गत २०७५ साल मङ्सिर २६ गते बुधबार शब्दयात्रा प्रकाशनका लागि र काभ्रे जिल्लाकै लागि महàवपूर्ण दिन थियो । किनभने नेपालमा पहिलोपटक पाँच विधाका प्रथम व्यक्ति बनेका पाँचजना राष्ट्रिय व्यक्तित्वको सालिक एकै ठाउँमा स्थापना गरी अनावरण गरिएको थियो । त्यस्तो महàवपूर्ण ठाउँ काभ्रे जिल्लाको बनेपा बनेको छ ।
नेपालमा विद्यालय खोल्ने प्रथम व्यक्ति, लोकतन्त्रका लागि पत्रिका सञ्चालन गर्ने प्रथम व्यक्ति, विज्ञान विधाको पुरस्कार पाउने प्रथम व्यक्ति, पुस्तक लेखेबापत जेलमै मरेका प्रथम व्यक्ति र गीत रेकर्ड गर्ने प्रथम महिला गरी पाँचजनाको सालिक बनेपामा स्थापना गरिएको छ । यीमध्ये लोकतन्त्रका लागि पत्रिका सञ्चालन गर्ने प्रथम व्यक्ति, विज्ञान विधाको पुरस्कार पाउने प्रथम व्यक्ति र गीत रेकर्ड गर्ने प्रथम महिलाको सालिक नेपालमै पहिलोपल्ट स्थापना गरिएको हो ।
त्यस दिन तिनै पाँच सालिकहरूलाई अनावरण गरिएको थियो । साथमा अन्य कार्यक्रमहरू पनि बिहानैदेखि भएका थिए । शब्दयात्रा प्रकाशनका लागि त्यो दिन उत्सवको दिन भएको हुनाले त्यस दिन वृक्षारोपण, कवितागोष्ठी, गीतगायन, विज्ञान प्रदर्शनी, आध्यात्मिक प्रवचन, ‘शब्दसौगात’ नामक वृत्तचित्र प्रदर्शन आदि कार्यक्रमहरू राखिएको थियो । कार्यक्रममा शब्दयात्रा प्रकाशनलाई जग्गा दिने दाता कृष्णमणि कुइँकेल र गीता कुइँकेललाई संयुक्त रूपमा सम्मान गरिएको थियो ।
सालिक राख्नका लागि विभिन्न व्यक्ति र केही सामाजिक संस्थाबाट गरी करिब १० लाख रुपियाँ आर्थिक सहयोग उठाइएको छ । यसका लागि जग्गाबाहेक करिब १३ लाख रुपियाँ खर्च भएको छ । करिब ३ लाख रुपियाँ तिर्न बाँकी छ । अब थप व्यवस्था गर्न अर्को करिब ३ लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ । घटीमा ५ हजार १ सय रुपियाँ सहयोग गर्ने व्यक्तिको नाउँ शिलापत्रमा राख्ने र अरूको नाउँ स्मारिकामा प्रकाशित गर्ने निर्णय गरिएको छ ।
नेपालमा अरूतिर कहीँ नगरिएको यो काम नेपालकै लागि ऐतिहासिक महàवको काम भएकाले र यस कामले काभ्रे जिल्लामा बौद्धिक पर्यटकहरू प्रशस्त भि†याउने हुनाले काभ्रे जिल्लाको विकासमा यस कामले पनि ठूलो भूमिका खेल्नेछ । त्यसैले यस कार्यमा आआफ्नो क्षेत्रबाट आवश्यक सहयोग गरिदिन हामी सबैलाई अनुरोध गर्दछौँ ।
ऐतिहासिक महàवको अर्को काम ः हरिगोपाल प्रधान
नमागे पनि दिने दाता : हरि मञ्जुश्री
