Home Blog Page 145

नौ वर्षका उपलब्धि

0

शब्दयात्रा प्रकाशन काभ्रे जिल्लाबाट विभिन्न वाङ्मयिक गतिविधिहरू गरिरहेको छ । यस संस्थाले मुख्यतः —

  • समाजसेवी तथा बनेपा नगरपालिका वडा नं. ६ का वडासदस्य कृष्णमणि कुइँकेलबाट हालको चलनचल्तीको मूल्यअनुसार करिब ५० लाख रुपियाँ बराबरको जग्गा दानमा प्राप्त गरेको छ ।
  • नीलकण्ठेश्वरधाम संरक्षण समितिबाट कार्यालय भवन निःशुल्क प्राप्त गरेको छ ।
  • रामचन्द्र हुमागाईंबाट ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाको स्वामित्व निःशुल्क प्राप्त गरेको छ र त्यो पत्रिका नियमित रूपमा प्रकाशन भइरहेको छ ।
  • सम्मानकोषका लागि उर्मिला श्रेष्ठ, गोपाल पराजुली, योगेन्द्र खत्री, कृष्णहरि मैनाली, द्रोणप्रसाद श्रेष्ठ, कविप्रसाद प्याकुरेल, कल्याण लम्साल, निर्मलाकुमारी यगोल श्रेष्ठ, सुनील सापकोटा, सुदर्शन आचार्य, राजेन्द्र विरही र निर्मला श्रेष्ठले एक–एक लाख रुपियाँ राखिदिनुभएको छ । गीता मञ्जुश्री, आनन्दराज श्रेष्ठ र रमेश पौडेलले हरेक वर्ष सम्मानका लागि आर्थिक सहयोग गर्नुभएको छ ।
  • हरिगोपाल प्रधानले सम्मानका लागि नगद रकम, माला, प्रमाणपत्र, फ्रेम आदि र अन्य सहयोगसमेत गरी हरेक वर्ष ५० हजार रुपियाँ बराबरको सहयोग गरिरहनुभएको छ ।
  • पत्रकारिता छात्रवृत्ति कोषका लागि द्रोणप्रसाद श्रेष्ठले १ लाख रुपियाँ अक्षयकोषमा राखिदिनुभएको छ ।
  • हरेक वर्ष विभिन्न विधाका १८ जना राष्ट्रिय व्यक्तित्वलाई प्रतिव्यक्ति ५ हजार रुपियाँसहित सम्मान समर्पण गरिरहेको छ ।
  • हरेक वर्ष काभ्रेली छात्रालाई १० हजार रुपियाँका दरले पत्रकारिता छात्रवृत्ति प्रदान गरिरहेको छ ।
  • हरेक वर्ष १० हजार रुपियाँको कर्मशीलता पुरस्कार प्रदान गरिरहेको छ ।
  • हरेक वर्ष २ जना काभ्रेली पत्रकारलाई कदरपत्र प्रदान गरिरहेको छ ।
  • विभिन्न लेखकहरूले लेखेका विभिन्न विधाका १२९ वटा पुस्तकको प्रकाशन गरिसकेको छ ।
  • सरस्वतीको मूर्ति राखी प्राणप्रतिष्ठा गरिसकेको छ ।
  • पुस्तकालयको स्थापना पनि भइसकेको छ ।
  • हरिगोपाल प्रधान, बुद्धरत्न मानन्धर, त्रिरत्न रन्जितकार, सुनील सापकोटा, गीता मञ्जुश्री, डा. भास्कर हुमागाईं जस्ता विभिन्न व्यक्तिहरूबाट विभिन्न समयमा आर्थिक तथा भौतिक सहयोग प्राप्त गरेको छ ।
  • नेपालका विशिष्ट व्यक्तित्व पाँचजनाको अर्धकदको सालिक बनेपामा स्थापना गरेको छ । अब निजी क्षेत्रबाट पहिलोपटक संस्थागत विद्यालयको स्थापना गरेका शिक्षासेवी आबाल ब्रह्मचारी षडानन्द अधिकारी, लोकतान्त्रिक विचार प्रवाह गर्न पत्रिका प्रकाशन गरेका प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, राष्ट्रिय पुरस्कार पाउने पहिलो वैज्ञानिक नरबहादुर भारती, भाषा–साहित्य क्षेत्रमा लागेर सहिद बनेका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र पहिलोपटक गीत रेकर्ड गरेकी गायिका मेलवादेवी गुरुङको सालिक एकै ठाउँमा देख्न पाइएको छ ।
  • धुलिखेलमा समाजसेवी बेलप्रसाद श्रेष्ठको प्रतिमा जीवित अवस्थामै स्थापना गरेको छ ।
  • वेभसाइट सञ्चालन गरेको छ ।
  • विभिन्न लेखकका छुट्टाछुट्टै ब्लगहरू बनाई ती ब्लगहरूमा सम्बन्धित लेखकका पुस्तक, व्यक्तिगत विवरण, तस्बिर, प्रमाणपत्र आदि राखेर विद्युतीय सञ्चार–माध्यमबाट नेपाली लेखकहरूलाई अन्तर्राष्ट्रियकरण गरिँदैछ । यसरी शब्दयात्रा प्रकाशनबाट छापिएका पुस्तकहरू संसारको जुनसुकै ठाउँमा बसेको व्यक्तिले अब कम्प्युटर, ल्यापटप र मोबाइलबाट पढ्न सक्ने भएको छ ।
  • वृत्तचित्रको निर्माण पनि गरेको छ ।
  • शब्दयात्रा प्रकाशनबाट छापिएका पुस्तकहरू वाचन गरेर चित्रसहित यु–ट्युबमा राख्न थालिएको छ ।
    यी उपलब्धिहरूबाट नै यस संस्थाको भविष्यका बारेमा अनुमान गर्न सकिन्छ ।

