Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesखाजाखर्च लीला श्रेष्ठबाट

खाजाखर्च लीला श्रेष्ठबाट

साहित्यकार तथा समाजसेवी लीलादेवी श्रेष्ठले शब्दयात्रा प्रकाशनमा सङ्खुवासभा प्रतिभा पुरस्कारका लागि अक्षयकोष राखिदिनुभएको छ, शब्दयात्रा सभाकक्षका लागि कुर्सीहरू किनिदिनुभएको छ, शब्दवाटिका र शिवलिङ्गको निर्माण आदि कार्यका लागि पटक–पटक आर्थिक सहयोग गर्नुभएको छ । शब्दयात्रा प्रकाशनद्वारा यही २०८० साल माघ १३ गते शनिबार आयोजित पुरस्कार समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोेहमा समुपस्थित सबैलाई उहाँले आफ्ना तर्फबाट खाजा पनि खुवाउनुभयो । आफ्ना पति प्रा. केदारनाथ श्रेष्ठको ८४ औँ जन्मदिवस मनाउन पाएको खुसियालीमा उहाँले खाजाका लागि १० हजार रुपियाँभन्दा बढी नै खर्च गर्नुभयो । यस्तो उदार सहयोगप्रति शब्दयात्रा प्रकाशन उहाँप्रति कृतज्ञ छ ।