कृष्णमणि कुइँकेल । उहाँकी अर्धाङ्गिनी गीता कुइँकेल । गीताको स्वीकृति लिएर कृष्णले दिनुभो, ‘शब्द’ ले लियो । ‘शब्द’ अर्थात् शब्दयात्रा प्रकाशन । काभ्रे जिल्लालाई केन्द्र बनाएर राष्ट्रिय स्तरका गतिविधिहरू गरिरहेको संस्था । यही संस्थाले पायो उहाँबाट बनेपा नगरपालिकाको वडा नं. ६ कुइँकेलगाउँमा अवस्थित नीलकण्ठेश्वर महादेवको मन्दिरनजिकै रहेको ५ आना जग्गा । अनि पायो कार्यालयको प्रयोजनका लागि दुईतले घर पनि । घर पनि निःशुल्क ।
काभ्रे जिल्लामा साहित्यिक संस्थाका लागि जग्गा दान गर्ने दाताहरू को–को होलान्, खोज्नुपर्ने भएको छ । उनीहरू सम्मानका हकदार छन्, स्मरणका अधिकारी छन् । पनौतीका बलराम बन्जाराले कृष्णप्रसाद पराजुलीको आग्रहमा सुनकोसी साहित्य प्रतिष्ठानलाई जग्गा दान गरेको समाचार पत्रिकामा पढ्न पाइएको थियो । त्यसको उपयोग केमा भयो, मलाई थाहा छैन । अर्का दाता हुनुहुन्छ मुक्तिराज हुमागाईं । भकुन्डेबेसीको चार आना जग्गा उहाँले रोसी वाङ्मय प्रतिष्ठानलाई दिनुभएको । नमोबुद्ध नगरपालिकाका वर्तमान नगरप्रमुख टीपी शर्मा तिमिल्सिना र कवि गोविन्दबहादुर थापाको आग्रहमा दिएको हो क्यारे । त्यसमा बन्दैछ प्रतिष्ठानको भवन । त्यसपछिका दाता कृष्णमणि कुइँकेल ।
कृष्णमणि कुइँकेल साहित्यिक संस्थालाई जग्गा दान गर्ने तेस्रो काभ्रेली । तर नमागीकन दिने पहिलो काभ्रेली । शब्दयात्रा प्रकाशन भाग्यमानी संस्था रहेछ । यसले नमागीकन नगरपालिका क्षेत्रभित्रको, अरनिको राजमार्गबाट करिब १ सय मिटर दूरीमा पर्ने रमणीय जग्गा पायो, त्यो पनि शिवमन्दिरको नजिकै । अचेलको हिसाबमा त्यो जग्गाको मोल ४०–५० लाख रुपियाँ पर्ला । त्यो जग्गा नमागीकन दिनुभएको कृष्णमणि कुइँकेलले शब्दयात्रा प्रकाशनलाई ।
म अब यसको कथा कहन्छु छोटकरीमा ।
एक दिन कृष्णमणि कुइँकेल पदमनाथ ढुङ्गानालाई लिएर मकहाँ आउनुभो । शब्दयात्रा प्रकाशनको कुरा चल्यो । संस्था स्थापना गर्नुपरेको कारण खुलाएँ । संस्थामार्फत गर्न खोजिएको कामको विवरण सुनाएँ । उहाँहरूले कुनै टिप्पणी गर्नुभएन । सुन्नुभो, चिया खानुभो, जानुभो ।
गएको पाँचै मिनेटपछि मोबाइल बज्यो । पदमजीले भन्नुभो — ‘तपाईंलाई खुसीको खबर छ । कृष्णमणिजीले नीलकण्ठेश्वर महादेवको मन्दिरनजिकैको ३ आना जग्गा शब्दयात्रा प्रकाशनलाई दान गर्ने हुनुभो ।’
मैले आधी पत्याएँ, आधी पत्याइनँ । कृष्णमणि कुइँकेलले पहिले पनि जग्गा दान गरेको कुरा सुनेको हुनाले पत्याउन करै लाग्यो । तर त्यस्तो महँगो ठाउँको जग्गा मैले माग्दै नमागी दिन खोजेको कुरा कसरी पत्याउनु ! केही दिनपछि नै मालपोत कार्यालयमा गएर संस्थाको नाउँमा जग्गा खुरुक्क नामसारी गरिदिएपछि त सबैलाई पत्याउन करै लाग्यो — कृष्णमणि कुइँकेल त नमागीकन दिने दाता पो हुनुहुँदो रहेछ बाबै !