शब्दयात्राले ग¥यो सम्मान : ६ जना सम्मानित, ३ पुस्तक सार्वजनिक

0

नेपालको शैक्षिक प्रणालीलाई युगानुकूल सुधार गरेर शैक्षिक संस्थाहरूलाई स्वायत्त संस्थाका रूपमा विकसित गराउन र शिक्षानीतिलाई नेपाली लोकजीवनसँग एकाकार बनाई समृद्ध राष्ट्रनिर्माणमा शैक्षिक क्षेत्रलाई उपयोग गराउन लेखन, प्रकाशन, अभिभाषण आदिद्वारा उत्प्रेरित गराउनुभएका शिक्षाविद् डा. केदारनाथ श्रेष्ठलाई शब्दयात्रा शिक्षा सम्मानद्वारा सम्मानित गरिएको छ ।
नेपालको आमसञ्चार क्षेत्रले स्वाभिमानपूर्वक कर्तव्यपालन गर्न नसकिरहेको परिस्थितिमा युगीन जिम्मेवारीलाई स्वीकार गर्दै आमसञ्चारका क्षेत्रमा ऐतिहासिक भूमिका निर्वाह गरेर आमसञ्चारको मूल मर्म र कर्मको उदाहरण नेपाली समाजमा प्रस्तुत गर्नुभएका वरणीय पत्रकार ध्रुवहरि अधिकारीलाई शब्दयात्रा आमसञ्चार सम्मानद्वारा सम्मानित गरिएको छ ।
‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ लगायतका राष्ट्रिय स्तरका विभिन्न पत्रिकाहरूमा सामाजिक क्षेत्रका नवीनतम विषयहरूलाई आधार बनाई गहन विश्लेषणात्मक टिप्पणीहरू गर्दै सम्बन्धित विषयमा आफ्ना मौलिक चिन्तनहरू पनि प्रस्तुत गरेर उल्लेख्य योगदान गर्नुभएका स्तम्भकार टीपी शर्मा तिमिल्सिनालाई नेपालभूमि स्तम्भकार सम्मानद्वारा सम्मानित गरिएको छ ।
यसै गरी नेपालको फोटो पत्रकारिता क्षेत्रको ऐतिहासिक पृष्ठभूमि बोक्ने विशिष्ट व्यक्तित्वका रूपमा रही फोटो पत्रकारितालाई विशेष स्थान दिलाउन अहम् भूमिका खेलेर त्यसलाई पत्रकारिता जगत्कै महàवपूर्ण अङ्गका रूपमा विकसित गराउन उल्लेख्य योगदान गर्नुभएका फोटो पत्रकार राजेन्द्र चित्रकारलाई शब्दयात्रा फोटो पत्रकारिता सम्मानद्वारा सम्मानित गरिएको छ ।
नेपालको आध्यात्मिक पत्रकारिताका क्षेत्रमा निरन्तर सक्रिय भई विभिन्न आध्यात्मिक कार्यक्रम सञ्चालन गरेर श्रोताहरूमा आध्यात्मिक जागरण, चारित्रिक शुद्धता र नैतिक बलको वृद्धि गराउनमा खेलेको अहम् भूमिकाप्रतिको कृतज्ञतास्वरूप आध्यात्मिक क्षेत्रको एक मात्र टेलिभिजन भक्तिदर्शन टेलिभिजनलाई शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मानद्वारा सम्मानित गरिएको छ ।
नेपाली भाषा–साहित्यको उन्नयन र साहित्यकारहरूको प्रतिष्ठावृद्धिका लागि विगत अढाइ दशक अघिदेखि श्री नवराज रिजालको सम्पादनमा प्रकाशित भई हालसम्म महàवपूर्ण भाषिक–साहित्यिक सामग्रीहरूको प्रकाशनका लागि निर्वाह गरिरहेको अहम् भूमिकाप्रतिको कृतज्ञतास्वरूप साहित्यिक त्रैमासिक पत्रिका ‘नवप्रज्ञापन’ लाई शब्दयात्रा साहित्यिक पत्रिका सम्मानद्वारा सम्मानित गरिएको छ ।
शब्दयात्रा प्रकाशनद्वारा गत २०७६ साल कार्तिक २३ गते शनिबार काभ्रेको धुलिखेलमा रहेको होटल हिमालयन प्याराडाइज इनमा आयोजित समारोहमा प्रमुख अतिथिका रूपबाट निष्कलङ्क प्रशासक तथा सर्वमान्य कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठले अभिवन्दनापत्र र विशिष्ट अतिथिका रूपबाट शैक्षिक शिरोभूषण काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माले किरीट समर्पण गरेर उहाँहरूलाई सम्मान गर्नुभएको हो । भक्तिदर्शन टेलिभिजनका तर्फबाट प्रमुख रचना श्रेष्ठ र नवप्रज्ञापन त्रैमासिक पत्रिकाका तर्फबाट सम्पादक नवराज रिजाल उपस्थित हुनुहुन्थ्यो । टीपी शर्मा तिमिल्सिना उहाँलाई नै सम्मान गरिएको अर्को कार्यक्रममा उपस्थित हुनुपरेकाले यस कार्यक्रममा उपस्थित हुन सक्नुभएको थिएन । उहाँको सम्मान उहाँका तर्फबाट दीपक तिमल्सिनाले ग्रहण गर्नुभएको थियो ।
सम्मानित व्यक्तित्वहरूलाई पदम दाहाल र पशुपतिमान पःमाँले उपहार तथा रमेश पौड्याल, सुनील सापकोटा, हरिगोपाल प्रधान, वासुदेव कुइँकेल र गीता मञ्जुश्रीले ५–५ हजार रुपियाँ भेटी समर्पण गर्नुभएको थियो ।
मञ्चस्थ व्यक्तिहरूलाई रुद्राक्षमाला सङ्गीता केसी र दीपक तिमल्सिनाले, ब्याच पुण्यवती घले र पूर्णबहादुर कार्कीले तथा पुष्पमाला नानुदेवी कुइँकेल र देवीप्रसाद ढुङ्गानाले प्रदान गर्नुभएको उक्त कार्यक्रमको सभापतित्व शब्दयात्रा प्रकाशनका संस्थापक सदस्य हरिगोपाल प्रधानले र सामग्रीको व्यवस्थापन महाप्रबन्धक शारदाप्रसाद शर्माले गर्नुभएको थियो भने स्वस्तिवाचन गर्ने नैमिषारण्य संस्कृत गुरुकुलम्का वटुकहरूलाई ध्रुवराज नेपालले टीका र छविलाल कुइँकेलले दक्षिणा प्रदान गर्नुभएको थियो । सम्मानसम्बन्धी अन्य व्यवस्थापन सञ्चालक सदस्य शिव बन्जारा र शकुन्तला बन्जाराले गर्नुभएको थियो ।
स्वागत भाषण शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य तथा जग्गादाता कृष्णमणि कुइँकेलले गर्नुभएको उक्त कार्यक्रममा नवीना श्रेष्ठद्वारा अनूदित तथा सम्पादित ‘श्रीस्वस्थानी व्रतकथा’ लाई प्रमुख अतिथि सूर्यप्रसाद श्रेष्ठले, ओतबहादुर खड्काद्वारा अनूदित ‘वेद के भन्छ ?’ लाई विशिष्ट अतिथि डा. सुरेशराज शर्माले र केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘स्पेनको यात्रा’ लाई अतिथि बेलप्रसाद श्रेष्ठले सार्वजनिक गर्नुभएको थियो । सार्वजनिक गरिएका कृतिहरूको परिचय डा. इन्दुल केसीबाट र कृतिकारका तर्फबाट मन्तव्य नवीना श्रेष्ठबाट प्रस्तुत गरिएको थियो ।
सम्मानित व्यक्तित्वहरूको चयनसम्बन्धी जानकारी चयन समितिका संयोजक पदम दाहालले प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा चयन समितिका सदस्यहरूलाई चूडाप्रसाद चौलागाई र दामोदर घिमिरेले तथा प्रमुख अतिथिलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण महाप्रबन्धक शारदाप्रसाद शर्मा र सभापति हरिगोपाल प्रधानले उपहार समर्पण गर्नुभएको थियो ।
गीतिभास्कर मच्छेश्वर सापकोटाले कार्यक्रमको समीक्षा गर्दै सभाविसर्जन गर्नुभएको उक्त कार्यक्रममा शिक्षासेवी डा. उत्तमकृष्ण कर्माचार्य, आध्यात्मिक लेखक मुकुन्दप्रसाद उपाध्याय, फोटो पत्रकार पदमसागर कक्षपति, शिक्षासेवी चन्द्रबहादुर खड्का, शिक्षासेवी रामप्रसाद अधिकारी आदि गण्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका अध्यक्ष हरि मञ्जुश्रीबाट गरिएको थियो ।

