाप्रसाद कोइराला, कीर्तिनिधि विष्ट, डा. तारानाथ शर्मा, कालिप्रसाद रिजाल, कृष्ण धरावासी, खनुपरुदे रामबाबु, दान खालिङ, दीपकप्रकाश बाँस्कोटा, दीर्घराज प्रसाई, दुर्गानाथ शर्मा, नकुल काजी, पासाङ गोपर्मा, प्रेम कैदी, भरत जङ्गम, राधाकृष्ण मैनाली, लक्ष्मीनाथ शर्मा, लय सङ्ग्रौला, लीलानाथ गड्तौला, डा. सुरेन्द्र केसी, सूर्यबहादुर सेन, हरि मञ्जुश्री समेत ८३ जनाका लेख–संस्मरण समेटिएका छन् ।

अक्षयकोषमा एक लाख रुपियाँ थप

0

शब्दयात्रा प्रकाशनले हरेक वर्ष प्रशासनिक महिला प्रतिभा सम्मान समर्पण गर्ने गरेको छ । त्यसका लागि पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठ भोजपुरेले एक लाख रुपियाँ शब्दयात्रा प्रकाशनको अक्षयकोषमा राखिदिनुभएको थियो । अहिले त्यही सम्मानको अक्षयकोषका लागि उहाँले थप एक लाख रुपियाँ उपलब्ध गराउनुभएको छ । बाबुकृष्ण महर्जन मार्फत प्राप्त भएको थप रकमको चेक उर्मिला श्रेष्ठ भोजपुरेका तर्फबाट उहाँकी नन्द लीलादेवी श्रेष्ठले हस्तान्तरण गर्नुभएको छ भने शब्दयात्रा प्रकाशनका आजीवन सदस्य कृष्णमणि कुइकेलले उक्त चेक ग्रहण गर्नुभएको छ । सम्मानको अक्षयकोषका लागि शब्दयात्रा प्रकाशनलाई थप एक लाख रुपियाँ उपलब्ध गराउनुभएकोमा पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठ भोजपुरेप्रति शब्दयात्रा प्रकाशनले हार्दिक कृतज्ञता व्यक्त गरेको छ । उर्मिला श्रेष्ठ भोजपुरे हाल सपरिवार अमेरिकामा बस्नुभएको छ । उहाँ लोकप्रिय साङ्गीतिक समूह ‘लेकाली’ का संस्थापक सदस्य हुनुहुन्छ ।

शब्दयात्रालाई बिरुवा प्रदान

0

शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाम परिसरमा रोप्नका लागि लेखक तथा पूर्वप्रशासक जयनारायण नेपालले केही बिरुवाहरू उपलब्ध गराउनुभएको छ । बिरुवाहरू हलुवाबेद, इलामे अम्बक र एभोकाडोका छन् । शब्दयात्रा प्रकाशनका तर्फबाट ती बिरुवाहरू हरिगोपाल प्रधानले ग्रहण गर्नुभएको छ । शब्दयात्रा प्रकाशन यस सहयोगका लागि जयनारायण नेपालप्रति हार्दिक आभार व्यक्त गर्दछ ।