त्यो दिन मेरो मुखमा सरस्वती माता बस्नुभएको रहेछ । त्यसैले शब्दयात्रा प्रकाशनबाट गर्न खोजिएको कामको योजना सुनेर जग्गा दिऊँ–दिऊँ लागेछ कृष्णमणि कुइँकेललाई । उहाँले जग्गा दिनुभो ३ आना । पछि जग्गा नाप्ता निस्कियो ५ आना । ‘सबै जग्गा लैजाओस् शब्दयात्राले’ भन्नुभो उहाँले ।
जग्गा त दिनुभो, तैपनि संस्था चलाउन धौधौ त हुने नै भयो । संस्थाकै बारेमा कुरा चल्दा कुरैकुरामा कार्यालयका लागि भाडा तिर्न हम्मेहम्मे परेको कुरा गरेँ मैले एक दिन । कृष्णमणि कुइँकेलले तुरुन्तै भन्नुभो — ‘त्यसो भए आफ्नो व्यवस्था नभएसम्मका लागि चलाउनोस् न त जग्गाकै छेउको दुईतले घर । महादेवको घर हो । मर्मत–सम्भारचाहिँ गर्नोस् । भाडा तिर्नुपर्दैन ।’
त्यो पनि मैले मागेको थिइनँ । उहाँले नै दिनुभो । एउटा मान्छेले भरखर जन्मेको साहित्यिक संस्थालाई यसभन्दा बढी कति दिन सक्छ होला र ! उहाँले दिन सक्नेसम्म दिनुभो । कत्रो छाती उहाँको !
कृष्णमणि कुइँकेल अहिले शब्दयात्रा प्रकाशनको सञ्चालक समितिमा पनि रहनुभएको छ । उहाँले दिनुभएको जग्गामा पाँचवटा सालिक ठडिएका छन् । सालिक पहिलो शिक्षासेवी षडानन्द अधिकारीको, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटाको, राष्ट्रिय पुरस्कार पाउने प्रथम वैज्ञानिक नरबहादुर भारतीको, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीको र गीत रेकर्ड गर्ने प्रथम गायिका मेलवादेवी गुरुङको । शब्दयात्रा प्रकाशनले ती सालिकहरू राख्न सक्यो । सालिक निर्माण गर्नमा, शिलान्यास गर्नमा, स्थापना गर्नमा र अनावरण गर्नमा पनि उहाँको ठूलो भूमिका रह्यो ।
कृष्णमणि कुइँकेलले दिनुभएको कथावस्तुमा मैले ‘माधुरी आचार्य’ नाउँको उपन्यास लेखेँ । मैले सम्पादन गरेका केही किताबहरूमा उहाँका लेखहरू पनि राखेँ ।
काभ्रे बनेपाको कुइँकेलगाउँमा छविलाल र धनकुमारीका सुपुत्रका रूपमा २०३४ साल वैशाख १९ गते आइतबार जन्मनुभएका कृष्णमणि कुइँकेलले हिन्दूको इज्जत बढाइदिनुभो । नेपालीको इज्जत बढाइदिनुभो । काभ्रेलीको इज्जत बढाइदिनुभो । बनेपालीको इज्जत बढाइदिनुभो । समाजसेवीको इज्जत बढाइदिनुभो । साहित्यसेवीको इज्जत बढाइदिनुभो । कुइँकेलको इज्जत बढाइदिनुभो ।
‘कृष्णमणिजी ! अफिसमा पानीको समस्या प¥यो, समाधान गरिदिनोस् न !’ ‘हस् ।’ ‘कृष्णमणिजी ! अलिकति काम गर्ने मान्छेको खाँचो प¥यो, खोजिदिनोस् न !’ ‘हस् ।’ ‘कृष्णमणिजी ! बिरुवा रोप्ने ठाउँ मिलाइदिनोस् न !’ ‘हस् ।’ ‘कृष्णमणिजी ! अहिल्यै यो सामान चाहियो, खोजिदिनोस् न !’ ‘हस् ।’ ‘कृष्णमणिजी ! जरुरी काम प¥यो, एकछिन मकहाँ आइदिनोस् न !’ ‘हस् ।’ यस्ता ‘हस्’ त कति हो कति !
