Home Blog Page 161

हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनलाई जग्गा दान गर्ने दाताका रूपमा सुभाष स्मृति प्रतिष्ठानले पूर्वमन्त्रिपरिषद्का सम्माननीय अध्यक्ष श्री खिलराज रेग्मीको हातबाट प्रदान गरेको ‘सुभाष स्मृति दानशीलता सम्मान, २०७५’ प्राप्त गर्नुभएकोमा श्री कृष्णमणि कुइँकेललाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन

शब्दसाधकहरूको स्मारक अवलोकन

0

शब्दयात्रा प्रकाशनबाट बनेपामा स्थापना गरिएका शब्दसाधकहरूको स्मारक अवलोकन गर्न विभिन्न क्षेत्रका व्यक्तित्वहरू बनेपा आउन थालेका छन् ।
यसै क्रममा काठमाडौँबाट गत २०७५ पुस १४ गते शनिबार भ्रष्टाचारविरोधी अभियन्ता अग्रज उपन्यासकार भरत जङ्गम र अग्रज समाजसेवी तथा साहित्यकार सावित्री थापालगायतको टोलीले सालिकहरूको अवलोकन ग¥यो । टोलीलाई शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, सदस्य कृष्णमणि कुइँकेल र महाप्रबन्धक शारदाप्रसाद शर्माले स्वागत गर्नुभएको थियो ।
त्यस अवसरमा अध्यक्ष हरि मञ्जुश्रीले संस्थाका भावी योजनाहरू प्रस्तुत गर्नुभएको थियो ।

‘शब्दसंवाद’ मा त्रिरत्न रन्जितकार

0

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ७० औँ शृङ्खलामा समाजसेवी त्रिरत्न रन्जितकार प्रमुख वक्ताका रूपमा प्रस्तुत हुनुभयो । आध्यात्मिक लेखक ओतबहादुर खड्काको सभापतित्व र कवि केदारनाथ तिमल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन पत्रकार शिव बन्जाराले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, सदस्य कृष्णमणि कुइँकेल, सकुल थापा, रमेश पौड्याल, महाप्रबन्धक शारदाप्रसाद शर्मा, ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाका कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईं, शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घले, शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरे, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, कवि रोजनाथ लुइँटेल, दण्डपाणि अधिकारी, शकुन्तला बन्जारा, रीक्षा घिमिरे आदिको उपस्थिति रहेको थियो ।

चयन समिति गठन

0

शब्दयात्रा प्रकाशनले आगामी २०७५ माघ महिनामा समर्पण गरिने ६ विधाका सम्मानका लागि उपयुक्त व्यक्ति तथा संस्थाको चयन गर्न सम्मानित व्यक्तित्व चयन समितिको गठन गरेको छ । डा. इन्दुल केसी संयोजक रहेको उक्त समितिको सदस्यमा रमेश अधिकारी र निर्मला श्रेष्ठ सदस्य रहनुभएको छ ।
शब्दयात्रा प्रकाशनबाट हरेक माघ महिनामा कविता–काव्य, बालसाहित्य, समालोचना, महिला प्रतिभा, अनुसन्धान र विज्ञान–प्रविधि विधाका सम्मानहरू समर्पण गरिनेछन् । हरेक वर्ष १८ विधाका सम्मानहरू तीन चरणमा समर्पण गर्ने गरिएकोमा २०७५ सालका लागि यो तेस्रो चरण हो ।

बधाई

0

शब्दयात्रा अनुसन्धान सम्मानबाट सम्मानित प्रा. दिनेशराज पन्त नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञपरिषद् सदस्य र शब्दयात्रा समालोचना सम्मानबाट सम्मानित श्रीमती रमा शर्मा नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञसभा सदस्य बन्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार

‘शब्दसंवाद’ मा हरि मञ्जुश्री

0

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ६९ औँ शृङ्खलामा प्रमुख वक्ताका रूपबाट शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले खस महाजातिको चिनारी तथा भारत र नेपालका जातिका बीचमा रहेको अन्तरका विषयमा उल्लेख गर्दै रामायणकालीन घटनालाई लिएर भारतबाट नेपालमाथि भएको सांस्कृतिक अतिक्रमणका विषयमा प्रवचन गर्नुभयो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा गत २०७५ पुस ६ गते शुक्रबार सम्पन्न उक्त कार्यक्रमको सभापतित्व शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य कृष्णमणि कुइँकेलले र प्रमुख आतिथ्य शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घलेले ग्रहण गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरेले गर्नुभएको थियो ।
प्रवचन कार्यक्रममा शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मा, ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाका सम्पादक इ. रोशन मञ्जुश्री अधिकारी, कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाई र बजार व्यवस्थापक माधवप्रसाद तिवारी, शब्दयात्रा कलाकार समाजका सल्लाहकार मच्छेश्वर सापकोटा, शब्दयात्रा सहयोगी समाजका संयोजक रामप्रसाद अधिकारी, स्मारिका प्रकाशन समितिका संयोजक फणीन्द्रराज अधिकारी, शब्दयात्रा लेखक समाजका संयोजक ओतबहादुर खड्का र सदस्य केदारनाथ तिमल्सिना, शब्दयात्रा प्रकाशनका सदस्य सहदीप पलान्चोके, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, दण्डपाणि अधिकारी, नानु कुइँकेल, विष्णुप्रसाद रेग्मी, नारायण स्याङतान, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।

