Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesअक्षयकोषमा एक लाख रुपियाँ थप

अक्षयकोषमा एक लाख रुपियाँ थप

शब्दयात्रा प्रकाशनले हरेक वर्ष प्रशासनिक महिला प्रतिभा सम्मान समर्पण गर्ने गरेको छ । त्यसका लागि पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठ भोजपुरेले एक लाख रुपियाँ शब्दयात्रा प्रकाशनको अक्षयकोषमा राखिदिनुभएको थियो । अहिले त्यही सम्मानको अक्षयकोषका लागि उहाँले थप एक लाख रुपियाँ उपलब्ध गराउनुभएको छ । बाबुकृष्ण महर्जन मार्फत प्राप्त भएको थप रकमको चेक उर्मिला श्रेष्ठ भोजपुरेका तर्फबाट उहाँकी नन्द लीलादेवी श्रेष्ठले हस्तान्तरण गर्नुभएको छ भने शब्दयात्रा प्रकाशनका आजीवन सदस्य कृष्णमणि कुइकेलले उक्त चेक ग्रहण गर्नुभएको छ । सम्मानको अक्षयकोषका लागि शब्दयात्रा प्रकाशनलाई थप एक लाख रुपियाँ उपलब्ध गराउनुभएकोमा पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठ भोजपुरेप्रति शब्दयात्रा प्रकाशनले हार्दिक कृतज्ञता व्यक्त गरेको छ । उर्मिला श्रेष्ठ भोजपुरे हाल सपरिवार अमेरिकामा बस्नुभएको छ । उहाँ लोकप्रिय साङ्गीतिक समूह ‘लेकाली’ का संस्थापक सदस्य हुनुहुन्छ ।