शब्दयात्रा प्रकाशन भनेपछि हुरुक्कै हुने यस्ता कृष्णमणि कुइँकेलको कुरा कति गर्नु ! जति पनि गर्नु । सुन्नेले सुनिदिए र पढ्नेले पढिदिए त जति पनि गरिन्थ्यो होला ! अहिलेका लागि त भो, अरू कुरा अब म गर्दिनँ ।
शब्दयात्रा प्रकाशनको पाँचौं वार्षिक साधारणसभा बस्नेसम्बन्धी सूचना
शब्दयात्रा प्रकाशन (मुनाफा वितरण नगर्ने कम्पनी) को सञ्चालक समितिको मिति २०७५ पुस १ गते आइतबार बसेको बैठकको निर्णयबमोजिम यस प्रकाशनको पाँचौँ वार्षिक साधारणसभा निम्नलिखित विषयहरूमा छलफल र निर्णय गर्न देहायबमोजिमको मिति, समय र स्थानमा बस्ने भएको हुँदा कम्पनी ऐन २०६३ को दफा ६७ (२) अनुसार साधारणसभाका सदस्य महानुभावहरूको जानकारी तथा उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ ।
पाँचौँ वार्षिक साधारणसभा हुने मिति, समय र स्थान ः
मिति ः २०७५ साल पुस २७ गते शुक्रबार तदनुसार ११ जनवरी २०१९
समय ः दिउँसो १ बजे
स्थान ः शब्दयात्रा प्रकाशनको सभाकक्ष, नीलकण्ठेश्वर परिसर, बनेपा — ६, काभ्रे
छलफलका विषयहरू ः
१. सञ्चालक समितिका तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदनसहितको २०७५ साल असार मसान्तसम्मको वासलात तथा आ. व. २०७४ को नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण र सोका अनुसूचीहरूउपर छलफल गरी पारित गर्ने ।
३. आ. व. २०७५–७६ लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने ।
४. आ. व. २०७५–७६ को वार्षिक कार्यक्रम तथा अनुमानित आय–व्यय विवरणमाथि छलफल गरी पारित गर्ने ।
५. विविध ।
यस प्रकाशनको वार्षिक प्रतिवेदनसहितको विवरण साधारणसभाका सबै सदस्य महानुभावहरूको ठेगानामा साधारणसभाको सूचनाका साथ संलग्न गरी पठाइएको छ । सो प्रतिवेदन प्राप्त नभएका सदस्य महानुभावहरूले प्रकाशनको बनेपास्थित कार्यालयमा सम्पर्क राखी लिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
सञ्चालक समितिको आज्ञाले
महाप्रबन्धक ः शब्दयात्रा प्रकाशन
हार्दिक बधाई
शब्दयात्रा प्रकाशनको समुन्नतिका लागि सक्रिय व्यक्तित्व रोशन मञ्जुश्री अधिकारी काठमाडौं विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ विषयमा ३.८७ सीजीपीए ल्याई स्नातकोत्तर तह उत्तीर्ण गरेर दीक्षित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
शब्दयात्राबाट सिफारिस आह्वान
शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष समर्पण गरिने १८ विधाका सम्मानहरूमध्ये २०७५ सालका लागि तेस्रो चरणको सम्मान समर्पण कार्यक्रम आगामी माघ महिनामा हुने भएको र त्यस बखत विभिन्न ६ विधाका सम्मानहरू समर्पण गरिने भएकाले ती सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण आगामी पुस २५ गतेभित्र उपलब्ध गराइदिन शब्दयात्रा प्रकाशनले सबैमा अनुरोध गरेको छ ।