स्मारक अवलोकन

0

अग्रज उपन्यासकार शङ्कर भारती र ‘कपन बानेश्वर’ नामक साप्ताहिक साहित्यिक पत्रिकाका सम्पादक निबन्ध आचार्यले शब्दयात्रा प्रकाशनद्वारा बनेपाको कृष्णगीता परिसरमा स्थापना गरिएको शब्दसाधकहरूको स्मारक गत २०७५ पुस ६ गते शुक्रबार अवलोकन गर्नुभयो ।
उहाँहरूलाई शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले स्वागत गर्दै संस्थाले गरेका कार्यहरूका बारेमा जानकारी गराउनुभयो र संस्थाले भविष्यमा गर्न खोजेका कार्यहरूका बारेमा पनि बताउनुभयो । त्यस बखत उपन्यासकार भारतीले शब्दयात्रा प्रकाशनलाई सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो भने ‘कपन बानेश्वर’ पत्रिकाका सम्पादक आचार्यले ‘कपन बानेश्वर’ पत्रिका र शब्दयात्रा प्रकाशनका बीच सहकार्य गर्न सकिने कुरा उल्लेख गर्नुभयो ।

काभ्रेली प्रतिभाको परिचयपुस्तक पुस १४ गते

0

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीद्वारा लिखित निबन्धसङ्ग्रह ‘केही गएका केही रहेका’ २०७५ पुस १४ गते पूर्व मन्त्रिपरिषद्का अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीबाट बनेपा नगरपालिकामा आयोजना गरिने सुभाष स्मृति प्रतिष्ठानको वार्षिकोत्सव समारोहमा सार्वजनिक हुने भएको छ ।
निबन्धसङ्ग्रहमा काभ्रे जिल्लाका दिवङ्गत १० जना र जीवित ७ जना गरी १७ जनाका विषयमा लेखिएका पूर्वप्रकाशित निबन्धहरू सङ्कलित छन् । दिवङ्गतमा कृष्णप्रसाद पराजुली, ज्योतिप्रकाश सैँजू, दिनेश सेवाचार्य, दुर्गाप्रसाद शास्त्री, नरबहादुर भारती, भरतराज महत, मणिराज कायस्थ, रामचन्द्र हुमागाईं, सप्तलाल ताम्राकार, हरिकृष्ण न्हसिजू श्रेष्ठ तथा जीवितमा कृष्णमणि कुइँकेल, गोपाल पराजुली, चूडाप्रसाद चौलागाईं, प्रकाशबहादुर कायस्थ, डा. रामकण्ठ माकजू श्रेष्ठ, सुधा सिलवाल र ज्ञानकाजी मानन्धर रहेका छन् ।
‘केही रहेका केही गएका’ हरि मञ्जुश्रीको दसौँ निबन्धसङ्ग्रह, तीसौँ मौलिक कृति र एक सय बाह«ौँ पुस्तक हो ।

शब्दयात्राबाट चण्डेश्वरीको भजन छापिँदै

0

शब्दयात्रा प्रकाशनबाट ‘चण्डेश्वरी भजन सफू’ नामक भजनसङ्ग्रह प्रकाशन हुने भएको छ । काभ्रे बनेपाका दिलबहादुर श्रेष्ठको सङ्कलनमा प्रकाशित हुने यस सङ्ग्रहमा सङ्कलित भजनहरू सङ्कलककै हस्तलिपिमा रहनेछन् ।
‘चण्डेश्वरी भजन सफू’ शब्दयात्रा प्रकाशनको १ सय १२ औँ प्रकाशनपुष्प हो । यस सङ्ग्रहको प्रकाशनका लागि बनेपा — ८ तीनदोबाटोनिवासी स्व. रामबहादुर नकर्मीका कृष्णप्यारी नकर्मीसहितका छोराछोरीले आफ्ना बाजेबज्यै र बुबाआमाको स्मृतिमा आर्थिक व्यवस्थापन गर्ने हुनुभएको छ ।