यस्ता छन् अभिवन्दनापत्रका बेहोराहरू

(क)
श्री रमेश पौड्यालद्वारा व्यवस्थापित
शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान, २०७६
नेपालको शैक्षिक प्रणालीलाई युगानुकूल सुधार गरेर शैक्षिक संस्थाहरूलाई स्वायत्त संस्थाका रूपमा विकसित गराउन र शिक्षानीतिलाई नेपाली लोकजीवनसँग एकाकार बनाई समृद्ध राष्ट्रनिर्माणमा शैक्षिक क्षेत्रलाई उपयोग गराउन लेखन, प्रकाशन, अभिभाषण आदिद्वारा उत्प्रेरित गराउनुभएका शिक्षाविद् डा. केदारनाथ श्रेष्ठलाई उपहार, किरीट र भेटीसहित यस संस्थाद्वारा संस्थापित शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
पशुपतिमान पःमाँ रमेश पौड्याल हरि मञ्जुश्री सूर्यप्रसाद श्रेष्ठ
सदस्य सम्मान व्यवस्थापक अध्यक्ष प्रमुख अतिथि
सिफारिस समिति शब्दयात्रा प्रकाशन शब्दयात्रा प्रकाशन पूर्वसचिव, पूर्वआयुक्त तथा पूर्वराजदूत
दिनाङ्क ः शनिबार, २३ कार्तिक २०७६

(ख)
श्री सुनील सापकोटाद्वारा व्यवस्थापित
शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, २०७६
नेपालको आमसञ्चार क्षेत्रले स्वाभिमानपूर्वक कर्तव्यपालन गर्न नसकिरहेको परिस्थितिमा युगीन जिम्मेवारीलाई स्वीकार गर्दै आमसञ्चारका क्षेत्रमा ऐतिहासिक भूमिका निर्वाह गरेर आमसञ्चारको मूल मर्म र कर्मको उदाहरण नेपाली समाजमा प्रस्तुत गर्नुभएका वरणीय पत्रकार श्री ध्रुवहरि अधिकारीलाई उपहार, किरीट र भेटीसहित यस संस्थाद्वारा संस्थापित शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
पदम दाहाल सुनील सापकोटा हरि मञ्जुश्री सूर्यप्रसाद श्रेष्ठ
संयोजक सम्मान व्यवस्थापक अध्यक्ष प्रमुख अतिथि
सिफारिस समिति शब्दयात्रा प्रकाशन शब्दयात्रा प्रकाशन पूर्वसचिव, पूर्वआयुक्त तथा पूर्वराजदूत
दिनाङ्क ः शनिबार, २३ कार्तिक २०७६

(ग)
नेपालभूमि राष्ट्रिय साप्ताहिकद्वारा व्यवस्थापित
शब्दयात्रा नेपालभूमि स्तम्भकार सम्मान, २०७६
‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ लगायतका राष्ट्रिय स्तरका विभिन्न पत्रिकाहरूमा सामाजिक क्षेत्रका नवीनतम विषयहरूलाई आधार बनाई गहन विश्लेषणात्मक टिप्पणीहरू गर्दै सम्बन्धित विषयमा आफ्ना मौलिक चिन्तनहरू पनि प्रस्तुत गरेर उल्लेख्य योगदान गर्नुभएका स्तम्भकार श्री टी. पी. शर्मा तिमिल्सिनालाई उपहार, किरीट र भेटीसहित यस संस्थाद्वारा संस्थापित शब्दयात्रा नेपालभूमि स्तम्भकार सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
भवानी पाण्डे रश्मि अधिकारी हुमागाईं हरि मञ्जुश्री सूर्यप्रसाद श्रेष्ठ
सदस्य सम्पादक अध्यक्ष प्रमुख अतिथि
सिफारिस समिति नेपालभूमि साप्ताहिक शब्दयात्रा प्रकाशन पूर्वसचिव, पूर्वआयुक्त तथा पूर्वराजदूत
दिनाङ्क ः शनिबार, २३ कार्तिक २०७६