माघ महिनामा शब्दयात्रा कविप्रसाद प्याकु¥याल कविताकाव्य सम्मान, शब्दयात्रा गोपाल पराजुली बालसाहित्य सम्मान, शब्दयात्रा हरिगोपाल प्रधान समालोचना सम्मान, शब्दयात्रा मनका श्रेष्ठ महिला प्रतिभा सम्मान, शब्दयात्रा राजेन्द्र विरही अनुसन्धान सम्मान र शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान समर्पण गरिन्छन् ।
गत वर्ष ती सम्मानहरूबाट किरण खरेल, कल्पना प्रधान, डा. दयाराम श्रेष्ठ ‘सम्भव’, नूपुर भट्टाचार्य, प्रा. चेतोनाथ गौतम र मुनिबहादुर शाक्य सम्मानित भएका थिए ।
शब्दयात्रा प्रकाशन पुरस्कृत
शब्दयात्रा प्रकाशनलाई १५ हजार रुपियाँ राशीको सीता राणा प्रतिभा पुरस्कार प्रदान गरिएको छ । गत २०७५ मङ्सिर २८ गते शुक्रबार काठमाडौँमा कर्ण कौशल्या सीता राणा स्मृति प्रतिष्ठान तथा भोग्य सगुन सेवा समाजद्वारा संयुक्त रूपमा आयोजित समारोहमा प्रमुख अतिथिका रूपबाट अर्थविद् तथा पूर्वगभर्नर हिमालय शमशेर राणाले उक्त पुरस्कार प्रदान गर्नुभएको हो । उक्त पुरस्कार संस्थाका तर्फबाट अध्यक्ष हरि मञ्जुश्रीले ग्रहण गर्नुभएको थियो ।
डा. केदार न्यौपानेको सभापतित्वमा जीवनचन्द्र कोइरालाबाट सञ्चालित उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका विषयमा साहित्यकार कलाधर काफ्लेले जानकारी गराउनुभएको थियो भने स्वागत भाषण डा. विष्णु सापकोटाले गर्नुभएको थियो ।
कार्यक्रममा शब्दयात्रा प्रकाशनका तर्फबाट हरि मञ्जुश्री, कृष्णमणि कुइँकेल, चूडाप्रसाद चौलागाईं, माधवप्रसाद तिवारी, द्रोणप्रसाद श्रेष्ठ र चन्द्रबहादुर खड्काले सहभागिता जनाउनुभएको थियो ।
उक्त कार्यक्रममा पत्रकारद्वय ध्रुवहरि अधिकारी र गोपाल बस्नेत तथा समाजसेवी नवराज लामिछानेलाई पनि पुरस्कृत तथा चलचित्र कलाकार जयनन्द चन्द ठाकुरलाई आर्थिक सहयोग गरिएको थियो ।
बन्यो बनेपामा ऐतिहासिक स्मारक
शब्दयात्रा प्रकाशनले काभ्रेको बनेपामा ऐतिहासिक महàवका शीर्ष व्यक्तित्वहरूको सालिक निर्माण गरी अनावरण गराएको छ । गत २०७५ मङ्सिर २६ गते बुधबार ती सालिकहरू अनावरण गरिएका हुन् । शिक्षा–शिक्षण, आमसञ्चार–पत्रकारिता, विज्ञान–प्रविधि, भाषा–साहित्य र गीत–सङ्गीत क्षेत्रका अग्रज व्यक्तित्वहरूको सालिक एकै ठाउँमा स्थापना गरिएको यो पहिलोपटक हो ।
समाजसेवी कृष्णमणि कुइँकेलले शब्दयात्रा प्रकाशनलाई दान दिएको बनेपा — ६ कुइँकेलगाउँमा पर्ने जग्गामा निजी क्षेत्रबाट पहिलोपटक संस्थागत विद्यालयको स्थापना गरेका शिक्षासेवी आबाल ब्रह्मचारी षडानन्द अधिकारी, लोकतान्त्रिक विचार प्रवाह गर्न पत्रिका प्रकाशन गरेका प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, विज्ञान विधामा पहिलोपटक प्रज्ञा पुरस्कार प्राप्त गरेका वैज्ञानिक नरबहादुर भारती, भाषा–साहित्य क्षेत्रको उन्नयनमा लागेबापत मृत्युवरण गरेका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र गीत–सङ्गीत क्षेत्रको प्रवद्र्धनका लागि पहिलोपटक स्वराङ्कन (गीत रेकर्ड) गरेकी गायिका मेलवादेवी गुरुङ गरी नेपालका मूद्र्धन्य व्यक्तित्व पाँचजनाको अर्धकदको सालिक राखिएको हो ।
