शब्दयात्रा प्रकाशनले २०८० वैशाखदेखि माघसम्मको १० महिनामा प्रकाशन गरेका १६ वटा पुस्तकहरू — १. एक दिन, २. साथीको माया, ३. चौध भुवन, ४. ठूले, ५. कुसुमाक्षर, ६. कथाकुथुङ्ग्री, ७. अग्रजले कोरेको गोरेटोमा हिँड्दा, ८. उनैको सम्झनामा, ९. मुक्तक शारदीय, १०. कर्मसाधक भोलामानसिंह थापा, ११. कालो सूर्य, १२. द ब्ल्याक सन, १३. युगपुरुष, १४. तोपको आवाज, १५. तीस कथा, १६. मानबहादुर कर्माचार्य र गुर्जन ठाकुर । चार कथासङ्ग्रह, दुई लघुकाव्य, दुई उपन्यास, दुई बालसाहित्य, एक महाकाव्य, एक कवितासङ्ग्रह, एक निबन्धसङ्ग्रह, एक मुक्तकसङ्ग्रह, एक स्मृतिग्रन्थ, एक व्यक्तिपरिचय ।
कल्पना अधिकारीलाई १० हजार रुपियाँ सहयोग
सुरेश भट्टबाट पुस्तक उपहार
कवि सुरेश भट्टले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि आफ्ना साहित्यिक कृतिहरू उपलब्ध गराउनुभएको छ । पुस्तकालयका लागि पुस्तक उपलब्ध गराउनुभएकोमा सुरेश भट्टप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।
दिवाकर जङ्गमबाट पुस्तक उपहार
योगप्रशिक्षक दिवाकर जङ्गमले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि योगसम्बन्धी पुस्तक उपलब्ध गराउनुभएको छ । उक्त पुस्तक शब्दयात्रा प्रकाशनका आजीवन सदस्य हरिगोपाल प्रधानले ग्रहण गर्नुभएको छ । पुस्तकालयका लागि पुस्तक उपलब्ध गराउनुभएकोमा दिवाकर जङ्गमप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।
विष्णुप्रसाद शर्मा पराजुलीबाट पुस्तक उपहार
प्रतीक घिमिरेबाट पुस्तक उपहार
सुदर्शन कट्टेलबाट पुस्तक उपहार
महाकाव्यकार सोमराज अभयद्वारा लिखित ‘विद्रोही काले’ (महाकाव्य) लगायतका विभिन्न पुस्तकहरू उहाँका सुपुत्र सुदर्शन कट्टेलले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि उपलब्ध गराउनुभएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन सुदर्शन कट्टेलप्रति हार्दिक आभार व्यक्त गर्दछ ।
खाजाखर्च लीला श्रेष्ठबाट
चौरासीऔँ जन्मदिवसमा मङ्गलकामनापत्र
शब्दयात्रा प्रकाशनका आजीवन सदस्य, भोजपुर अनुसन्धान विद्वतवृत्तिका कोष व्यवस्थापक, सङ्खुवासभा प्रतिभा पुरस्कारकी संस्थापिका एवं लेखिका र शब्दयात्रा प्रकाशनकै सञ्चालक सदस्य लीलादेवी श्रेष्ठका श्रीमान् प्रा. केदारनाथ श्रेष्ठको ८४ औँ जन्मदिवसका अवसरमा शब्दयात्रा प्रकाशनले मङ्गलकामनापत्र समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य कवि पदम दाहालले सो अभिवन्दनापत्र वाचन गरी हस्तान्तरण गर्नुभएको हो ।
कोषमा २२ हजार रुपियाँ थप
शब्दयात्रा प्रकाशनले विपत्तिपीडित लेखक, कलाकार र पत्रकारलाई आर्थिक सहयोग गर्न अक्षरसेवी सहयोग कोषको सञ्चालन गरेको छ । त्यस कोषबाट समस्यामा परेका धेरैजनालाई आर्थिक सहयोग पनि गरेको छ । त्यस कोषको मुद्दती खातामा हाल ३ लाख रुपियाँ छ । चल्ती खातामा चाहिँ विभिन्न व्यक्तिहरूले रकम जम्मा गरिदिने गर्नुभएको छ । कोषका लागि नियमित आर्थिक सहयोग गर्नेहरू पनि हुनुहुन्छ । त्यस्ता व्यक्तिमा खोटाङ जलेश्वरीका मेदनिप्रसाद र दुर्गादेवीका छोराहरू दामोदर घिमिरे र लीलानाथ घिमिरे पनि पर्नुहुन्छ । हाल दामोदर घिमिरे धुलिखेलमा र लीलानाथ घिमिरे कतारमा बस्नुहुन्छ । दामोदर घिमिरेले विगत ७ वर्षदेखि र लीलानाथ घिमिरेले विगत ३ वर्षदेखि मुठीदानका रूपमा दैनिक १० रुपियाँका दरले त्यस कोषमा सहयोग गर्नुभएको छ । दुवैजनाले २०८० साल साउन १ गतेदेखि ३ वर्षका लागि एकैचोटि आर्थिक सहयोग गरी त्यस सहयोगमा पनि १–१ सय रुपियाँ थपेर २२ हजार १ सय रुपियाँको चेक शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराउनुभएको छ । शब्दयात्रा प्रकाशन उहाँहरूको यो उदार सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछ ।