Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivities‘शब्दसंवाद’ मा हरि मञ्जुश्री

‘शब्दसंवाद’ मा हरि मञ्जुश्री

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ६९ औँ शृङ्खलामा प्रमुख वक्ताका रूपबाट शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले खस महाजातिको चिनारी तथा भारत र नेपालका जातिका बीचमा रहेको अन्तरका विषयमा उल्लेख गर्दै रामायणकालीन घटनालाई लिएर भारतबाट नेपालमाथि भएको सांस्कृतिक अतिक्रमणका विषयमा प्रवचन गर्नुभयो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा गत २०७५ पुस ६ गते शुक्रबार सम्पन्न उक्त कार्यक्रमको सभापतित्व शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य कृष्णमणि कुइँकेलले र प्रमुख आतिथ्य शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घलेले ग्रहण गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरेले गर्नुभएको थियो ।
प्रवचन कार्यक्रममा शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मा, ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाका सम्पादक इ. रोशन मञ्जुश्री अधिकारी, कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाई र बजार व्यवस्थापक माधवप्रसाद तिवारी, शब्दयात्रा कलाकार समाजका सल्लाहकार मच्छेश्वर सापकोटा, शब्दयात्रा सहयोगी समाजका संयोजक रामप्रसाद अधिकारी, स्मारिका प्रकाशन समितिका संयोजक फणीन्द्रराज अधिकारी, शब्दयात्रा लेखक समाजका संयोजक ओतबहादुर खड्का र सदस्य केदारनाथ तिमल्सिना, शब्दयात्रा प्रकाशनका सदस्य सहदीप पलान्चोके, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, दण्डपाणि अधिकारी, नानु कुइँकेल, विष्णुप्रसाद रेग्मी, नारायण स्याङतान, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।