शब्दयात्रा प्रकाशनले ओतबहादुर खड्काद्वारा अनूदित कृति ‘वेद के भन्छ ?’ प्रकाशन गरेको छ । उक्त कृति शब्दयात्रा प्रकाशनको १२७ औँ प्रकाशनपुष्प हो ।
शब्दयात्रा प्रकाशनको आगामी कार्यक्रममा उक्त कृतिलाई सार्वजनिक गरिने भएको छ ।
‘वेद के भन्छ ?’ छापियो
शब्दयात्रामा विराटनगरको टोली
विराटनगरबाट बनेपा आएको एउटा टोलीले शब्दयात्रा प्रकाशन पुस्तकालयको अवलोकन ग¥यो । शब्दयात्रा प्रकाशनद्वारा स्थापित उक्त पुस्तकालयमा हाल करिब ७ हजार पुस्तकहरू रहेका छन् ।
कवि तथा भाषा–अन्वेषक भक्ति दाहाल ‘विस्फोट’ को नेतृत्वमा आएको उक्त टोलीमा चेतना अधिकारी, दीपिका अधिकारी, शिखा दाहाल, उमङ्ग अधिकारी र सानु दाहाल थिए । टोलीले शब्दयात्रा प्रकाशनद्वारा स्थापित सालिकहरू र शारदा मन्दिरको अवलोकन गर्नुका साथै कृष्णमणि कुइँकेलको सक्रियतामा निर्माण भएका नीलकण्ठेश्वर महादेव, विष्णुपादुका र हनुमानको दर्शन गरेको थियो ।
हार्दिक समवेदना
शब्दयात्रा प्रकाशन सम्मान्य व्यक्तित्व चयन समिति (११ औँ ) का सदस्य महेन्द्रकुमार निरौलाका पूजनीय पिता देवेन्द्रकुमार निरौलाको देहावसानबाट हामी पनि व्यथित बनेका छौँ । शोकग्रस्त परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै गतात्मालाई आफूमा लीन गराउन नीलकण्ठेश्वर महादेवसँग प्रार्थना गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
‘पाण्डवायण’ छापिँदै
काव्यकार मुक्ति शर्माद्वारा लिखित ‘पाण्डवायण’ नामक नव्यकाव्य प्रकाशन हुन लागेको छ । यसअघि उहाँको पुस्तक ‘गीता–माली’ शब्दयात्रा प्रकाशनबाट दुई संस्करण प्रकाशित भएको थियो ।
महाभारतको कथामा आधारित ‘पाण्डवायण’ द्रौपदीसहित पाण्डुपुत्रहरूको गाथा हो । शब्दयात्रा प्रकाशनको स्थापना भएपछि काभ्रेपलान्चोक जिल्लामा काव्यको लेखन र प्रकाशनमा तीव्रता आएको छ ।
शब्दयात्राबाट ‘इ–बुक’ तयार
शब्दयात्रा प्रकाशनले आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘तारतमरस’ नामक पुस्तकलाई इ. रोशन मञ्जुश्री अधिकारीको सक्रियतामा ‘इ–बुक’ का रूपमा तयार पारेको छ ।
‘तारतमरस’ पुस्तकलाई सस्वर वाचन गरेर तयार पारिएको उक्त पुस्तक शब्दयात्रा प्रकाशनको यस प्रकारको पहिलो पुस्तक हो । उक्त पुस्तक शब्दयात्रा प्रकाशनको वेबसाइट र यु–ट्युबबाट सुन्न र हेर्न पाइनेछ ।
पुस्तक वेबसाइटमा राख्ने कि ?