(घ)
श्री हरिगोपाल प्रधानद्वारा व्यवस्थापित
शब्दयात्रा फोटो पत्रकारिता सम्मान, २०७६
नेपालको फोटो पत्रकारिता क्षेत्रको ऐतिहासिक पृष्ठभूमि बोक्ने विशिष्ट व्यक्तित्वका रूपमा रही फोटो पत्रकारितालाई विशेष स्थान दिलाउन अहम् भूमिका खेलेर त्यसलाई पत्रकारिता जगत्कै महàवपूर्ण अङ्गका रूपमा विकसित गराउन उल्लेख्य योगदान गर्नुभएका फोटो पत्रकार श्री राजेन्द्र चित्रकारलाई उपहार, किरीट र भेटीसहित यस संस्थाद्वारा संस्थापित शब्दयात्रा फोटो पत्रकारिता सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
पशुपतिमान पःमाँ हरिगोपाल प्रधान हरि मञ्जुश्री सूर्यप्रसाद श्रेष्ठ
सदस्य सम्मान व्यवस्थापक अध्यक्ष प्रमुख अतिथि
सिफारिस समिति शब्दयात्रा प्रकाशन शब्दयात्रा प्रकाशन पूर्वसचिव, पूर्वआयुक्त तथा पूर्वराजदूत
दिनाङ्क ः शनिबार, २३ कार्तिक २०७६

(ङ)
श्री सुदर्शन आचार्यद्वारा व्यवस्थापित
शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मान, २०७६
नेपालको आध्यात्मिक पत्रकारिताका क्षेत्रमा निरन्तर सक्रिय भई विभिन्न आध्यात्मिक कार्यक्रम सञ्चालन गरेर श्रोताहरूमा आध्यात्मिक जागरण, चारित्रिक शुद्धता र नैतिक बलको वृद्धि गराउनमा खेलेको अहम् भूमिकाप्रतिको कृतज्ञतास्वरूप आध्यात्मिक क्षेत्रको एक मात्र टेलिभिजन श्री भक्तिदर्शन टेलिभिजनलाई उपहार, किरीट र भेटीसहित यस संस्थाद्वारा संस्थापित शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
भवानी पाण्डे सुदर्शन आचार्य हरि मञ्जुश्री सूर्यप्रसाद श्रेष्ठ
सदस्य सम्मान व्यवस्थापक अध्यक्ष प्रमुख अतिथि
सिफारिस समिति शब्दयात्रा प्रकाशन शब्दयात्रा प्रकाशन पूर्वसचिव, पूर्वआयुक्त तथा पूर्वराजदूत
दिनाङ्क ः शनिबार, २३ कार्तिक २०७६

(च)
योगेन्द्र खत्रीद्वारा व्यवस्थापित
शब्दयात्रा साहित्यिक पत्रिका सम्मान, २०७६
नेपाली भाषा–साहित्यको उन्नयन र साहित्यकारहरूको प्रतिष्ठावृद्धिका लागि विगत अढाइ दशक अघिदेखि श्री नवराज रिजालको सम्पादनमा प्रकाशित भई हालसम्म महàवपूर्ण भाषिक–साहित्यिक सामग्रीहरूको प्रकाशनका लागि निर्वाह गरिरहेको अहम् भूमिकाप्रतिको कृतज्ञतास्वरूप साहित्यिक त्रैमासिक पत्रिका ‘नवप्रज्ञापन’ लाई उपहार, किरीट र भेटीसहित यस संस्थाद्वारा संस्थापित शब्दयात्रा साहित्यिक पत्रिका सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
पदम दाहाल योगेन्द्र खत्री हरि मञ्जुश्री सूर्यप्रसाद श्रेष्ठ
संयोजक सम्मान व्यवस्थापक अध्यक्ष प्रमुख अतिथि
सिफारिस समिति शब्दयात्रा प्रकाशन शब्दयात्रा प्रकाशन पूर्वसचिव, पूर्वआयुक्त तथा पूर्वराजदूत
दिनाङ्क ः शनिबार, २३ कार्तिक २०७६

Congratulatory assessment and appreciation

0

Dear Hari Manjushreeji,

We know each other for long time since the publication of Late Rambhakta Memorial Publication. We know you not only as a good writer and best editor of Nepal not only of Kavre District. We have gone through your many publications high level and distinguished outstanding national personalities and dignitaries. Today, once again we wish to express our long left and heartfelt congratulation and greetings for your exemplary efforts and literary expertise.

Fortunately, this time yesterday I got wonderful opportunity to attend your SY Publication 2076 second phase  Award Ceremony 09th November 2019 because of Dr. Kedarnath Shrestha. Dr. Shrestha was kind enough to tell me about your invitation letter with special reference to your SY Publication Award Ceremony. We appreciate you very much to attend invitation and join the program. I wish to express my congratulatory assessment and appreciation to SY Publication 2076 on following ground in capsule:

