अग्रज समाजसेवी तथा लेखिका सावित्री जङ्गम थापाले शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाम परिसरका लागि विभिन्न जातका बिरुवाहरू हस्तान्तरण गर्नुभएको छ । ती बिरुवाहरू शब्दयात्रा प्रकाशनका जग्गादाता तथा आजीवन सदस्य कृष्णमणि कुइकेलले ग्रहण गर्नुभएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन सावित्री जङ्गम थापाप्रति हार्दिक आभार प्रकट गर्दछ ।