शब्दयात्रा प्रकाशनले पुस्तकालय भवनकै छेउमा शब्दवाटिका नामको बगैंचा बनाउने काम सुरु गरेको छ । शब्दवाटिकालाई मनमोहक बनाउन समाजसेवी तथा लेखिका सावित्री जङ्गम थापाले केही बिरुवाहरू रोप्नुभएको छ । शब्दवाटिका बनाउने जग्गा नीलकण्ठेश्वर धाम संरक्षण समितिबाट शब्दयात्रा प्रकाशनलाई प्राप्त भएको हो ।