बनेपा नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष सच्चिदानन्द केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा षडानन्द अधिकारीको सालिक नमोबुद्ध नगरपालिकाका प्रमुख टीपी शर्मा तिमल्सिनाले, देवीप्रसाद सापकोटाको सालिक मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले, नरबहादुर भारतीको सालिक धुलिखेल नगरपालिकाका प्रथम नगरप्रमुख बेलप्रसाद श्रेष्ठले, कृष्णलाल अधिकारीको सालिक पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले र मेलवादेवी गुरुङको सालिक काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति नेपालका शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्माले अनावरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा डा. इन्दुल केसी, रमेश अधिकारी, सोमकाजी शाक्य, प्रकाशबहादुर कायस्थ, केदारनाथ तिमल्सिना, हरिप्रसाद चौलागाई, शारदाप्रसाद शर्मा, दामोदर घिमिरे, दण्डपाणि अधिकारी आदि कविहरूले कवितावाचन गर्नुभएको थियो, समाजसेवी सुशीलकुमार अग्रवालबाट रुद्राक्षको बिरुवा रोपण गरिएको थियो, आध्यात्मिक चिन्तक मुकुन्दप्रसाद उपाध्यायले आध्यात्मिक प्रवचन गर्नुभएको थियो, रामहरि न्यौपानेले गीत प्रस्तुत गर्नुभएको थियो, इ. रोशन मञ्जुश्री अधिकारीले ‘शब्दसौगात’ नामक वृत्तचित्रको र राजु लामाले आफूले बनाएका वैज्ञानिक उपकरणहरूको प्रदर्शनी गर्नुभएको थियो ।
कार्यक्रममा अतिथिका रूपमा लेखक द्रोणप्रसाद श्रेष्ठ, अग्रज लोकगायक मच्छेश्वर सापकोटा र शिक्षासेवी रामप्रसाद अधिकारी हुनुहुन्थ्यो भने सालिकका लागि सहयोग जुटाउन सहयोग गर्नुभएकोमा द्रोणप्रसाद श्रेष्ठलाई उपहार प्रदान गरिएको थियो ।
अनावरण कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीबाट र अन्य कार्यक्रमको सञ्चालन महाप्रबन्धक शारदाप्रसाद शर्माबाट गरिएको उक्त समारोहमा जग्गादाता कृष्णमणि कुइँकेल र गीता कुइँकेललाई संयुक्त रूपमा सम्मान गरिएको थियो । नैमिषारण्य गुरुकुलम्का वटुकहरूले स्वस्तिवाचन गरेर सुरु भएको अनावरण कार्यक्रममा स्वागत भाषण सञ्चालक सदस्य हरिगोपाल प्रधानले गर्नुभएको थियो भने चूडाप्रसाद चौलागाईं, चन्द्रबहादुर खड्का, त्रिरत्न रन्जितकार, माधवप्रसाद तिवारी र पदमनाथ ढुङ्गानाले व्यवस्थापन सहयोग गर्नुभएको थियो । कार्यक्रमस्थलमा सालिकका लागि सहयोग गर्नेहरूको विवरणलगायतका विभिन्न ब्यानरहरू राखिएका थिए ।