  1. The invitation letter was quite informative.
  2. The highlights of the Award Ceremony through Nepal Bhoomee National Weekly dated 5th 2019 was very timely and relevant. Congratulation.
  3. The editorial congratulatory message was very interesting.
  4. We are very happy to know that SY publication has already published book in detail regarding the rewarded personalities, writers and publications to date.
  5. It was quite valid to know the short profile of the chief guest Respectable Surya Prasad Shrestha.
  6. We are also very glad to know the short CV of all six distinguished personalities from different walks of life such as Dr. Kedarnath Shrestha (Education); Mr. Dhrubahari Adhikari (Mass Communication); Mr. TP Sharma (Nepal Bhoomee); Mr. Rajendra Chitrakar (Photo Journalist); Bhakti Darshan (TV) and Nawapragyapan (Quarterly literary newspaper). The selection of faculties was very selective and exemplary. Congratulation. We appreciate very much.
  7. It is also very interesting to know the very short CV of the member of the awardees selection committee with their photos as Padam Dahal, Mr. Pashupatiman Pradhan and Ms. Bhawani Pandey. Wonderful.
  8. The national weekly paper was also found furnished with the photos of writers and information about unveiling books and booklets as Ota Bdr. Khadka (Voices of Vedas; Mrs. Nabina Shrestha (Shree Showsthani Bratakatha) and Mr. Kedarnath Timalsina (Journey to Spain).
  9. It was very valid to know about the sponsors and managers of the awards of six faculties respectively Mr. Ramesh Paudel; Mr. Sunil Sapkota; Nepal Bhoomee National Weekly; Mr. Yogendra Khatri and Mr. Sudarshan Acharya.
  10. We are equally happy to know 15 causes and importance about SY Publication under Why SY Publication?
  11. We are sure that next issue of Nepal Bhoomee will be more informative and evaluative Issue of SY Publication 2076 Second phase Award Ceremony of  09th November 2019.
  12. Your role of MC was imitable, favorable and very participatory SY member- friendly. Congratulation.

Wishing you all the best and grand success from Bhaktapur.

 

 

सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण विशेष

0

आगामी २०७६ साल कार्तिक २३ गते शनिबार दिउँसो ११ बजेदेखि शब्दयात्रा प्रकाशनले सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहको आयोजना गर्दैछ । धुलिखेलस्थित हिमालयन प्याराडाइज होटलमा आयोजना गरिने उक्त कार्यक्रमका प्रमुख अतिथि, सम्मानित व्यक्ति तथा संस्था, सार्वजनिक गरिने कृतिका कृतिकार, चयन समितिका सदस्यको चिनारी र अन्य केही जानकारीहरू विशेष पृष्ठमा प्रस्तुत गरिएको छ । सम्मानित व्यक्तिहरूको तस्बिर आगामी अङ्कको समाचारमा प्रस्तुत गरिनेछ ।

प्रमुख अतिथि सूर्यप्रसाद श्रेष्ठ

सूर्यप्रसाद श्रेष्ठ साह«ै शिष्ट र विशिष्ट व्यक्ति हुनुहुन्छ । उहाँ नेपालको सुदूर पूर्व ताप्लेजुङ दोभानको याङमान बजारमा गणेशकुमारी र लक्ष्मीप्रसाद श्रेष्ठका सुपुत्रका रूपमा १९९४ सालमा जन्मनुभयो । दुःखसुख राम्ररी पढ्नुभयो । सङ्खुवासभाको चैनपुरमा ७ कक्षासम्म पढ्नुभयो । त्यसपछि बनारसबाट १५ वर्षको उमेरमा म्याट्रिकुलेसन पास गर्नुभयो । २०१४ सालमा बीए पास गरेर ग्रामविकास विभागमा सहायक प्रचार अफिसर पदमा जागिर सुरु गर्नुभयो । तीन महिनामा बढुवा हुनुभयो कायम मुकायम प्रचार अफिसरमा । २०१६ सालमा सेक्सन अफिसर बन्नुभयो । २०१८ सालमा सरकारी छात्रवृत्तिमा बेलायतमा पढ्न जान पाउनुभयो । त्यहाँको लन्डन स्कुल अफ इकोनोमिक्सबाट पब्लिक एडमिनिस्ट्रेसन विषयमा पोस्ट ग्राजुएट गर्नुभयो । जागिर सुरु गरेको ५ वर्षमै २०२१ सालमा सेकेन्ड क्लास अफिसर बन्नुभयो । २०२९ सालमा राजपत्राङ्कित प्रथम श्रेणीमा पदोन्नति भई बागमती अञ्चलको सहअञ्चलाधीश पदमा जानुभयो । त्यहाँ काम गर्दागर्दै ३ वर्षको छोटो अवधिमै २०३२ सालमा राजनीतिक पदका रूपमा बागमती अञ्चलको विशिष्ट श्रेणीको अञ्चलाधीश पदमा बढुवा भई संवैधानिक निकायको प्रमुख हुनुभयो । त्यसपछि गृहसचिव, उद्योग–वाणिज्य सचिव, राष्ट्रिय योजना आयोगका सहसदस्य बनेर २०४१ सालमा प्रमुख निर्वाचन आयुक्त बन्नुभयो र सङ्कटकालमा पनि राम्रोसँग चुनाव सफल पार्नुभयो । त्यो काम सिद्धिएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उहाँलाई फ्रान्सको राजदूत बनाउन खोज्नुभयो । तर ‘म त्यहाँ जान्नँ’ भन्नुभयो । ‘कहाँ जानुहुन्छ त ?’ भनेर सोद्धा ‘म बेलायतमा जान्छु, किनभने मैले बेलायतमा पढेको र त्यहाँका धेरै कुरा जानेको’ भन्नुभयो । त्यसपछि उहाँलाई चार महिना कुराएर बेलायतको राजदूत बनाइयो । राजदूत पनि छानी–छानी पाउने मान्छे उहाँ नै हो । राजदूतबाट हटेपछि उहाँ विभिन्न सामाजिक संस्थाहरूमा सक्रिय हुनुभयो । आफ्नी श्रीमती गिन्नीबाबा श्रेष्ठको निधन २०७४ सालमा भएपछि ८२ वर्षको उमेरमा उहाँले एकल पुरुषका रूपमा जीवन बिताउनुपरेको छ । अझै पनि उहाँ सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । (द्रोणप्रसाद श्रेष्ठको मन्तव्य, ‘शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ’ पुस्तिकाबाट)