जहाँ राज्यकोषको बाछिटा परेन ः मुकुन्दप्रसाद उपाध्याय

0

यहाँहरू सबैलाई यथायोग्य यथोचित स्वरुचि अभिवादन !
हरेक सभा, सम्मेलन, कार्यक्रमका शोभा नै उपस्थित जनहरू हुने गर्दछन् । आसविना र त्रासविनाको अनि न भोज न भत्ताको विशुद्ध सात्विक, सार्थक कार्यक्रमहरूमा उपस्थिति प्रायः पातलो नै हुन्छ । पातलो उपस्थितिको एउटा सकारात्मक पाटो वा भनूँ महक भनेको त्यो पातलो जमघटमा मोटा मान्छेहरूको उपस्थिति पनि पातलो नै हुन्छ । (यहाँ मोटा भनेको आकार होइन, सत्ता, धन, पद आदिले मोटा) । तर पनि उपस्थित सबैजना ठूला मान्छे नै हुन्छन् । तर फरक फगत केमा हुन्छ भने कोही कदले ठूला कोही पदले ठूला, कोही सुकर्मले ठूला कोही कुकर्मले ठूला, कोही स्वसत्ताले ठूला कोही राज्यसत्ताले ठूला, कोही मनले ठूला कोही धनले ठूला, कोही विद्याले ठूला कोही बुद्धिविवेकले ठूला, कोही सेवाले ठूला कोही मेवाले ठूला ।
आज हामीले ठूला मान्छेहरूको सालिकको अनावरण ग¥यौँ । उनीहरूमध्ये कोही पनि पदले, सत्ताले, धनले, कुलले, मूलले ठूला भएका थिएनन् । सुकर्म, सादगीपन, निष्ठा र इमानले ठूला भएका हुन् । यसरी ठूला भएका तत्कालका राष्ट्रिय निधि अहिलेका राष्ट्रिय विभूतिहरूको सालिकको छुट्टै महिमा छ, छुट्टै गरिमा छ । किनभने आवधिक सत्ता परिवर्तन भइरहँदा पनि उनीहरूको सालिकचाहिँ भत्काइँदैन, तोडफोड गरिँदैन । कर्मले अमर भएकाहरूको सालिक पनि अमर हुने रहेछ । त्यसैले होला यस्ता विभूतिहरूको सालिक ठड्याउँदा राज्यकोषको सानो बाछिटासमेत परेको छैन ।
शब्दयात्रा प्रकाशनद्वारा आयोजित यस कार्यक्रमका सन्दर्भमा भन्नुपर्दा अचेल हरेक कार्यक्रम, सभा, समारोह जहाँ पनि मूल वस्तु भनेको शब्द हुँदो रहेछ । भाषण पनि शब्दजाल नै हो । स्मृति पनि शब्द, श्रुति पनि शब्द । तालीको कारण पनि शब्द अनि गालीको कारण पनि शब्द । घरघरमा गई हेर्दा शब्द मात्रै सुनिन्छ । संसदभित्र छिरौँ शब्द मात्रै, अदालतभित्र इजलासमा छिरौँ शब्द मात्रै । प्राइमरी कक्षादेखि विश्वविद्यालयसम्म शब्दकै व्यापार । विद्या आर्जन पनि शब्दको भण्डारन न हो ! अनि विद्वान्को प्रमाणपत्र पनि शब्द नै हो । स्नातक भनौँ कि आचार्य, प्रा. भनौँ कि डा., यी सबै शब्द नै त हुन् ! मोबाइल, आइप्याड, ट्याब्लेटभित्र के छ ? शब्दैशब्द छ । सम्पत्तिको पुर्जा लालपुर्जामा के छ ? शब्द मात्रै छ । हाम्रो पहिचान नागरिकतामा के छ ? शब्द । हाम्रो हकहित र अधिकारको प्रत्याभूति गर्छ केले ? संविधान र ऐन–कानुनले । त्यो पनि शब्द । यसरी हेर्दा हामी सबैको जीवनयात्रा भनेको शब्दयात्रा नै रहेछ ।
