शब्दयात्रा प्रकाशनले काठमाडौँमा हालसालै खोलिएको केदारनाथ–लीलादेवी पुस्तकालयका लागि एक सय थान पुस्तक उपहारस्वरूप प्रदान गरेको छ । पुस्तकहरू पुस्तकालयका तर्फबाट लीलादेवी श्रेष्ठले ग्रहण गर्नुभएको छ । प्रदान गरिएका पुस्तकहरू यी हुन् — कृपालुचरणामृत, भगवतीचरणामृत, कन्याकुमारी, श्रीकृष्णचरणामृत, राधाचरणामृत, शब्द, कुल्चिएका फूलहरू, सत्यनारायण व्रतकथा, भर्तृहरि शतक, गीता–माली, माधुरी आचार्य, भोजप्रबन्ध, चाणक्यनीति दर्पण, शब्दयात्रा–शब्दकक्ष र शब्दध्वनि, जापानमा अलमलिँदा, शब्दयात्रा प्रकाशनको छ वर्ष, नेपाल माहात्म्य, देहात तापेर आयुर्वेद, हनुमान चालीसा तथा बटुकभैरव स्तोत्र, समयगाथा, चिरन्तन चिन्तन, कपिलवस्तुमा भगवान्, अपरोक्ष अनुभूति, गीतारसामृत, प्रायोजित, विचलित वर्तमान, म र ‘म’, आत्मबोध, जवाहरको दर्शन, विवरण पुस्तिका, ई हिलातुं च्वनी, धनेश्वर वन्दना, सुशीला कोइराला, यात्रा, युगपुरुष गोविन्दहरि जङ्गम, अपरितुष्टि, देश दुखेको बेला, करिआ सुरुज, रामदेवी माकजू स्मृतिपुष्प, निर्बन्ध बन्धन, पञ्चतन्त्रका रमाइला कथाहरू, बीपी कोइराला र प्रजातान्त्रिक समाजवाद, मैले रोजेको बाटो, काभ्रेपलान्चोक, मेरा पिता र म, अन्धो मान्छे र हात्ती, पुष्प सौगात, मनमनका मञ्जुश्री, समयको अभिलेख, किन पोल्यो हात, श्रीरामचरित मानस रामायण, मेरो सम्झनामा चन्द्रलाल श्रेष्ठ, देवीप्रसाद सापकोटा, धनेश्वर महादेव, दिल पौडेलका हाइकुको विश्लेषण र मूल्याङ्कन, वसन्तानन्द, मत, मूलदेवशशिदेवोपाख्यान, नेवाः संस्कृति छपुलु, राजनीतिक सिद्धान्त, बटुलबाटुल, बादलका तरेलीहरू, टिपनटापन, ःभ बलम ःथ म्जगष्पिजभ,ि पुर्खाका पाइलाहरू, बन्दकोठाको यौवन, चिन्ताकुल, धारादी, फालिकोटको फाली, श्वेताम्बरी, स्वर्गमा पैदल, आस्था, नमारिएका सहिदहरू, रचनापछिका विवेचना, काभ्रे जिल्लाका दमाईं जाति विगत र वर्तमान, घाउ नसम्झाऊ, सावित्री चरित्र, स्मृतिमा दुर्गाप्रसाद शास्त्री, साइनु, व्यक्तित्व र कृतित्व, अग्निजल, नेपाल साहित्य मन्दिर छगू म्हसिका, तोपको आवाज, मुक्तक शारदीय, पानी मनकी रानी, थोपाथोपामा समुद्र, समयको अन्तराल, हिरण्य भोजपुरे साहित्य र सङ्गीतका महारथि, मेरो दुःखी जीवन, मञ्जुश्री, सोमालिया चिन्तन, परेली, कवितामा सविता, सरुलता, कल्याणं भवन्तु, मित्रलहर, कल्पवृक्ष, माच, शिक्षा नेपालको सन्दर्भ ।
‘योगदर्शन’ प्रकाशन हुँदै
सम्मान्य व्यक्तित्व चयन गर्ने जिम्मा तीनजनालाई
म को हुँ ?