सम्मान गरिने व्यक्ति तथा संस्थाहरू

डा. केदारनाथ श्रेष्ठ ः
डा. केदारनाथ श्रेष्ठ शिक्षा क्षेत्रका अग्रज सेवी हुनुहुन्छ । उहाँको निवास ललितपुरको सानेपामा रहेको छ । अमेरिकाको साउदर्न इलिनोइस विश्वविद्यालयबाट शिक्षा विषयमा विद्यावारिधि गर्नुभएका उहाँले शैक्षिक क्षेत्रमा विभिन्न अनुभवहरू बटुल्नुभएको छ । काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको शिक्षा सङ्कायका डिन भइसक्नुभएका उहाँ शिक्षा मन्त्रालयमा निमित्त सचिव पनि हुनुभएको छ । नेपाल सरकारका साथै युनेस्को, यूएनडीपी आदिमा पनि उहाँले सेवा गर्नुभएको छ । शैक्षिक योजना र शैक्षिक व्यवस्थापनको विज्ञका रूपमा उहाँ सुपरिचित हुनुहुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका शैक्षिक कार्यक्रमहरूमा सहभागी हुनुभएका उहाँले शिक्षा क्षेत्रका पुस्तकहरू र लेखहरू पनि लेखेर प्रकाशन गराउनुभएको छ । उहाँजस्ता शिक्षासेवी व्यक्तित्वलाई सम्मान गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।
ध्रुवहरि अधिकारी ः
ध्रुवहरि अधिकारी नेपालको आमसञ्चारका क्षेत्रमा सुपरिचित व्यक्तित्व हुनुहुन्छ । नेपालको स्वतन्त्र र निष्पक्ष पत्रकारका रूपमा अन्तर्राष्ट्रिय जगत्मा पनि उहाँको प्रसिद्धि रहेको छ । उहाँ विभिन्न देशका सञ्चार माध्यमहरूका नेपाली प्रतिनिधिका रूपमा समेत चिनिनुहुन्छ । उहाँ स्वतन्त्र लेखन पनि गर्नुहुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न पत्रिकाहरूमा नेपालको राजनीति र समाजसँग सम्बन्धित उहाँका विश्लेषणात्मक लेख तथा टिप्पणीहरू प्रकाशित भएका छन् । उहाँले पुस्तकको लेखन र सम्पादनसमेत गर्नुभएको छ । नेपाल प्रेस इन्स्टिच्युट जस्ता संस्थाहरूमा आबद्ध रहनुभएका उहाँ अचेलका सक्रिय युवा पत्रकारहरूका गुरु पनि हुनुहुन्छ र अझै पनि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । ओखलढुङ्गा पुख्र्यौली घर भए पनि उहाँ हाल ललितपुरको झम्सिखेलमा बसोवास गर्नुहुन्छ । उहाँजस्ता सञ्चारविज्ञ व्यक्तित्वलाई सम्मान गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।
टीपी शर्मा तिमिल्सिना ः
पत्रकार तथा लेखकका रूपमा सुपरिचित व्यक्तित्व टीपी शर्मा तिमिल्सिना काभ्रेपलान्चोक जिल्लाको भकुन्डे बुचाकोटका बासिन्दा हुनुहुन्छ । विशेषतः पोल्ट्री विधाको पत्रकारिता क्षेत्रमा लामो समयसम्म सक्रिय रहनुभएका उहाँले राजनीतिक तथा सामाजिक क्षेत्रका टिप्पणीहरू पनि लेख्ने गर्नुभएको छ । उहाँका लेखहरू विभिन्न पत्रिकाहरूमा छापिएका छन् । ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ मा पनि उहाँका लेख तथा कविताहरू धेरै सङ्ख्यामा प्रकाशित भएका छन् । बौद्धिकतापूर्ण गम्भीर लेखन उहाँको विशेषता हो । पत्रकारिता जगत्मा सबैका प्रिय व्यक्तित्वका रूपमा उहाँ चिनिनुहुन्छ । हाल उहाँ काभ्रेपलान्चोक जिल्ला नमोबुद्ध नगरपालिकाको नगरप्रमुखका रूपमा कार्यरत हुनुहुन्छ । ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ मा स्तम्भकार बनेका व्यक्तित्वलाई समर्पण गरिने सम्मान उहाँजस्ता व्यक्तित्वलाई समर्पण गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।
राजेन्द्र चित्रकार ः
राजेन्द्र चित्रकार प्रसिद्ध फोटो पत्रकार हुनुहुन्छ । लामो समयसम्म गोरखापत्र संस्थानअन्तर्गत सेवा गर्नुभएका उहाँ फोटो पत्रकारहरूका संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ । काठमाडौँमा जन्मनुभएका उहाँले फोटो पत्रकारितासम्बन्धी तालिम लिनु पनि भएको छ र दिनु पनि भएको छ । उहाँले खिच्नुभएका तस्बिरहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न पत्रिकाहरूमा प्रकाशित भएका छन् । शब्दले व्यक्त गर्न नसक्ने भाव चित्रमा उतार्न सक्नु उहाँको विशेष खुबी हो । त्यसैले उहाँले विभिन्न देशको भ्रमण गर्न पाउनुभएको छ र सम्मानित पनि हुनुभएको छ । उहाँको फोटोग्राफीबाट प्रेरित बनेर नयाँ पुस्तामा विभिन्न फोटो पत्रकारहरू देखापरेका छन् । उहाँजस्ता फोटो पत्रकारलाई सम्मान गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।
भक्तिदर्शन टेलिभिजन ः
आध्यात्मिक क्षेत्रको नेपालको एक मात्र टेलिभिजनका रूपमा भक्तिदर्शन टेलिभिजन आम नेपालीका बीचमा सुपरिचित छ । यस टेलिभिजनका आदर्श जीवन, मन्दिरदर्शन, भक्तिदर्शन, सुन्दर बिहान, कुण्डली दर्पण, तपाईंको भोलि, भजन सागर, हरेकृष्ण भक्तिलोक आदि कार्यक्रमहरू अत्यन्त लोकप्रिय रहेका छन् । पाश्चात्य जगत्का अनेकानेक क्रियाकलापहरूबाट प्रेरित बनेर आफ्नो धर्म, संस्कृति, परम्परा, रीतिरिवाज, सामाजिकता आदि बिर्संदै गएको र भौतिकतामा मात्रै रङमङिन लागेको युवा जमातलाई सच्चरित्रता, नैतिकता, आदर्श र पूर्वीय आध्यात्मिक दर्शनको पाठ पढाउन भक्तिदर्शन टेलिभिजनको अहम् भूमिका रहेको छ । नेपालीलाई कर्तव्यपरायणता र आस्तिक भावधारातिर ढाल्न यसले खेलेको भूमिका स्मरणीय र अनुकरणीय रहेको छ । यस्तो सञ्चार माध्यमलाई सम्मान गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।
नवप्रज्ञापन (त्रैमासिक साहित्यिक पत्रिका) ः
काठमाडौँबाट विगत २५ वर्षअघिदेखि ‘नवप्रज्ञापन’ नामक त्रैमासिक साहित्यिक पत्रिका प्रकाशित भइरहेको छ । यो पत्रिका प्रेस काउन्सिल नेपालको वर्गीकरणमा ‘क’ श्रेणीमा परेको छ । नवराज रिजालको सम्पादनमा प्रकाशन भइरहेको यस पत्रिकाले नयाँ–नयाँ साहित्यकारहरूलाई जन्म दिन, नयाँ प्रतिभाहरूलाई प्रोत्साहन गर्न, पुरानो पुस्ताका साहित्यकारहरूसँग नयाँ पुस्ताको मिलन गराउन, विविध विधाका रचनाहरूलाई पाठकसमक्ष पु¥याउन ठूलो भूमिका खेलेको छ । बालसाहित्य विशेषाङ्क, भानुभक्त विशेषाङ्क, छन्दकविता विशेषाङ्क, मुक्तक विशेषाङ्क, बहुभाषा कथा विशेषाङ्क आदिजस्ता अनेक विशेषाङ्कहरू प्रकाशन गरेर यस पत्रिकाले नेपाली भाषा–साहित्य र साहित्यिक पत्रकारिताको विकासमा खेलेको भूमिका प्रशंसनीय रहेको छ । यस्तो साहित्यिक पत्रकालाई सम्मान गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।