आध्यात्मिक क्षितिजतिरको कुरा गरौँ । स्तुति पनि शब्द, मन्त्र पनि शब्द । सबै धर्म र सम्प्रदायको मूल मानिन्छ वेद । त्यो पनि शब्द त हो ! त्यसैले हाम्रा ऋषिमुनिहरूले भने — ‘अक्षरं परमं ब्रह्म’ । यो अक्षर नै क्षय नहुने ब्रह्म हो । यो अक्षर ताम्रपत्र, शिला वा सफ्टवेयरमा कैद गरौँ वा श्रुति–स्मृति परम्पराद्वारा वाणीद्वारा प्रकट गरौँ । यो ब्रह्माण्डमा आकाशतàवले सबै शब्दध्वनिहरूलाई सुरक्षित गरिराखेको हुन्छ, नाश हुँदैन । हाम्रो यो देह पञ्चतàवको सम्पत्ति पञ्चतàवमै मिल्छ । भित्रको चैतन्य आत्मा पनि महाप्रलयपछि परमात्मामा मिल्छ । ‘एकोऽहम् बहुस्याम्’ ‘बहुस्याम् एकोऽहम्’ हुने त हो ! अध्यात्मले भन्छ हरेक वस्तुको आयु हुन्छ, सृष्टिको पनि निश्चित आयु हुन्छ, यहाँसम्म कि त्रिदेवहरूको पनि एक निश्चित आयु हुन्छ । आयु नहुने अनादि र अनन्त, सनातन भनेको त वेद मात्रै पो रहेछ ! वेद भनेको शब्दभण्डार त हो !
असत्य संसार, असत्य देह या भनौँ कि वेदान्तको भाषामा ‘एकोऽहम् द्वितीयो नास्ति’ भन्ने, ‘अयमात्मा ब्रह्म’ भनौँ कि ‘अहं ब्रह्मास्मि’ अथवा ‘सर्वं खल्विदंं इदं ब्रह्म’ मानौँ, एक तàव चैतन्य, जसलाई आत्मातàव, परमात्मातàव जे माने पनि हुन्छ । त्यो परम चैतन्य नाश हुँदैन । त्यसैले त्यो ब्रह्म हो, बृहत् हुन्छ, पुनः सङ्कुचन हुन्छ, एकोऽहम् हुन्छ, बहुस्याम् हुन्छ, नाश हुँदैन । कालातीत सत्य हो चैतन्य । त्यसैले त्यो ब्रह्म भयो । अर्को तàव भयो शब्द–अक्षर । त्यो पनि नाश हुँदो रहेनछ । ‘एकोऽहम्’ हुँदा वेद मात्र हुन्छ, ‘बहुस्याम्’ हुँदा उपनिषद्, शिक्षा, कल्प, निरुक्त, छन्द, व्याकरण, ज्योतिष आदि, पुराण आदि अनेक वाद, सिद्धान्त, दर्शन हुन्छ र प्रलयपर्यन्त पुनः वेदमा समाहित हुन्छ । कसैले के पनि मानेका छन् भने वेद पनि एकाक्षरी ब्रह्म, प्रणव, ॐकारमा समाहित हुन्छ, लय हुन्छ । यसरी हेर्दा परमतàव, परमचैतन्य ब्रह्म भनेको एउटा यस्तो अलौकिक दिव्य अद्वितीय सिक्का रहेछ, जसको अग्रभाग चैतन्य (आत्मा, परमात्मा) र पृष्ठभाग अक्षर (शब्द, वेद, ॐकार जे भनौँ) । त्यसैले त सिक्का नै अक्षरातीत ब्रह्म पनि हो ।
शब्दबाट मन्त्र बन्दछ । मन्त्रले आफूलाई बाँध्ने अनि इष्ट देवीदेवतालाई आवाहन गर्ने, बोलाउने काम गर्दछ । त्यस्तै शब्दबाट राज्यको कानुन बन्दछ । कानुनले पनि एकातिर आफू (राज्य वा सरकार) लाई बाँध्ने काम गर्दछ भने अरूलाई आह्वान गर्ने, निर्देश गर्ने, फर्मानहरू जारी गर्नेसमेत कार्य गर्दछ । ठीक त्यसरी नै शब्दमय, प्रज्ञामय वेदचाहिँ यो अखिल ब्रह्माण्डको संविधान हो । जसरी प्राचीन राष्ट्रमध्येको एक बेलायतको संविधान अलिखित छ, त्यसरी नै लिपिको आविष्कारपूर्व, पेपर–पेन्सिलको समेत आविष्कारपूर्व (खरी–पाटी बन्नुपूर्व) यो वेद ब्रह्माण्डको संविधान पनि अलिखित नै थियो ।
यसरी बुझ्दा वेद अक्षर (क्षर नहुने शब्द) हो भने ब्रह्म त्यो अक्षरको अर्थ हो । अर्थविनाको अक्षर हुँदैन । अमूर्त चित्रको समेत केही अर्थ हुन्छ । वेद अक्षर र त्यसको अर्थ ब्रह्मको विस्तार यसरी भयो होला भनेर बुझ्न सकिन्छ — वेद (अक्षर) — प्रकृति — पञ्चतàव — जड पदार्थहरू । ब्रह्म (अर्थ) — परम चैतन्य — पुरुष — जडभिन्न पदार्थहरू ।
(२०७५ मङ्सिर २६ गते शब्दयात्रा प्रकाशनद्वारा आयोजित शब्दसाधकहरूको स्मारक अनावरण कार्यक्रममा गरिएको प्रवचनको सारसङ्क्षेप)