शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ६९ औँ शृङ्खलामा प्रमुख वक्ताका रूपबाट शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले खस महाजातिको चिनारी तथा भारत र नेपालका जातिका बीचमा रहेको अन्तरका विषयमा उल्लेख गर्दै रामायणकालीन घटनालाई लिएर भारतबाट नेपालमाथि भएको सांस्कृतिक अतिक्रमणका विषयमा प्रवचन गर्नुभयो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा गत २०७५ पुस ६ गते शुक्रबार सम्पन्न उक्त कार्यक्रमको सभापतित्व शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य कृष्णमणि कुइँकेलले र प्रमुख आतिथ्य शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घलेले ग्रहण गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरेले गर्नुभएको थियो ।
प्रवचन कार्यक्रममा शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मा, ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाका सम्पादक इ. रोशन मञ्जुश्री अधिकारी, कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाई र बजार व्यवस्थापक माधवप्रसाद तिवारी, शब्दयात्रा कलाकार समाजका सल्लाहकार मच्छेश्वर सापकोटा, शब्दयात्रा सहयोगी समाजका संयोजक रामप्रसाद अधिकारी, स्मारिका प्रकाशन समितिका संयोजक फणीन्द्रराज अधिकारी, शब्दयात्रा लेखक समाजका संयोजक ओतबहादुर खड्का र सदस्य केदारनाथ तिमल्सिना, शब्दयात्रा प्रकाशनका सदस्य सहदीप पलान्चोके, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, दण्डपाणि अधिकारी, नानु कुइँकेल, विष्णुप्रसाद रेग्मी, नारायण स्याङतान, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।