शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाम परिसरमा रोप्नका लागि लेखक तथा पूर्वप्रशासक जयनारायण नेपालले केही बिरुवाहरू उपलब्ध गराउनुभएको छ । बिरुवाहरू हलुवाबेद, इलामे अम्बक र एभोकाडोका छन् । शब्दयात्रा प्रकाशनका तर्फबाट ती बिरुवाहरू हरिगोपाल प्रधानले ग्रहण गर्नुभएको छ । शब्दयात्रा प्रकाशन यस सहयोगका लागि जयनारायण नेपालप्रति हार्दिक आभार व्यक्त गर्दछ ।