शब्दयात्रा प्रकाशनबाट पुस्तक प्रकाशन गराउनुभएका लेखकहरूले आफ्ना कृतिहरू वेबसाइटमा राख्न चाहनुभएको छ भने संस्थामा सम्पर्क राख्न अनुरोध छ ।
डा. इन्दुल केसी, कविप्रसाद प्याकु¥याल, पोष चापागाईं र हरि मञ्जुश्रीका विषयमा साहित्यिक अध्ययन गर्नुपरे sypublication.com.np बाट गर्न सकिन्छ ।
शब्दयात्रा प्रकाशन
शब्दयात्राबाट छजना सम्मानित हुने
शब्दयात्रा प्रकाशनले २०७६ सालको आमसञ्चार सम्मानबाट ध्रुवहरि अधिकारी (ओखलढुङ्गा), शिक्षा सम्मानबाट डा. केदारनाथ श्रेष्ठ (ललितपुर), आध्यात्मिक पत्रकारिता सम्मानबाट भक्तिदर्शन टेलिभिजन (ललितपुर), साहित्यिक पत्रिका सम्मानबाट नवप्रज्ञापन त्रैमासिक (काठमाडौँ), फोटो पत्रकारिता सम्मानबाट राजेन्द्र चित्रकार (काठमाडौँ) र नेपालभूमि स्तम्भकार सम्मानबाट टीपी शर्मा तिमिल्सिना (काभ्रेपलान्चोक) लाई सम्मान गर्ने निर्णय गरेको छ । २०७६ सालको दोस्रो चरणको सम्मान कार्यक्रमअन्तर्गत उहाँहरूलाई सम्मान गर्न लागिएको हो ।
पदम दाहालको संयोजकत्वमा पशुपतिमान पःमाँ र भवानी पाण्डे सदस्य रहेको तीन सदस्यीय सम्मान्य व्यक्तित्व चयन समितिको सिफारिसका आधारमा उहाँहरूलाई सम्मान गर्ने निर्णय गरिएको हो ।
यी सम्मानहरूको आर्थिक व्यवस्थापन सुनील सापकोटा, रमेश पौडेल, सुदर्शन आचार्य, योगेन्द्र खत्री, हरिगोपाल प्रधान र ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाबाट गरिएका हुन् । सम्मान गर्दा अभिवन्दनापत्रका साथमा ५ हजार रुपियाँ, किरीट, रुद्राक्षको माला र उपहार समर्पण गर्ने गरिन्छ ।
दसैंको शुभकामना
महाकाली, महालक्ष्मी र महासरस्वतीले २०७६ सालको विजयादशमीको अवसरमा शब्दयात्रा प्रकाशनका सबै शुभचिन्तकको मनोकामना पूर्ण गराइदिउन् ।
शब्दयात्रा प्रकाशन परिवार
हार्दिक समवेदना
शब्दयात्रा हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मानबाट २०७५ सालमा सम्मानित अग्रज फोटो पत्रकार वैकुण्ठकृष्ण श्रेष्ठको भौतिक शरीर पञ्चतàवमा विलीन भएको छ । उहाँको दिवङ्गत आत्मा परमात्मामा लीन होस् भन्ने प्रार्थना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
पुस्तकालय व्यवस्थापन समितिले काम थाल्यो
शब्दयात्रा प्रकाशन पुस्तकालय व्यवस्थापन समितिको बैठकले शब्दयात्रा प्रकाशन पुस्तकालयलाई आधुनिक ढङ्गको अनुसन्धानमूलक पुस्तकालय बनाउन आवश्यक पर्ने सम्पूर्ण व्यवस्थाहरू मिलाउने निधो गरेको छ । त्यसैअनुसार बैठकले समितिका सदस्यहरूका बीचमा विभिन्न जिम्मेवारीहरू पनि तोकेको छ ।
पुस्तकालय व्यवस्थापन समितिका संयोजक शिव बन्जाराको अध्यक्षतामा बसेको उक्त बैठकमा सदस्यहरू डा. इन्दुल केसी, ज्यो. पं. रमेश अधिकारी, पुण्यवती घले र केदारनाथ तिमल्सिनाको उपस्थिति रहेको थियो ।