Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesशब्दवाटिका बनाउने

शब्दवाटिका बनाउने

शब्दयात्रा प्रकाशनले पुस्तकालय भवनकै छेउमा स्रष्टा–सर्जकहरूका लागि सानो बगैँचा बनाउन लागेको छ । बगैँचाको नाउँ शब्दवाटिका राखिने भएको छ । बगैँचा बनाउने जग्गा नीलकण्ठेश्वर धाम संरक्षण समितिबाट शब्दयात्रा प्रकाशनलाई प्राप्त भएको हो । बगैँचा सुन्दर बनाउन जग्गाको वरिपरि पर्खाल लगाउनुपर्नेछ, प्रवेशद्वार र बस्ने ठाउँहरू बनाउनुपर्नेछ, फलफूलका बिरुवाहरू रोपेर हुर्काउनुपर्नेछ । ती कार्यहरू गर्न शब्दयात्रा प्रकाशनका सदस्य र शुभचिन्तकहरूले आआफ्ना तर्फबाट योगदान गर्नुहुनेछ, त्यसरी बन्ने शब्दवाटिका स्रष्टा–सर्जकहरूलाई मनोरम लाग्नेछ र त्यहाँ पसेपछि सिर्जना भुलभुलाउनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।