शब्दयात्रा प्रकाशनले आगामी २०७५ माघ महिनामा समर्पण गरिने ६ विधाका सम्मानका लागि उपयुक्त व्यक्ति तथा संस्थाको चयन गर्न सम्मानित व्यक्तित्व चयन समितिको गठन गरेको छ । डा. इन्दुल केसी संयोजक रहेको उक्त समितिको सदस्यमा रमेश अधिकारी र निर्मला श्रेष्ठ सदस्य रहनुभएको छ ।
शब्दयात्रा प्रकाशनबाट हरेक माघ महिनामा कविता–काव्य, बालसाहित्य, समालोचना, महिला प्रतिभा, अनुसन्धान र विज्ञान–प्रविधि विधाका सम्मानहरू समर्पण गरिनेछन् । हरेक वर्ष १८ विधाका सम्मानहरू तीन चरणमा समर्पण गर्ने गरिएकोमा २०७५ सालका लागि यो तेस्रो चरण हो ।