Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

लोचन भट्टराईलाई महिला प्रतिभा सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ लोचन भट्टराई (सुनसरी) मा समर्पण गर्ने भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा आबद्ध...
HomeActivitiesकल्पना अधिकारीलाई १० हजार रुपियाँ सहयोग

कल्पना अधिकारीलाई १० हजार रुपियाँ सहयोग

साहित्यकार कल्पना अधिकारी (२०२२, चितवन) स्तन क्यान्सरको उपचारमा हुनुहुन्छ र उहाँलाई आर्थिक सङ्कट परेको छ भन्ने जानकारी पाएपछि शब्दयात्रा प्रकाशनले उहाँको उपचारमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्य लिई उहाँलाई अक्षरसेवी सहयोग कोषबाट १० हजार रुपियाँ पठाएको छ । ग्लोबल आईएमई बैङ्क कान्तिपथ काठमाडौँमा कल्पनाकुमारी उपाध्याय अधिकारीको नाउँमा रहेको खाता नम्बर ०१०७०१००११००५ मा उक्त रकम पठाइएको हो । उहाँको उपचारका लागि आर्थिक सहयोग गर्न वाङ्मयिक क्षेत्रका अन्य संस्थाहरूलाई पनि अनुरोध छ । उहाँका ‘प्रेमदीप’, ‘जीवनधारा’, ‘आमा’, ‘उत्ताउलो’ जस्ता कृतिहरू प्रकाशित छन् । विभिन्न साहित्यिक संस्थाहरूमा आबद्ध कथाकार, गीतकार, ध्यान प्रशिक्षक तथा महिला ज्योतिष कल्पना अधिकारीलाई स्तन क्यान्सरबाट मुक्त गराइदिनुहोस् भनी शब्दयात्रा प्रकाशन परिवार शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाममा विराजित सम्पूर्ण देवीदेवता र पितृहरूसँग प्रार्थना गर्दछ ।