शब्दयात्रा प्रकाशनको कार्यालयमा ओछ्याउनका लागि दरी किन्न काठमाडौँ हाँडिगाउँ निवासी गीतकार, फोटोपत्रकार तथा समाजसेवी हरिगोपाल प्रधानले ३५ हजार रुपियाँ उपलब्ध गराउनुभएको छ । उक्त रकम शब्दयात्रा प्रकाशनका तर्फबाट जग्गादाता तथा निर्माण समितिका संयोजक कृष्णमणि कुइकेलले ग्रहण गर्नुभएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधानप्रति हार्दिक आभार प्रकट गर्दछ ।