शब्दयात्रा प्रकाशनबाट बनेपामा स्थापना गरिएका शब्दसाधकहरूको स्मारक अवलोकन गर्न विभिन्न क्षेत्रका व्यक्तित्वहरू बनेपा आउन थालेका छन् ।
यसै क्रममा काठमाडौँबाट गत २०७५ पुस १४ गते शनिबार भ्रष्टाचारविरोधी अभियन्ता अग्रज उपन्यासकार भरत जङ्गम र अग्रज समाजसेवी तथा साहित्यकार सावित्री थापालगायतको टोलीले सालिकहरूको अवलोकन ग¥यो । टोलीलाई शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, सदस्य कृष्णमणि कुइँकेल र महाप्रबन्धक शारदाप्रसाद शर्माले स्वागत गर्नुभएको थियो ।
त्यस अवसरमा अध्यक्ष हरि मञ्जुश्रीले संस्थाका भावी योजनाहरू प्रस्तुत गर्नुभएको थियो ।