Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesमहोत्तरी प्रतिभा पुरस्कार पनि समर्पण गरिने

महोत्तरी प्रतिभा पुरस्कार पनि समर्पण गरिने

कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीको आर्थिक व्यवस्थापनमा शब्दयात्रा प्रकाशनले यही २०८० सालदेखि महोत्तरी जिल्लाका राष्ट्रिय प्रतिभालाई पुरस्कार समर्पण गर्ने भएको छ । पुरस्कारको नाउँ ‘शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार’ रहनेछ । हरेक वर्ष समर्पण गर्ने गरी व्यवस्था गरिएको यस पुरस्कारमा २५ हजार रुपियाँ, शब्दयात्रा पट्ट, अभिवन्दनापत्र, उपहार र रुद्राक्षमाला रहनेछ । शब्दयात्रा प्रकाशनको आग्रह स्वीकार गरेर कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीले यस पुरस्कारको कोष व्यवस्थापन गरिदिने भएको हो । शब्दयात्रा प्रकाशन यस सहयोगका लागि कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठी र त्यस सेवागुठीका कोषाध्यक्ष किरण थापाप्रति हार्दिक आभार व्यक्त गर्दछ । स्मरणीय छ शब्दयात्रा प्रकाशनले भोजपुर, सङ्खुवासभा, सिन्धुली, रौतहट, काभ्रेपलान्चोक, भक्तपुर आदि जिल्लाका राष्ट्रिय प्रतिभालाई हरेक वर्ष पुरस्कृत गर्ने गरेको छ ।