शब्दयात्रा प्रकाशनको २ सय २४ औँ प्रकाशनपुष्पका रूपमा ‘म को हुँ ?’ नामक पुस्तक प्रकाशन हुने भएको छ । दीपरत्न शाक्य (प्रेम आनन्द) का अद्भुत आध्यात्मिक अनुभूतिहरू समेटिएको यस पुस्तकमा मानव जीवनको सार्थकता केमा छ, जीवन के हो, मनमा आउने अनावश्यक तर्कनालाई कसरी नियन्त्रण गर्ने, जीवनको लक्ष्य कसरी निर्धारण गर्ने, जीवनलाई समाजोपयोगी बनाउने उपाय के हो, आफूलाई कसरी बुझ्ने आदि जिज्ञासाहरूको समाधान गरिएको छ । विभिन्न विकृतिहरूका कारण मानसिक रोगीहरू बढिरहेको र जीवनको लक्ष्य पत्ता लगाउन नसकेर छटपटीमा परिरहेको वर्तमान समयमा यो पुस्तक मार्गदर्शक बन्नेछ र यसले आध्यात्मिक साधनाद्वारा आफूलाई चिन्न र जीवनलाई बुझ्न सहयोग गर्नेछ ।
पशुपतिमान प्रधानबाट पुस्तक उपहार
शिक्षासेवी तथा साहित्यकार पशुपतिमान प्रधानले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि केही पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । उहाँले यसअघि पनि पुस्तक राख्ने दराजसहित नेपाली र नेवारी भाषाका तीन सयभन्दा बढी पुस्तक–पत्रिकाहरू प्रदान गर्नुभएको थियो । शब्दयात्रा प्रकाशन परिवार यस सहयोगका लागि उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।
अर्को गान पनि
शब्दयात्रा प्रकाशनले गर्ने समारोहको प्रारम्भमा सरस्वती वन्दना, स्वस्तिवाचन र स्वागतगान हुन्छ । कार्यक्रमको समापन पनि अबदेखि गानबाटै हुने सम्भावना छ । त्यो गान सङ्गीतबद्ध भइसकेको छ, स्वराङ्कनको क्रममा छ । आउँदो चैतमा हुने सम्मान समर्पण समारोहदेखि हरेक समारोहको अन्त्यमा नयाँ गान बजाउन पाइन्छ कि जस्तो छ ।
शनिबार साहित्यिक कार्यक्रम
बनेपामा यही फागुन ४ गतेदेखि ७ गतेसम्म बृहत् कृषि महोत्सव हुने भएको छ । त्यसै अवसरमा कृषि र साहित्य विषयमा केन्द्रित रहेर शब्दयात्रा प्रकाशनले यही फागुन ५ गते शनिबार ११ बजेदेखि बनेपाको लायकू मञ्चमा साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा गीत, भजन, कविता, हास्यव्यङ्ग्य आदि प्रस्तुत गरिनेछन् ।
प्रेम खत्रीबाट पुस्तक उपहार
समाजशास्त्री तथा मानवशास्त्री प्रा. डा. प्रेमकुमार खत्रीले ‘घुम्दै जीवनमा फनफनी — कदम ओरालोतिर (भाग दुई)’ र ‘सम्पदा संरक्षणको पक्षमा’ नामका आफ्ना दुई पुस्तक शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि उपहारस्वरूप प्रदान गर्नुभएको छ । यस सहयोगका लागि प्रा. डा. प्रेमकुमार खत्रीप्रति शब्दयात्रा प्रकाशन पुस्तकालय हार्दिक आभार व्यक्त गर्दछ ।
काशीराज सुवेदीबाट पुस्तक उपहार
भेषज साहित्यकार डा. काशीराज शर्मा सुवेदीबाट शब्दयात्रा प्रकाशन पुस्तकालयले केही पुस्तकहरू प्राप्त गरेको छ । आफूले लेखेको ‘आयुर्वेद दर्शनको रूपरेखा’ लगायत डा. टीकाराम अधिकारीद्वारा लिखित पुस्तकहरू उहाँले प्रदान गर्नुभएको हो । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन पुस्तकालय डा. काशीराज शर्मा सुवेदीप्रति हार्दिक आभार प्रकट गर्दछ ।
अगिब बनेपालीबाट पुस्तक उपहार
साहित्यकार अगिब बनेपालीले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि आफ्नो सङ्ग्रहमा रहेका केही पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । ती पुस्तकहरू उहाँका तर्फबाट उहाँकी अर्धाङ्गिनी सुमा श्रेष्ठले प्रदान गर्नुभएको थियो भने शब्दयात्रा प्रकाशन पुस्तकालयका तर्फबाट सञ्चालक सदस्य हरिगोपाल प्रधानले ग्रहण गर्नुभएको थियो । पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएकोमा शब्दयात्रा प्रकाशन परिवार साहित्यकार अगिब बनेपालीप्रति हार्दिक आभार व्यक्त गर्दछ ।