स्मरणीय छ — पुस्तकालय, सङ्ग्रहालय, अतिथिगृह, सरस्वतीको मन्दिर आदिसहितको राष्ट्रिय स्तरको अनुसन्धान केन्द्र बनाएर काभ्रे जिल्लालाई शिक्षा–शिक्षण, आमसञ्चार–पत्रकारिता, विज्ञान–प्रविधि, भाषा–साहित्य र गीत–सङ्गीत क्षेत्रका नेपालभरिका व्यक्तित्वहरू काभ्रे जिल्लामा अनिवार्य रूपमा आउनैपर्ने स्थल बनाउन शब्दयात्रा प्रकाशन लागिपरेको छ । समाजको हितमा काम गरेका तर उचित मूल्याङ्कनमा पर्न नसकेका व्यक्तिहरूको इतिहास जोगाएर उनीहरूले जस्तै राम्रो काम गर्न अरूलाई उत्प्रेरित गराउन पनि यो संस्था सक्रिय छ ।
बनेपामा शब्दसाधकहरूको स्मारक बनेकोमा काभ्रे जिल्लावासीहरू हर्षित बनेका छन् । यस स्मारकले काभ्रे जिल्लामा बौद्धिक पर्यटक ल्याउन अहम् भूमिका खेल्ने र योगदानको कदर गर्ने संस्कृतिको विस्तार गराउने विश्वास गरिएको छ ।
नाउँ सिफारिस पठाउन अनुरोध
शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष समर्पण गरिने १८ विधाका सम्मानहरूमध्ये २०७५ सालका लागि तेस्रो चरणको सम्मान समर्पण कार्यक्रम आगामी माघ महिनामा हुने भएको छ । त्यस बखत निम्नलिखित ६ विधाका सम्मानहरू समर्पण गरिनेछन् । ती सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण आगामी पुस २५ गतेभित्र उपलब्ध गराइदिन सबैमा अनुरोध छ ।
१. शब्दयात्रा कविप्रसाद प्याकु¥याल कविताकाव्य सम्मान : (गत वर्ष किरण खरेल सम्मानित)
२. शब्दयात्रा गोपाल पराजुली बालसाहित्य सम्मान : (गत वर्ष कल्पना प्रधान सम्मानित)
३. शब्दयात्रा हरिगोपाल प्रधान समालोचना सम्मान : (गत वर्ष प्रा. डा. दयाराम श्रेष्ठ ‘सम्भव’ सम्मानित)
४. शब्दयात्रा मनका श्रेष्ठ महिला प्रतिभा सम्मान : (गत वर्ष नूपुर भट्टाचार्य सम्मानित)
५. शब्दयात्रा राजेन्द्र विरही अनुसन्धान सम्मान : (गत वर्ष प्रा. चेतोनाथ गौतम सम्मानित)
६. शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान : (गत वर्ष मुनिबहादुर शाक्य सम्मानित)
शब्दयात्रा प्रकाशन
अक्षरधाम, नीलकण्ठेश्वर, बनेपा, काभ्रे
दूरभाषाङ्क : ०११–४१५२१५÷०११–६६२९६२
विद्युतीय हुलाक : [email protected]
हार्दिक बधाई
शब्दयात्रा पत्रकार समाजका सदस्य तथा सम्पदा फोटो भिजन सङ्ग्रह नेपालका संस्थापक अध्यक्ष स्वतन्त्र फोटो पत्रकार पदमसागर कक्षपति नेपाल–भारत आदिवासी जनजाति मैत्री सङ्घबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
शब्दयात्राका जग्गादातालाई सम्मान गरिने
शब्दयात्रा प्रकाशनका जग्गादाता समाजसेवी कृष्णमणि कुइँकेललाई सुभाष स्मृति प्रतिष्ठानले सम्मान गर्ने भएको छ । प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा जग्गादाता समाजसेवीका रूपमा उहाँलाई सम्मान गर्न लागिएको हो । श्री कुइँकेलले अध्यक्षता गर्नुभएको नीलकण्ठेश्वरधाम संरक्षण समितिले पनि शब्दयात्रा प्रकाशनलाई निःशुल्क कार्यालय उपलब्ध गराएको छ ।
उक्त कार्यक्रममा काभ्रेको खरेलथोकमा बौद्धिक अपाङ्गता पुनस्र्थापन केन्द्र सञ्चालन गरेकी समाजसेवी सुधा सिलवाललाई पनि सम्मान गरिने कुरा सुभाष स्मृति प्रतिष्ठानका अध्यक्ष चन्द्रबहादुर खड्काले जानकारी गराउनुभएको छ ।