सम्मान्य व्यक्तित्व चयन समिति

नाम ः पदम दाहाल (प्रसिद्ध साहित्यसेवी तथा शिक्षासेवी)
जन्म र जन्मस्थान ः २०११ साल कार्तिक १८ गते, पाटीगाउँ, मादी न. पा. — ६, सङ्खुवासभा
हालको बसोवास ः मध्यपुर ठिमी न. पा. — १, लोकन्थली, भक्तपुर
शैक्षिक योग्यता ः एमए (राजनीतिशास्त्र), एमएड (नेपाली)
प्रकाशन ः बादलका तरेलीहरू (कवितासङ्ग्रह), विभिन्न पत्रपत्रिकामा लेखरचना प्रकाशित
विशेष अनुभव ः लामो समय शिक्षण पेसामा आबद्ध

नाम ः पशुपतिमान पःमाँ (प्रधान) (प्रसिद्ध साहित्यसेवी तथा शिक्षासेवी)
जन्म र जन्मस्थान ः १९९४ साल असार १४ गते, योगाटोल, जगाती, भक्तपुर
हालको बसोवास ः जगाती, भक्तपुर
शैक्षिक योग्यता ः बीए, बीएड
प्रकाशन ः नुगः घाः, श्रीस्वस्थानी व्रतकथा लगायत आधा दर्जन, विभिन्न पत्रपत्रिकामा लेखरचना प्रकाशित
विशेष अनुभव ः लामो समय शिक्षा सेवामा आबद्ध

नाम ः भवानी पाण्डे (प्रसिद्ध बालसाहित्यसेवी तथा शिक्षासेवी)
जन्म र जन्मस्थान ः २०३० साल माघ १४ गते, ठूलो पर्सेल — २, तिमाल, काभ्रेपलाञ्चोक
हालको बसोवास ः बनेपा, काभ्रे
शैक्षिक योग्यता ः एमएड (नेपाली)
प्रकाशन ः थरिथरि फूल, प्रकृति नै गुरु, हाम्रो बालक्लब लगायत, विभिन्न पत्रपत्रिकामा लेखरचना प्रकाशित
विशेष अनुभव ः लामो समय शिक्षण पेसामा आबद्ध

सार्वजनिक गरिने कृतिका कृतिकारहरू

१. ओतबहादुर खड्का (वेद के भन्छ ?)
२. नवीना श्रेष्ठ (श्रीस्वस्थानी व्रतकथा)
३. केदारनाथ तिमल्सिना (स्पेनको यात्रा)

सम्मान कार्यक्रम कार्तिक २३ गते

0

शब्दयात्रा प्रकाशनले आगामी कार्तिक २३ गते शनिबार २०७६ सालको दोस्रो चरणको सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त दिन ६ वटा सम्मान समर्पण गरिनेछन् भने ३ वटा पुस्तक सार्वजनिक हुनेछन् ।
सो कार्यक्रममा रमेश पौड्यालद्वारा व्यवस्थापित शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान डा. केदारनाथ श्रेष्ठलाई, सुनील सापकोटाद्वारा व्यवस्थापित शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान ध्रुवहरि अधिकारीलाई र हरिगोपाल प्रधानद्वारा व्यवस्थापित शब्दयात्रा फोटो पत्रकारिता सम्मान राजेन्द्र चित्रकारलाई समर्पण गरिनेछ भने योगेन्द्र खत्रीद्वारा व्यवस्थापित शब्दयात्रा साहित्यिक पत्रिका सम्मान ‘नवप्रज्ञापन’ त्रैमासिक पत्रिकालाई, सुदर्शन आचार्यद्वारा व्यवस्थापित शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मान भक्तिदर्शन टेलिभिजनलाई र नेपालभूमि साप्ताहिकद्वारा व्यवस्थापित शब्दयात्रा नेपालभूमि स्तम्भकार सम्मान टीपी शर्मा तिमिल्सिनालाई समर्पण गरिनेछ ।
यसै गरी ओतबहादुर खड्काद्वारा अनूदित ‘वेद के भन्छ ?’, नवीना श्रेष्ठद्वारा अनूदित तथा सम्पादित ‘श्रीस्वस्थानी व्रतकथा’ र केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘स्पेनको यात्रा’ (यात्रासंस्मरण) गरी ३ पुस्तकलाई सोही कार्यक्रममा सार्वजनिक गरिनेछ ।

‘शब्दसंवाद’ को विषय अनुसन्धान केन्द्र

0

शब्दयात्रा प्रकाशनको साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को १०१ औँ शृङ्खला कवि केदारनाथ तिमल्सिनाको निवास बनेपामा सम्पन्न गरियो । गत २०७६ कार्तिक ८ गते शुक्रबार केदारनाथ तिमल्सिनाको सभापतित्व र शब्दयात्रा प्रकाशन सञ्चालक समितिका सदस्य शिव बन्जाराको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा काभ्रे जिल्लामा बहुआयामिक अनुसन्धान केन्द्रको निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा विचारविमर्श गरिएको थियो ।
कार्यक्रमको प्रारम्भमा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले काभ्रे जिल्लामा बहुआयामिक अनुसन्धान केन्द्र निर्माण गर्न शब्दयात्रा प्रकाशनको स्थापना गरिएको बताउँदै त्यस संस्थाबाट हालसम्म भएका गतिविधिका बारेमा जानकारी गराएपछि वक्ताहरूले विभिन्न सुझावहरू प्रस्तुत गर्नुभएको थियो । सुझाव प्रस्तुत गर्नेहरूमा लेखक डा. इन्दुल केसी, गीतिभास्कर मच्छेश्वर सापकोटा, शिक्षासेवी चूडाप्रसाद चौलागाईं, चित्रकार चन्द्रमान सुवाल र समाजसेवी पुरुषोत्तम हुमागाईं हुनुहुन्थ्यो । प्रमुख अतिथिका रूपबाट शिव बन्जाराले कार्यक्रममा प्राप्त भएका सुझावहरूलाई कार्यान्वयन गर्दै जाने विषयमा छलफल गरिने कुरा बताउनुभयो ।
कार्यक्रममा व्यवस्थापनविद् श्री शर्मा मूर्ख, कवयित्री भवानी पाण्डे, ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ का बजार व्यवस्थापक सङ्गीता केसी आदिको पनि उपस्थिति थियो ।

शब्दयात्राबाट ‘स्पेनको यात्रा’ पुस्तकमा

0

शब्दयात्रा प्रकाशनले आफ्नो १३० औँ प्रकाशनपुष्पका रूपमा ‘स्पेनको यात्रा’ प्रकाशनमा ल्याउँदैछ । केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘स्पेनको यात्रा’ यात्रासंस्मरण हो । उहाँको यो तेस्रो कृति हो ।
‘स्पेनको यात्रा’ लाई शब्दयात्रा प्रकाशनले अर्को साता सार्वजनिक गर्नेछ ।

हार्दिक समवेदना

0

शब्दयात्रा प्रकाशन पुस्तकालय व्यवस्थापन समितिका सदस्य ज्यो. पंं. रमेश अधिकारीकी पूजनीया माता श्रीमती नानु अधिकारी (जन्म १९८९ चैत १९ गते, निधन २०७६ असोज २७ गते) को देहावसानबाट हामी व्यथित बनेका छौँ । शोकग्रस्त परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै गतात्मालाई आफूमा लीन गराउन नीलकण्ठेश्वर महादेवसँग प्रार्थना गर्दछौं ।

अध्यक्ष हरि मञ्जुश्री, तथा
शब्दयात्रा प्रकाशन परिवार

पं. रमेश अधिकारीलाई मातृशोक

0

शब्दयात्रा प्रकाशन पुस्तकालय व्यवस्थापन समितिका सदस्य ज्यो. पं. रमेश अधिकारीलाई मातृशोक परेको छ । उहाँकी माता नानु अधिकारीको गत असोज २७ गते सोमबार काठमाडौँमा निधन भएको थियो । उहाँ ८७ वर्षकी हुनुहुन्थ्यो ।
ज्यो. पं. रमेश अधिकारीसहित उहाँका दुई छोरा छन् ।

‘शब्दसंवाद’ मा पुस्तक वितरणको चर्चा

0

शब्दयात्रा प्रकाशनको साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को १०० औँ शृङ्खला गत २०७६ साल कार्तिक १ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा गीतिभास्कर मच्छेश्वर सापकोटाको सभापतित्व र लेखक डा. इन्दुल केसीको प्रमुख आतिथ्यमा सम्पन्न भयो । शब्दयात्रा प्रकाशन पुस्तकालय व्यवस्थापन समितिका सदस्य ज्यो. पं. रमेश अधिकारीकी माता नानु अधिकारीको देहावसान भएकोमा उहाँको आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरी प्रारम्भ भएको उक्त कार्यक्रममा प्रकाशन संस्थाहरूको वितरण सन्जालको आवश्यकताका बारेमा विचार–विमर्श भएको थियो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य बताएपछि वक्ताहरू कवि पदम दाहाल, कवि केदारनाथ तिमल्सिना, कवि चन्द्रमान सुवाल, कवयित्री पुण्यवती घले, लेखक दामोदर घिमिरे र शिक्षासेवी देवीप्रसाद ढुङ्गानाले प्रभावकारी ढङ्गले पुस्तकको वितरण कसरी गर्न सकिन्छ भन्ने विषयमा आआफ्नो राय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ‘नेपालभूमि राष्ट्रिय साप्तहिक’ का बजार व्यवस्थापक सङ्गीता केसी, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, नवराज पराजुली, छविलाल कुइँकेल आदिको पनि उपस्थिति रहेको थियो ।